18th November | 2018 | Sunday | 5:34:29 PM

नौं महिनामा साढे ११ हजार मोवाइल हराए

रमेश भारती   POSTED ON : Monday, 16 April, 2018 (8:34:41 PM)

नौं महिनामा साढे ११ हजार मोवाइल हराए

काठमाडौं । चालु आर्थिक आर्थिक वर्षको ९ महिनामा साढे ११ हजारभन्दा बढी मोबाइल हराएको उजुरी प्रहरीमा दर्ता भएको छ । साउनदेखि चैतसम्ममा ११ हजार ७ सय ४५ मोबाइल हराएको उजुरी परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यति धेरै मोवाइल हराएपनि कममात्र फेला पर्ने गरेको प्रहरीको तंथ्याकमा उल्लेख छ । नौ महिनामा प्रहरीले ९ सय ४१ वटा मोवाइलमात्र फेला परेर पीडितलाई फिर्ता गरेको जनाएको छ । १० हजार ७ सय ८६ मोवाइल खोजी भएरहेको परिसरको भनाइ छ । प्रहरीले ५ प्रतिशत हराएका मोवाइल मात्र फेला पार्ने गरेको छ ।  

मोवाइल हराएको उजुरी दर्ताका लागि काठमाडौं प्रहरीले बेग्लै पिलर खडा गरेको छ । पिलरमा ५ बर्षमा ९० हजारभन्दा बढी मोवाइल हराएका उजुरी दर्ता भएका छन् । सो अवधिमा ५ हजारभन्दा बढी मात्र मोवाइल फेला परेका छन् । त्यसो त देशभरबाट वार्षिक ३० हजारभन्दा बढी मोवाइल हराएका उजुरी पर्ने गरेका छन् । मोवाइल चोरी र डकैती गर्ने समूहलाई प्रहरीले कडा निगरानी गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेल बताए । उनले भने, ‘प्रहरीले ल्यापटप, मोवाइल र अन्य सामान चोरी न्यूनीकरणका लागि प्रयास जारी रहेको छ । मोवाइल चोरी हुने स्थानमा प्रहरीले सिसी क्यामराबाट पनि निगरानी गर्दै आएको छ । सर्वसाधारणको चाप हुने स्थानमा, बस पार्क र गाडी स्टेशनमा चोरी रोक्न प्रहरी परिचालन गरिएको छ ।’ प्रहरीले प्राविधिक सामान चोरी हुने क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गर्ने गरेको पनि उनले जानकारी दिए ।  

गत आर्थिक वर्ष १२ हजार ४ सय ३० मोवाइल हराएको उजुरी परेका थिए । जसमध्ये प्रहरीले १ हजार ६ सय ८१ मोइवाइल फेला पारेर सम्बन्धित व्यक्तिलाई जिम्मा दिएको जनाएको छ । हराएका मोवाइल कहाँ र कसले प्रयोग गर्छ भने विषयमा प्रहरीले गहन अध्ययन गर्ने नसकेको पीडितको गुनासो छ । प्रहरीसँग हराएका मोवाइलको पहिचान गर्नसक्ने भरपर्दाे प्रविधि पनि छैन । मोवाइल हराएको उजुरी परेपछि नेटवर्क र हराएको मोवाइल प्रयोगमा तत्काल कसैले ल्यायो भने मात्र लोकेसन ट्याग गरेर पत्ता लगाउन सकिन्छ । तर मोवाइल चोरी गर्नेले ३ देखि ५ महिनासम्म प्रयोग गरेन भने फेला पार्न गाह्रो हुने प्रहरीको भनाइ छ । मोवाइल घरबाट, गाडीमा यात्रा गरिरहेको अवस्थामा हराउने र पकेटमारले चोरी गर्ने गरेका छन् । गाडीमा यात्रा गर्दा भीड भएको समयमा धेरै मोवाइल पकेटमारले चोरको उजुरी प्रहरीमा पर्छन् । पछिल्लो समय धेरै सार्वजनिक यातायातमा सिसी क्यामरा जडान गरिरएको छ तर सिसि क्यामरामा चोरिएका मोवाइल कैद नहुने गरेको प्रहरीको भनाइ छ । नेपालमा चोरिएका धेरै मोवाइल भारतीय बजारमा बिक्री हुने बताइन्छ । एकपटक भारतीय व्यापारीले नेपालीमा चोरिएको मोवाइल प्रयोग गरिरहेको अवस्थामा फेलापरेको थियो । खुला सीमाका कारण नेपालमा चोरी भएका मोबाइल चोरले भारत पु¥याउने गरेको प्रहरीको अनुमान छ । प्रहरीमा मासिक ११ सयभन्दा बढी मोवाइल हराएका उजुरी पर्ने गरेका छन भने दैनिक १० देखि ३० वटा उजुरी पर्ने गरेका छन् । सबैभन्दा बढी चाडपर्वको समयमा मोवाइल हराउने र चोरी हुने गरेको प्रहरीले जनाएको छ । हराएका अथवा चोरीमा भएका मोवाइलको मूल्य १० हजारभन्दा माथि हुने गरेका छन् ।     


Views: 18