19th October | 2018 | Friday | 10:23:17 AM

पन्ध्रबर्षे आवधिक योजनाका लागि २६ अर्ब बजेट खाका बनाउदै बुटबल उपमहानगरपालिका

चन्द्रकान्त खनाल   POSTED ON : Thursday, 10 May, 2018 (6:13:00 PM)

पन्ध्रबर्षे आवधिक योजनाका लागि २६ अर्ब बजेट खाका बनाउदै बुटबल उपमहानगरपालिका

रुपन्देही । प्रदेश ५ को  अस्थायी राजधानी रहेको बुटबल उपमहानगरपालिकाले १५ बर्षे आवधिक योजनाका लागि करिब २६ अर्ब बराबरको बजेट लागत सहितको खाका तयार पारेको छ । बुटबल उपमहानगरपालिकाका १९ वटै वडामा बुधबारदेखी  कामसुरु भएको नगरपालिकाले जनाएको छ । वडाहरुको पायक पर्ने स्थानमा भेला गरेर पहिलो चरणको सुझाब संकलन सुरु गरेको उपमहानगरपालिकाले जनाएको छ । 

यी वडाहरुमा रहेका सम्भावना र त्यहाँका समस्याको दीर्घकालिन समाधान हुने गरी योजनाबद्ध कामकोसमेत सुझाव संकलन हुने छ । बैशाख २८ गतेसम्ममा सबै वडामा पहिलोचरण भेला सकेर दोस्रो चरणमा विज्ञहरूसहित फेरि छलफल हुने उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले वताए ।

वडाहरुमा रहेका टोलविकास संस्था, सामाजिक संघसंस्था, नागरिक अगुवा, उद्योगी(व्यवसायी, शिक्षक, विद्यार्थी र लक्षित समुदाय सबैको प्रतिनिधित्व हुनेगरी भेला मार्फत सुझाव लिने काम भइरहेको उनको भनाई छ  ।बुधबार वडा नम्बर १ देखि १० सम्मका भेलाहरु सम्पन्न भएका छन् । यी भेला पहिलोचरणको सुझाव संकलनका लागि भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खनालले वताए ।

बुटवलको आवधिक र दीर्घकालीन योजनाको खाका प्रस्तुत गर्दै त्यसैका आधारमा सुझाव लिने काम सुरु भएको कार्यक्रम संयोजक वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलको भनाइ छ । योजनाको खाका परामर्शदाता  इकोकोड प्रालिका इन्जिनियर कुमार धमलालगायतको टिमले गरेको थियो । 

बुटवलले १५ बर्षे आवधिक योजनाका लागि करिब २६ अर्ब बराबरको बजेट लागत सहितको खाका तयार पारिरहेको छ । यहीँ खाकामा जनप्रतिनिधि र परामर्शदाता सहितको उपमहानगरपालिकाका महाशाखा तथा विज्ञ टोलीले विभिन्न चरणमा सुझाव संकलन गर्न सुरु गरेको निमित्त  अधिकृत खनालले बताए ।

वडाका समुदाय केन्द्रित सुझाब संकलनका काम सुरु भएको योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले भने सबै वडाको सम्भावना र त्यहाँको तथ्यांक अद्यावधिकका कामहरु पनि भइरहेको छ । छलफलमा सहभागीले शिक्षा, स्वास्थ, ढलनाली, खानेपानी तथा पूर्वाधार विकासमा ध्यान दिन सुझावहरु आएको वताउदै सुझावलाई संकलन गरेर अध्ययन गरिनेछ  अनि योजनाबनाईछ श्रेष्ठले भने। 

विकासका कामका बारेमा नगरबासी जोसुकैले पनि लिखित सुझाब भने जतिबेला पनि दिनसक्ने व्यवस्था मिलाइएको प्रवक्ता रेग्मीले वताए। उपमहानगरको सबैभन्दा धेरै जनशंख्या रहेको वडा नं. ११ मा बिहीबार विहान सुझाव संकलनको तयारी रहेको वडा अध्यक्ष रामचन्द्र खनालले बताए ।


Views: 12