19th October | 2018 | Friday | 11:07:01 AM

रैराङद्वारा सर्वसाधारणका लागि शेयर निष्कासन

  POSTED ON : Monday, 14 May, 2018 (6:31:50 PM)

रैराङद्वारा सर्वसाधारणका लागि शेयर निष्कासन

पाँचथर । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन गरेको छ । 

सर्वसाधारणका लागि आठ लाख ४० हजार कित्ता शेयर निष्कासन गरिएको कम्पनीका प्रमुख कुवेरमणि नेपालले जानकारी दिए । शेयर वैशाख ३१ देखि जेठ ३ गतेसम्मका लागि खुल्ला गरिएको हो । 

सी आश्वामा आबद्ध बैंक तथा वित्तीय संस्थामार्फत यस कम्पनीको न्यूनतम ५० कित्ता तथा अधिकतम चार हजार २०० कित्ता शेयरका लागि निवेदन दिन सकिने उनले बताए । डी म्याट खाता नभएका नागरिकले आफ्नो पायक पर्ने बैंक तथा वित्तीय संस्थामा डी म्याट खाता खोली सी आश्वामार्फत निवेदन दिन सकिने कम्पनीले जनाएको छ । रासस


Views: 8