27th May | 2018 | Sunday | 6:21:58 AM

९ महिनामा ४६ खाद्य व्यावसायविरुद्ध मुद्दा

हिमालय टाइम्स   POSTED ON : Wednesday, 16 May, 2018 (1:56:52 PM)

९ महिनामा ४६ खाद्य व्यावसायविरुद्ध मुद्दा

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको ९ महिनामा खाद्य तथा पेयपदार्थ सँगसम्बन्धित ४६ वटा मुद्दा दायर गरेको छ । विभागले भदौदेखि चैतसम्म उक्त मुद्दा दायर गरेको हो । जसमध्ये प्रशोधित पानी, दूध तथा दुग्धजन्य पदार्थ, घ्यू तेल र मिठाई उद्योगविरुद्ध सबैभन्दा बढी मुद्दा दायर भएका छन् । त्यस्तै पशुदाना तथा तरकारी फलफूलसँग सम्बन्धित मुद्दासमेत रहेका छन् । काभे्रस्थित जिएस वाटर उद्योग, पनौतीस्थित लक्ष्मी दाना उद्योग, बारास्थित प्रोवायोटिक इण्डष्टि प्रालि, बालाजुस्थित गोपीकृष्ण खाद्य उद्योग, नवलपरासीस्थित गोर्खा बु्रअरी प्रालि, काठमाडौं गौशालास्थित व्यान्जन मिठाई भण्डार र न्यू अन्नपूर्ण मिठाई भण्डार, कोटेश्वरस्थित न्यू भवानी स्वीटस एण्ड चाट तथा गौशालास्थित पशुपति मिठाई भण्डारविरुद्ध मुद्दा दायर गरेको छ । 

त्यस्तै काठमाडौं मनमैजुस्थित पशुपति स्प्रिङ वाटर उद्योग, भक्तपुर झौखेलस्थित नेचुरल ड्रिकिङ वाटर उद्योग, थानकोटस्थित चन्द्रागिरि डेरी प्रालि, मातातीर्थस्थित स्प्रिङ मिनरल वाटर अफ मातातीर्थ, लैनचौरस्थि दुग्ध विकास संस्थान, यति वेभरेज प्रालि, हेटौंडास्थित नारायणी मिल्क एण्डस् प्रालिविरुद्ध पनि मुद्दा दायर गरेको छ । नारायणी मिल्कविरुद्ध विभिन्न विषयमा चारवटा मुद्दा दायर भएका छन् ।

त्यसैगरी हेटांैडास्थित दिव्य डेरी उद्योग, न्यू क्वालिटी चुक अमिलो उद्योग, धानेश्वर खाद्य उद्योग र नेपाल पास्ता कम्पनी फुड्स प्रालि तथा सिमरास्थित गणपति बनस्पती प्रालि, श्री एग्रो प्रोेसेसिङ एण्ड प्रालि, नन्दन घिउ एण्ड आयल इन्डष्टिज, अन्नपूर्ण भेजिटेवल प्रोडक्टस प्रालि सनराइज नेपाल फुड एण्ड वेभरेज प्रालि, कुसुम आयल इण्डष्टिजविरुद्ध पनि मुद्दा दायर भएका छन् ।

गणपति वनस्पतीविरुद्ध चारवटा मुद्दा दायर भएका छन् भने श्री एग्रो प्रोसेसिङ र कुसुम आयालविद्ध २–२ वटा मुद्दा दायर भएका छन् । त्यस्तै कैलालीस्थित रौंलेश्वर किराना पसल, सुदीप एण्ड प्रियान्सु किराना पसल, तुलसी मार्केटिङ र मालिका टेडर्स कैलाली, सिर्जना दुग्ध सहकारी बाँके, देउती दर्शन वाटर एण्ड वेभरेज प्रालि सुर्खेत, मध्यमाञ्चल वाटर एण्ड वेभरेज र काँक्रेविहार वाटर एण्ड फुड इण्डष्टिज सुर्खेतविरुद्ध पनि मुद्दा दायर भएका छन् । 

अधिकांश खाद्य, पेयपदार्थ, घ्यू–तेल, दही दूध, मिनरल वाटर तथा मिठाईमा न्यून गुणस्तर र दुषितलगायत कैफियत फेलापरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्त पूर्णचन्द्र वस्तीले जानकारी दिएका छन् ।

महिनाव्यापी खाद्य स्वच्छता कार्यक्रम

हामी सबैको सरोकार ः खाद्य शृंखलामा स्वच्छता र गुणस्तर भन्ने नाराका साथ १०औं राष्ट्रिय खाद्य स्वच्छता दिवस २०७५ मनाइने भएको छ । खाद्य स्वच्छता र गुणस्तरबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जेठ महिनाभर विविध कार्यक्रमका साथ खाद्य स्वच्छता दिवस मनाउने भएको हो । 

दिवसको अवसरमा विभागअन्तर्गतका सबै क्षेत्रीय कार्यालयले विविधि जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने विभागले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । जेठ २ गते देखि ४ गतेसम्म वक्तृत्वकला, विद्यालय शिक्षा, उपभोक्ता भेला, माइकिङलगायत कार्यक्रम सञ्चालन हुनेछन् भने ४ गतेदेखि ६ गतेसम्म प्रभातफेरी तथा अन्तक्र्रिया, विशेष अनुगमन कार्यालय परिसरमा सरसफाइ, १३ देखि १५ गतेसम्म होटल, रेष्टुरेन्ट, मिठाई पसलहरूको विशेष अनुगमन, १८ देखि २५ गतेसम्म खाद्य स्वच्छता तथा गुण नियमसम्बन्धी स्थानीय तहका कार्यकारी पदाधिकारीबीच अन्तक्र्रियालगायत कार्यक्रम सञ्चालन हुने विभाले जनाएको छ ।