24th June | 2018 | Sunday | 8:58:57 PM

सन् २०३० मा ५० लाख पर्यटकको लक्ष्य

हिमालय टाइम्स   POSTED ON : Monday, 04 June, 2018 (2:43:13 PM)

सन् २०३० मा ५० लाख पर्यटकको लक्ष्य

काठमाडौं । नेपालाई हिमालय प्रवेशद्वारका रूपमा चिनाउँदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित दोस्रो हिमालयन ट्राभल मार्ट २०१८ आइतबार सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको अगुवाइमा नेपाल पर्यटन बोर्ड र पाटा नेपाल च्याप्टरको आयोजना भएको सम्मेलन ५ लाख पर्यटक भिœयाउने आधार तय गर्दै सम्पन्न भएको हो । 

२६ मुलुकबाट ५९ बायर्स र नेपाल, भारत, भुटान, दक्षिण कोरिया, इन्डोनेसिया, टर्की र युएईलगायत सात मुलुकबाट ५२ बिक्रेताको सहभागिता रहेको सम्मेलनमा नेपाललगायत दक्षिण एशियाका सबै पर्यटन व्यवसायीको सहभागिता रहेको थियो । जेठ १८ देखि २० सञ्चालित सम्मेलनको मुख्य विषय सस्टेनेवल रोड टु ५ मिलियन भिजिटर्स वाई २०३० रहेको थियो । जुन विषयमा विभिन्न मुलुकबाट आएका पर्यटनविज्ञले आफ्नो विचार व्यक्त गरेका थिए । 

कार्यक्रमको मुख्य आकर्षण अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स मिडिया सम्मेलन थियो, जहाँ १८ मुलुकका ४३ जना ब्लगरको सहभागिता थियो । ती ब्लगर्सले नेपाललगायत विश्वका अनेक स्थानहरूमा पर्यटनसम्बन्धी समस्या र समाधान विषयमा आफ्ना विचार व्यक्त गरेका थिए । उक्त कार्यक्रमको उद्घाटन गर्दै पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सामाजिक सञ्जाल र नयाँ मिडियाको महŒवको उजागर गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने र नकारात्मक कुराहरूको निराकरण गर्ने विश्वास व्यक्त गरे ।

हिमालयन ट्राभल मार्टको मुख्य सत्र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गरेका थिए । उनले नेपालमा पर्यटन विकास र विस्तारको प्रचुर सम्भावना भएको र यसको समष्टिगत विकासका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताएका थिए । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल हिमाली गन्तव्यको केन्द्रबिन्दुका साथै साहसिक पर्यटनको मुख्य केन्द्र रहेको बताएका थिए । 

पाटा नेपाल च्याप्टरका अध्यक्ष शुनिल शाक्यले सहभागीबाट आगामी दिनमा पनि सहकार्यले निरन्तरता पाउने अपेक्षा व्यक्त गरेका थिए । सो अवसरमा अन्तर्राष्ट्रिय चीन लगानी मञ्चका अध्यक्ष डा. मार्कोस लिले चीनको पर्यटन बजारबाट कसरी नेपालले कसरी फाइदा लिन सक्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने भारत चलचित्र उद्योगका निर्देशक मधुर भन्डारकरले पर्यटनले चलचित्रबाट कसरी फाइदा लिन सक्छ भन्ने विषयमा प्रस्तुतीकरण गरेका थिए । 

अन्तर्राष्ट्रिय ब्लगर्स संघका अध्यक्ष म्याट गिब्सनले नेपालले कसरी विद्युतीय माध्यमबाट फाइदा लिन भन्ने विषयमा चर्चा गरेका थिए भने पाटा अन्तर्राष्ट्रियका अध्यक्ष क्रिस बोट्टरिलले हयुम क्यापिटल डेभलपमेन्ट निड्स एण्ड अपरच्युनिटी इन एसिया विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । चिनियाँ पर्यटनविद्ले सन् २०३० मा ५० लाख पर्यटक भिלयाउन नेपालले फरक किसिमले प्रचारप्रसार शैली अपनाउनुपर्ने दिएका थिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सम्मेलनले नेपाल र हिमाली गन्तव्यलाई प्रबद्र्धन गर्ने उत्साह जगाएको बताएका छन् । सम्मेलनको आधिकारीक पाटर्नर एयरलाइन्स, नेपाल एयरलाइन्स र आधिकारीक पाटर्नर होटल सोल्टी क्राउन प्लाजा रहेको थियो भने टर्किस एयरलाइन्सले अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स मिडिया सम्मेलनको आधिकारीक पाटर्नरको भूमिका खेलेको थियो ।

हिमालयन ट्राभल मार्ट २०१८ को सफलताले नेपाललाई दक्षिण एसियाको एमआइसिई टुरिजमको मुख्य गन्तव्यका रूपमा स्थापित गरेको पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले बताएका छन् । आगामी दुई वर्षभित्र नेपाल आउने पर्यटकको संख्या २० लाख पु¥याउने लक्ष्यमा पनि हिमालयन ट्राभल मार्टले महŒवपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।