16th December | 2018 | Sunday | 12:25:06 PM

विश्व वातावरण दिवस र हामी

महादीप पोख्रेल   POSTED ON : Tuesday, 05 June, 2018 (2:51:47 PM)

विश्व वातावरण दिवस र हामी

संयुक्त राष्ट्र संघको आहृवानमा सन् १९७२ देखि हरेक जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा संसारभर मनाइन्छ । आर्थिक, सांस्कृतिक र राजनीतिक उद्देश्यले वातावरणीय र पर्यावरणीय मुद्दाहरूबारे समाजमा जागृति ल्याउने उद्देश्य र एजेण्डा बोकी यो दिवस स्थापना गरिएको हो । विश्व वातावरण दिवसमा प्रत्येक वर्ष एउटा उद्देश्य र एजेण्डा प्रस्तुत गरिन्छ । प्रथमतः सन् १९७४ मा वातावरणसम्बन्धी ‘एक्सपो ७४’ नामले अमेरिकाको स्पोकनमा प्रदर्शनी गरिएको थियो भने गत वर्ष सन् २०१३ मा मंगोलियाको शहरमा ‘सोच, खाउ र बचाऊ’ भन्ने नाराका साथ मनाइएको थियो । जसमा वार्षिक रूपमा विश्वमा भइरहेको खाद्यान्नको ठूलो त्रास र नासको परिणाम, यिनको संरक्षण र ठूलो स्केलमा खाद्यान्न बढाउने, जनचेतना फैलाउने साथै कार्वन उत्सर्जन घटाउने एजेण्डा प्रस्तुत गरिएको थियो । नेपालको हिमाली भागमा अतुलनीय प्राकृतिक स्रोतको खानी छन् त्यसैले हिमाल जोगाउन हिमाली भेग जोगाउनु हामी सबैको संकल्प हुनुपर्छ । हिमाली भेग नेपालको ढुकुटी हो । यहा“ वनजंगल, जल, जडिबुटी, जराजुरी, जनावर, खनिजको अथाहा सम्पत्ति छ । साथै प्राकृतिक सौन्दर्यको खानी सेता हिमाली शिखर जुन पर्यटकीय दृष्टिकोणबाट संसारकै सम्भावना बोकेको गन्तव्यस्थल बन्न सक्नेछ । संसारकै अग्लो शिखर सगरमाथा रहेको यस क्षेत्र अफगानिस्थान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार पाकिस्तानलगायत नेपालसहित आठ देशमा लगभग २४०० किमी लम्बाइमा फैलिएको छ । तर यसको क्षेत्रफलको ठूलो हिस्सा भने नेपालमै छ । जैविक विविधता रहेको यस हिमाली भेगमा अहिले जलवायु परिवर्तनले पनि असर पारेको छ ।

हिउ“ले ढाकिएका सेता भाग काला पत्थर बन्दै गएका छन् । अन्ततोगत्वा पानीको आयतन बढेर समुद्री सतह दिनदिन बढिरहेका छन् भने सामुद्रिक तटीय र द्वीपहरू कालान्तरमा खतरा र डुबानमा पर्ने स्थिति देखिन्छ । वातावरणको हाम्रो पृथ्वीमा भएको सम्पूर्ण जलमण्डल, वायुमण्डल र भूमण्डलसँग अन्तरसम्बन्ध हुन्छ । यो कुरा हामी पत्रपत्रिका पढ्न सक्ने मानिसले बुझ्न र बुझाउनु जरुरी छ । चाहे त्यो भूमध्य रेखाका इथोपिया होस्, चाहे उत्तरी गोलाद्र्ध नर्वे नै किन नहोस्, संसारका जुन कुनामा पर्यावरण र वातावरणलाई असर परे पनि त्यसले अरू भागमा कालान्तरमा पृथ्वीको भू–भागमा असर पार्छ । समुद्री सतहबाट बहने मनसुनी वायु हाम्रो हिमाली क्षेत्रमा आएर हुने वर्षा, हिउ“ले भरिएका अन्टाटिकालगायत हिमाली भागका कारण हुने तापको सन्तुलन आदि प्रत्यक्ष नै यिनीहरूको अन्तरसम्बन्ध छ । अहिले विश्वमा चलिरहेको कार्वन उत्सर्जन र नेपालले पाउने अनुदानको सन्दर्भ पनि यो पूरा पृथ्वीको पर्यावरण र जलवायु समेटेर गरिएको वातावरणीय हिसाबकिताब हो । वातावरणीय भाषामा यस्तो पर्यावरणीय सेवा लिनेले सेवा दिनेलाई रकम तिर्नुपर्ने नियम हुन्छ जसले हाम्रो देशको हिमाली क्षेत्रलगायत पहाड र तराईका वनजंगल, जललगायत प्राकृतिक स्रोत जोगाइराख्ने हो भने भविष्यमा हाम्रो देश पर्यावरणीय सेवा दिनेमा पर्छ । त्यसैले यो अनुदान पाउन योग्य बन्नेछ । यो हामी नेपालीका लागि गौरवको कुरा हो । विकसित देशहरूले गरेका वातावरणीय उद्देश्य निकै नै सराहनीय छन् । उनीहरू वातावरण, पर्यावरण र जलवायु परिवर्तनसम्बन्धी निकै नै संवेदनशील छन् । विकसित राष्ट्रका वातावरणीय मुद्दाहरूको अर्थशास्त्रीय तथ्यांक हेर्दा उद्योग, कलकारखाना र औद्योगिकीकरणले कार्वन उत्सर्जन गरेर ओजन तहलाई नै पातलो बनाइराखेका छन् । अर्कोतर्फ वातावरणीय प्रदूषणका कारण उनीहरू निकै नै चिन्तित छन् । त्यसैले खोज र अध्ययनमा उनीहरूको आर्थिक र राजनीतिक लगानी निकै नै ठूलो छ । उनीहरूले आफ्ना कार्य तर्जुमा, एजेण्डा र उद्देश्य नियालेर र केलाएर हेर्नुपरेको छ । यी राष्ट्र गोलमेच सम्मेलन साथै वातावरणमैत्री हुने किसिमले उद्देश्य र खाका प्रस्तुत गर्न निकै आतुर छन् । आर्थिक, सामाजिक र राजनीतिक मुद्दाहरूबाट सैद्धान्तिकतवरले व्यावहारिकमा परिणत गराउन उनीहरू निकै नै कस्सिएका छन् । यो सन्दर्भमा भने हामी नेपाली आजको दिनसम्म निकै नै व्यवस्थित छौं ।

तर बदलिँदो अस्थिर राजनीतिक परिवेशले गर्दा हामीले केही दशकयता प्राकृतिक स्रोतको निकै नै क्षयीकरण र विनाश गरिराखेका छौं । नदीनालाको पानीको सतह अंकगणितीयरूपमा घटेका छन् भने वनजंगल, पशुपक्षी र जनावर अनि कृषि भूमिको नास ज्यामितीयरूपमा भइरहेका छन् । अव्यवस्थित भवन, बस्ती सडक र शहरहरू डरलाग्दो किसिमबाट अव्यवस्थितरूपमा बढेका छन् । डलर खर्चेर गरिएका सेमिनार गोष्ठी र शहरकेन्द्रित कार्ययोजनाले नेपालको वातावरणीय विकृति रोक्न सकेका छैनन् । वातावरणको नाउ“मा गरिएका विध्वंश, भ्रष्टाचार एकातिर छन् भने चिल्ला कागजमा तयार पारिएका प्रतिवेदन अर्कातिर छन्, जो पढ्ने फुर्सद नै कसैलाई छैन । त्यसैले तारे होटलमा ठूलो रकम खर्चेर भन्दा सानो कामको सुरुवात गर्नु नै बुद्धिमानी हुनेछ । शिक्षालयहरूमा वातावरणसम्बन्धी सामग्री पढाएमा पनि निकै राम्रो हुने देखिन्छ । नत्र वर्षमा एक दिन वातावरण दिवस मनाएरमात्रै हुँदैन, आत्मीयताबाटै समाधान हुने कुरा हुन् यी । त्यसैले आजैबाट प्रण गरौं कि वातावरणसम्बन्धी सोचौं, बुझौं र बुझाऔं । यो नै वातावरण संरक्षणको अभियान हुनेछ । हामीले वातावरण दिवसका नाउ“मा गरिएका क्रियाकलाप धेरै पैसा खर्च गरेर प्रचारप्रसार गर्नुको अर्थ छैन । जुन वातावरणीय समस्या अप्रत्यक्षरूपमा देखिएका छन् र ती भयानक पनि छन्, तिनीहरूका समस्याको समायोजन र रोकथामको उपायतिर लाग्नु नै वेश हुनेछ । नत्र विश्व वातावरण दिवसको नारा जप्दैमा यो दिवस सार्थक हुँदैन । उद्देश्य बनाउन मुस्किल हुँदैन तर यसलाई सार्थक बनाउन मुस्किल छ । हाम्रोजस्तो अस्वाभाविक धरातल र अस्थिर राजनीतिका कारण पनि यो क्षेत्रमा हामी अझ बढी सक्रिय हुन जरुरी छ ।

Views: 27