25th June | 2018 | Monday | 9:35:10 PM

काठमाडौँ स्टील प्रालि नवलपरासीको इजाजतपत्र खारेज

  POSTED ON : Tuesday, 05 June, 2018 (8:14:37 PM)

काठमाडौँ स्टील प्रालि नवलपरासीको इजाजतपत्र खारेज

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौँ स्टील प्रालि नवलपरासीको इजाजतपत्र खारेज गरेको छ । 

आज विभागमा बसेको बैठकले गुणस्तरबमोजिम उत्पादन नगरेको भन्दै सो उद्योगको इजाजतपत्र खारेज गरेको हो । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उक्त उद्योगबाट उत्पादित वस्तुहरु नेपाल गुणस्तर १९१ बमोजिम नपाइएपछि इजाजतपत्र खारेज गरेको जानकारी दिए । 

उक्त उद्योगबाट उत्पादित ५०० ग्रेडका ८ मिलिमिटर, १० मिलिमिटर, १२ मिलिमिटर र १६ मिलिमिटरका फलामे डण्डी विभागको प्रयोगशालामा परीक्षण गराउँदा भौतिक चारित्रिक गुण गुणस्तरभन्दा कम पाइएपछि विभागले इजाजतपत्र खारेज गरेको हो ।