21st November | 2018 | Wednesday | 1:03:29 AM

भारतबाट आयातित विद्युतको मूल्य बढाउने प्रस्ताव अस्वीकार

रमेश लम्साल   POSTED ON : Saturday, 07 July, 2018 (7:55:00 PM)

भारतबाट आयातित विद्युतको मूल्य बढाउने प्रस्ताव अस्वीकार

काठमाडौँ । नेपाली प्रतिनिधिमण्डलको अडानपछि भारतबाट आयात भइरहेको विद्युतको मूल्य तत्काल भने नबढ्ने भएको छ । 

भारतले दुई देशबीचको विद्युत् आदानप्रदान प्रावधानअनुसार विद्युत् महसुल बढाउन गरेको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । 

यही असार २१ र २२ गते भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न विद्युत् आदानप्रदान समितिको १२ औँ बैठकमा विद्युत्को मूल्य बढाउने प्रस्ताव भारतीय पक्षले गरेको थियो । 

भारतले २० प्रतिशतसम्म महसुल बढाउन प्रःताव गरेको थियो । नेपाल विद्युत् प्राधिकरणले हाल खरिद गरिरहेको विद्युत्को मूल्य नै बढी भएको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले अस्वीकार गरेको हो । 

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले नेपालले हाल खरिद गरिरहेको विद्युत्को मूल्य नै बढी भएकाले बढाउन नसकिने धारणा राखेको जानकारी दिए । 

प्राधिकरणले हाल भारतबाट १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत भारतीय मुद्रा ५.५५ र ३३ केभी क्षमताका प्रसारण लाइनमार्फत भारतीय मुद्रा रु छ मा विद्युत् आयात गरिरहेको छ । प्राधिकरणले न्यूनतम भारु ५.५५ र अधिकतम भारु ६.४५ मा विद्युत् खरिद गर्दै आएको छ । 


कूल ११ केभी क्षमताको प्रसारण लाइनमा प्रतियुनिट रु १०.३२ पैसा (भारु ६.४५), ३३ केभी प्रसारण लाइनमा प्रतियुनिट रु ९.६० पैसा (भारु ६) र १३२ केभीमा प्रतियुनिट रु ८.८८ पैसा (भारु ५.५५) मा विद्युत् खरिद गरिरहेको छ । बैठक आगामी तीन महिनाभित्र पुनःबःने सहमति भएको छ । 

थप तीन प्रसारण लाइन निर्माण हुने 

नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि थप तीन वटा प्रसारण लाइन निर्माण हुने भएको छ । धनगढी–पालिया, सम्पत्तिया÷आनन्दनगर, मैनासिंह र नानपारा–नेपालगञ्ज प्रसारण लाइन निर्माणका लागि नेपाल सरकार र भारतको उत्तर प्रदेशका सम्बन्धित निकायबीच समन्वय गरी अगाडि बढाइने भएको छ । ती प्रसारण लाइन निर्माणका लागि आवश्यक प्राविधिक तयारी गरी दुई देशका ऊर्जा सचिवःतरीय बैठकमा निणयार्थ पेश गरिने भएको छ । तर भारतले धनगढी–पालिया प्रसारण लाइन निकुञ्ज क्षेत्रबाट तान्नुपर्ने भएकाले थप अध्ययन जरुरी रहेको उल्लेख गरेको छ । 

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइन र टनकपुर १३२ केभी प्रसारण लाइनबाहेकका अन्य प्रसारण लाइनबाट आयात भइरहेको विद्युतको मूल्य बढी तिर्दै आएको छ । 

नेपालले हाल कुशाहा–कटैया, जोगवनी, गण्डक–रामनगर, नानपारा, सुदूरपश्चिमका लाली, तादी, जौलीजिबीलगायत बिन्दुबाट विद्युत् आयात गरिरहेको छ । 

प्राधिकरणले विहार, उत्तर प्रदेशलगायतबाट प्रतियुनिट रु ८.८८ मा खरिद गर्ने गरेको छ । 


बुटवल–गोरखपुर प्रसारण लाइन भएन प्रगति 

नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन बुटवल– गोरखपुर प्रसारण लाइनको लगानीको प्रारुप तयार पार्न नेपाली पक्षले आग्रह गरेको छ । नेपालले सो प्रसारण लाइन सरकारीस्तरमा नै निर्माण हुनुपर्ने प्रःताव गर्दै आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो प्रसारण लाइन निर्माणका विभिन्न विषयमा छलफल भएको र उपयुक्त ढाँचा तय गरी अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय भएको जानकारी दिए । 

सो प्रसारण लाइन निर्माणका लागि कम्तीमा पनि चार वर्ष लाग्ने देखिएको छ । नेपालले सो प्रसारण लाइन विद्युत् निर्यातका लागि उपयोग गर्नेछ । नेपालले प्रस्तुत गरेको इनर्जी सिमुलेसनको नतिजालाई समेत अध्ययन गरी भारतको केन्द्रीय विद्युत् प्राधिकरणले उपयुक्त मोडल प्रस्ताव गर्ने प्रतिबद्धता जनाएको छ । 

सो प्रसारण लाइन निर्माण गर्ने विषयमा दुई देशबीच पटकपटक छलफल भए पनि लगानीको ढाँचा र निर्माणका प्रक्रियाका बारेमा सहमति हुन सकेको छैन । 


इनर्जी बंैकिङको प्रस्ताव 


नेपालले पुनःभारतसँग इनर्जी बैंकिङको प्रस्ताव गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार नेपाली पक्षले नेपालको समग्र विद्युत् परिदृश्य प्रस्तुत गरेको थियो । 

यस्तै भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतमा भइरहेको अभ्यासका बारेमा जानकारी गराएको थियो । बैंकिङको विधि र प्रक्रियाको मस्यौदा तयार पार्ने प्रारम्भिक सहमति भएको र अर्को बैठकमा पेश गरिनेछ । 

माथिल्लो तामाकोशीलगायतका केही आयोजना सम्पन्न भएपछि वर्षाको समयमा नेपालको विद्युत् खेर जाने भएकाले इनर्जी बैंकिङको प्रस्ताव गरिएको हो । वर्षाकालमा भारतमा बढी विद्युत् माग हुने र नेपालमा खेर जाने भएकाले त्यसलाई व्यवःथापन गर्न इनर्जी बैंकिङ नै उपयुक्त विकल्प देखिँदै आएको छ । 


टनकपुर सवस्टेशनको क्षमता वृद्धि 


यस्तै बैठकमा टनकपुर सवस्टेशनको क्षमता वृद्धि गर्ने विषयले पनि प्राथमिकता पाएको छ । हाल सो सवस्टेशनमा ५० एमभीएको ट्रान्सफर्मर रहेकामा थप ५० एमभीएको ट्रान्सफर्मर जडान गरिने भएको छ । क्षमता थप भएपछि सो सवःटेशन भएर करीब १०० मेगावाट बराबरको विद्युत् आयात तथा निर्यात गर्न सकिन्छ । 

यस्तै कटैया–कुशाहा र रक्सौल–परवानीपुर १३२ कृभी क्षमताको प्रसारण लाइनमा दोस्रो सर्किट निर्माण गर्ने विषयमा समेत छलफल भएको थियो । त्यसका लागि थप अध्ययन जरुरी भएकाले दुई देशका प्राविधिक समूहले अध्ययन गरिरहेको छ । 

सो बैठकमा नेपाली पक्षको नेतृत्वको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र भारतका तर्फबाट केन्द्रीय विद्युत् प्राधिकरणका सदस्य प्रकाश मास्केले गरेका थिए । 

रासस


Views: 10