21st November | 2018 | Wednesday | 2:01:17 AM

हेटौंडा कपडा पुनः सञ्चालन लागि कार्यदल

हिमालय टाइम्स   POSTED ON : Tuesday, 10 July, 2018 (3:48:28 PM)

हेटौंडा कपडा पुनः सञ्चालन लागि कार्यदल

काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि सरकारले नेपाली सेनासँग छलफल सुरु गरेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको सभाकक्षमा उनकै संयोजकत्वमा नेपाली सेनाका कायममुकायम प्रधान सेनापति पूर्णचन्द्र थापा, उद्योग सचिव यामकुमारी खतिवडा, नेपाल आयल निगमका निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईसमेतको सहभागितामा सोमबार बसेको बैठकमा हेटौंडा कपडा उद्योग सञ्चालन तथा पेट्रोलियम पदार्थ ढुवानीसम्बन्धी विषयमा छलफल भएको हो । बैंठकले हेटौंडा कपडा उद्योग सञ्चालनका लागि आवश्यक अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलमा नेपाली सेनाबाट मेकानिकल, मार्केटिङ र टेक्सटाईलसम्बन्धी ज्ञान भएका तीनजना अधिकृतस्तरका कर्मचारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्पmबाट प्रशासन तथा संस्थान महाशाखाका प्रमुख र मेकानिकल इन्जिनियर, अर्थ मन्त्रालयका संस्थान समन्वय शाखाका उपसचिव र विज्ञका रूपमा मन्त्रालयबाट मनोनित एकजना मेकानिकल इन्जिनियर रहने व्यवस्था रहेको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिएका छन् । 

कार्यदलले हेटौंडा कपडा उद्योगको अध्ययन विश्लेषण गरी १५ दिनभित्र नेपाली सेना र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ । कार्यदलले उद्योगका मिल मेशिनरी र पूर्वाधारको अवस्था, उद्योग सञ्चालन मोडालिटी, लगानीको मोडालिटी, हाल उद्योगको आर्थिक प्राविधिक तथा कानुनीलगायतको अवस्था र उद्योग सञ्चालन लागतका विषयमा केन्द्रित रही अध्ययन प्रतिवेदन तयार गर्ने बताइएको छ । साथै , बैठकले नेपाली सेनाको कल्याणकारी कोषमार्पmत पेट्रोलियम ढुवानी गर्ने ट्यांकर खरिद गरी आयल निगमको करारमा राखी सञ्चालन गर्न नेपाली सेनाले आवश्यक प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ । 


Views: 15