21st November | 2018 | Wednesday | 1:32:57 AM

सबै जनतालाई जलविद्युत्को मालिक बनाउन छलफल

हिमालय टाइम्स   POSTED ON : Wednesday, 11 July, 2018 (3:03:58 PM)

सबै जनतालाई जलविद्युत्को मालिक बनाउन छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउन सरोकारवाला उच्च अधिकारीसँग छलफल सुरु गरेको छ । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पुनले छनोट हुने आयोजना नाफाका लागिमात्र नभई सेवाका दृष्टिले निर्माण हुनुपर्ने बताए । उनले ‘गरिब जनतको हातहातमा शेयर पुग्नुप¥यो, यसबाट उनीहरूको जीवनस्तर माथि उठ्नुप¥यो, यसरी निर्माण हुने आयोजना नाफाको सुनिश्चित गरेरमात्र निर्माण गरिनेछ ।’ जनताको जलविद्युत् आयोजनाका लागि स्रोत व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा समेत बैठकमा छलफल भएको थियो । ऊर्र्जा मन्त्रालयअन्र्तगतको जलविद्युत् लगानी तथा विकास कम्पनीले आयोजना निर्माणमा लाग्ने अनुमानित लागत, आन्तरिक स्रोतको व्यवस्थापन र ऋण व्यवस्थापनको प्रारम्भिक खाका प्रस्तुत गरेको थियो । बैठकमा ऊर्र्जामन्त्री पुन, ऊर्र्जा सचिव अनुपकुमार उपाध्याय, विद्युत् विकास विभागका महानिर्देशक नवीन सिंह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, जलविद्युत् लगानी तथा विकास कम्पनीका प्रमुख छविराज पोखरेललगायतको सहभागिता रहेको थियो । 

मन्त्री पुनले गत वैशाखमा सार्वजनिक गरेको ऊर्जा तथा जलस्रोत क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रसहितको श्वेतपत्रमा हरेक नेपालीलाई जलविद्युत् आयोजनाको मालिक बनाउने उल्लेख छ । श्वेतपत्रको बुँदा ५८ मा हिमाल, पहाड, तराई–मधेशका हरेक नेपाली जनतालाई जलविद्युत्मा लगानीको अवसर प्रदान गर्दै आर्थिक समृद्धिमार्फत राष्ट्रिय एकता सुदृढ गर्न ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने उल्लेख छ । जनताको शेयर लगानी गर्न करिब तीन हजार तीन सय ९७ मेगावाटका १६ आयोजनाका विषयमा छलफल भएको थियो । यसमा सात सय २५ मेगावाटको माथिल्लो अरुण, ४ सय मेगावाटको तल्लो अरुण, एक सय एक मेगावाटको तामाकोसी पाँचौ, ४८ मेगावाटको भेरी–बबई डाइभर्सन, दूई सय १० मेगावाटको सेती चैनपुर, ७० मेगावाटको सिम्बुवा, ७५ मेगावाटको ताप्लेजुङको घुन्सालगायत आयोजना छन् । 


Views: 12