17th July | 2018 | Tuesday | 1:27:15 PM

सप्तरीमा यसबर्ष आँपको व्यापार दोब्बर

अनिल पोखरेल   POSTED ON : Wednesday, 11 July, 2018 (7:33:02 PM)

सप्तरीमा यसबर्ष आँपको व्यापार दोब्बर

राजविराज । आँपको राजधानी मानिएको सप्तरी जिल्ला गत बर्षको तुलनामा आँपको व्यापार दोब्बर भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

सप्तरीमा सरदर प्रतिकिलो २० रुपियाँको दरले विक्री–वितरण भएकोमा करिव ५६ करोड रुपियाँ बराबरको आँपको व्यापार भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सात हजार हेक्टर क्षेत्रफलमा खेती रहेपनि यस बर्ष असिना तथा हावा हुरीले १ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाएको आँप बालीमा क्षति पु¥याए पनि यस बर्ष जिल्लामा पाँच हजार हेक्टरमा २८ हजार मेट्रिक टन आँप उत्पादन भएको छ । 

कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवका अनुसार गत बर्ष सप्तरीमा १४ हजार मेट्रिक टन आँप उत्पादन भएकोमा करिब २८ करोड बराबरको आँपको व्यापार भएको थियो । यस बर्ष आँप उत्पादन वर्ष रहेकोले दोब्बरले वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत यादवले बताए ।

सप्तरीको साविक कुशहा गाविस १ र २ श्रीपुर गाउँमा एकै स्थलमा तीन सय हेक्टरभन्दा बढी क्षेत्रफलमा ‘नेपालको सबैभन्दा ठूलो आँपको निजी बगैंचा’ रहेको छ ।  यसैगरी जिल्लाको कल्याणपुरमा दुई सय ८० हेक्टर, भंगाहमा दुई सय ३०, प्रसवनीमा र मोहनपुरमा दुई-दुई सय, रूपनगरमा एक सय ६०, सीतापुरमा एक सय ५० र जन्डौलमा ८५ हेक्टर आँप बगैंचाले ओगटेको छ । 

पूर्व–पश्चिम राजमार्ग आसपासमा पूर्वमा कञ्चनरुपदेखि पश्चिममा वलान नदीसम्म बढी आँप खेती हुने गरेको छ भने खास गरी विषेश रुपमा महुली, जण्डोल, मैनाकडेरी, श्रीपुर, मधुपट्टी, मलहनियाँ, हरिहरपुर, प्रसवनी, शम्भुनाथ, वकधुवा, रुपनगर लगायतका स्थान आँपको उत्पादन हुने गरेको मानिन्छ ।  

जिल्लामा स्थानीय जातका आँपहरूमा बम्बई, माल्दह, कृष्णभोग, कलकत्तिया, लंगडा, फैजली आदि छन् भने व्यावसायिक रूपमा भित्रिएका आम्रपाली, चौसा, निलम, मलिका, जर्दालु, अल्फान्सो आदि जातका आँपहरूको उत्पादन पनि बढ्दै गइरहेको छ । उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले आँप महोत्सवबाट जिल्लाको पहिचान राष्ट्रियस्तरमा प्रचारित हुने बताए। यसअघि संघले 

यसै बर्ष सप्तरीको कुशहाको श्रीपुरमा र कञ्चनरुपमा आँप महोत्सव तथा बृहत् कृषि मेला प्रदर्शनी गरेको थियो ।