11th December | 2018 | Tuesday | 6:52:29 PM

लगानी वातावरण बिग्रन थालेको गुनासो

हिमालय टाइम्स   POSTED ON : Wednesday, 08 August, 2018 (4:23:56 PM)

लगानी वातावरण बिग्रन थालेको गुनासो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ–जिल्ला नगर उद्योग वाणिज्य संघको राष्ट्रिय भेला आज वीरगञ्जमा सम्पन्न भएको छ । महासंघको आयोजना भएको भेलाको उद्घाटन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघले राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा विशिष्ट पहिचान बनाउन सफल रहेको बताए । 

मुलुकभित्र लामो समयपछि राजनीतिक स्थिरता आएको भन्दै उनले मुनाफा कमाउने स्वतन्त्रता, उत्पादन गर्ने स्वतन्त्रता नहुन्जेल समृद्धि हासिल हुन नसक्ने बताए । राष्ट्रिय पु“जीको सुरक्षासहित मुलुकको समृद्धिका लागि निजी क्षेत्रस“ग सहकार्यमा जोड दिए । उनल वर्तमान सरकार लगानीको वातावरण बनाउन लागिपरेको पनि उनले बताए । 

उनले सरल ब्याजदरमा ऋण पाउनुपर्ने, नविकरण सरल गरिनुपर्ने, कर प्रणाली सहज बनाउनुपर्ने व्यवसायीको जायज रहेको पनि बताए । राष्ट्रिय पु“जीको सुरक्षा गरी समृद्धि हासिल गर्न सकिने भन्दै उनले समयको गतिशीलतास“गै कार्य गर्नुपर्ने र रूपान्तरण हुनुपर्नेमा जोड दिए । ६३ जिल्ला नगर उद्योग वाणिज्य संघबाट करिब ३ सय जना उद्यमी व्यवसायीको सहिभागिता रहेको सम्मेलनमा सहभागीले मुलुकभित्र उद्योग व्यवसाय गर्ने वातावारण बनाई दिन आग्रह गरेका थिए । 

उनीहरूले स्थानीय, प्रादेशिक तथा संघीय गरी तीनै तहको सरकार क्रियाशील रहेको अवस्थामा व्यवसाय गर्ने वातावरण सहज हुनुपर्नेमा झनै कठिन बन्दै गएको गुनासो गरेका थिए । स्थायी सरकार हुँदाहुँदै पनि व्यबसाय क्षेत्रमा झनै चुनौती थपिँदै गएको, व्यावसायिक वातावरण वातावरण बनाउनेतर्फ तीनै तहका सरकार उदासिन देखिएको, व्यवसायीलाई करको भार थोपर्दै गएको, बैंकहरूले मनपरीरूपमा ब्याजदर बढाएको, फर्म दर्ता नवीकरणमा समस्या आएको पनि उनीहरूले गुनासो गरेका थिए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकभित्र सुशासन र वेथितिको अन्त्यका लागि सरकार लागिरहेको बताए । फर्म दर्ता नवीकरणका लागि थप तीन महिनाको समय दिइने र एकद्वार प्रणालीलाई कार्यान्वयन लगिने जानकारी दिए । अन्तर मन्त्रालय समन्वयमा सुधार हुँदै गएको, दोहोरो तेहेरो कर नलाग्नेमा संघीय सरकार सचेत रहेको बताए । 

व्यापाघाटा कम गर्न वस्तु उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो । महासंघ अध्यक्ष भवानी राणाले जिल्लामा उद्यमी व्यवसायीले भोग्नुपरेका समस्यामा छलफल गरी निचोड निकाली उद्योग व्यवसायको प्रवद्र्धनमा भेला सहयोगी हुनसक्ने बताइन् । उनले इतिहासकै शक्तिशाली सरकार आएको ८ महिनासम्म पनि उद्योगी व्यवसायीले अनुभव गर्न नसकेको उनले गुनासो गरिन् ।

सो अवसरमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकालले करका दर वृद्धिको विरोधमा वीरगञ्जका व्यवसायीले गरेको आन्दोलनको समर्थन गर्दै काला बजारी ऐनलगायत ऐनहरू संशोधन हुनुपर्ने, बंैकिङ व्याजदरमा सुधार हुनुपर्ने, बजार अनुगमनलाई थप व्यवस्थितर र मर्यादित बनाउनुपर्ने, करदातालाई सम्मान गरिनुपर्ने बताएका थिए । 


Views: 16