19th November | 2018 | Monday | 1:09:34 PM

आजको शेयर बजारको अवस्था

  POSTED ON : Monday, 10 September, 2018 (7:58:45 PM)

आजको शेयर बजारको अवस्था

काठमाडौँ । धितोपत्र बजार आज पनि पुनःओरालो लागेको छ । 

आइतबार दोहारो अङ्कले घटेको बजार आज ८.१ बिन्दुले घटेर एक हजार २१० मा झरेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई अङ्कले घटेर २५६.१६ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६२ कम्पनीको ११ लाख ५९ हजार २७२ कित्ता शेयर रु २७ करोड ७४ लाख २२ हजार ९६७ मूल्यमा खरिद बिक्री भएको छ । 

दुई उपमूहको शेयर बढ्दा अरु उपसमूहको शेयर भने ओरालो लागेको छ । उत्पादन २४.६८ र माइक्रोफाइनान्स १३.३१ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ९.६३, होटल ४५.९५, विकास बैंक १०.२८, जलविद्युत् १०.७५, फाइनान्स ३.३२, निर्जीवन बीमा ५८.५९, अन्य ३.६७ र जीवन बीमा २०.१८ बिन्दुले घटेको छ । रासस


Views: 32