21st November | 2018 | Wednesday | 9:20:32 AM

भैरहवा नाकाबाट दुइ महिनामै ४४ अर्बको आयात

चन्द्रकान्त खनाल   POSTED ON : Monday, 15 October, 2018 (2:50:01 PM)

भैरहवा नाकाबाट दुइ महिनामै ४४ अर्बको आयात

रूपन्देही । रूपन्देहीको बेलहिया नाका हुँदै भारतलगायत तेस्रो मुलुकबाट नेपालमा सबैभन्दा बढी अटोमोवाइल्स भित्रिएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ को तीन महिनामा भैरहवास्थित भन्सार कार्यालयमा अटोमोवाईल्सअन्तर्गत गाडी मोटरसाइकल र तीनपांग्रे अटो सवारीसाधान भित्रिएको भन्सार कार्यालय भैरहवाले जनाएको छ । साउनमा मात्र मोटरसाइकल ११ हजार ९ सय ३, कार, भ्यान र जिप ५ सय ८४, सिंगल क्याप पिकअप २ सय ७६, वस १ सय ३७, ट्रक, मिनी ट्रक २ सय ४३, डबल क्याव पिकअप ७५ वटा भित्रिएका छन् । साउनमा २१ अर्ब ६५ करोड ४२ लाख ५७ हजार राजस्व संकलन भएको छ भने भदौमा जिपकार भ्यान ७७९ मोटरसाइकल ११ हजार ४ सय ३० डबल क्याव पिकअप २०७, सिंगल क्याप पिकअप ३२०, ट्रक, मिनी ट्रक ३ सय २६ रहेका छन् । 

११ अर्ब ३५ करोड ७६ लाख राजस्व संकलन भएकोमा ५ अर्ब ४५ करोड ५९ लाख सवारीका साधनबाट संकलन भएको छ । जुन राजस्व ४८ प्रतिशत रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

त्यस्तै असोजमा जिप, कार, भ्यान १ हजार ८ सय १७, मोटरसाइकल २४ हजार ६ सय ४१, सिंगल क्याप पिकअप ४ सय ३३ डबल क्याव पिकअप १ सय ५१ ट्रक मिनी ट्रक १ सय ५०, बस १ सय ४१, ट्रयाक्टर १ हजार ८ सय सिसी १५, माइक्रोबस ६४ अटोरिक्सा ८२ रहेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराज पौडेलले बताए । असोजमा पनि भदौकै हाराहारीमा राजस्व संकलन भएको उनले बताए । भैरहवा भन्सारमा २ अर्ब १८ करोडको डिजल, १ अर्ब ८३ करोड ६४ लाखको मोटरसाइकल, जिप, कार भ्यान ८० करोड ३३ लाख, एमएस बिलेट ४४ करोड २७ लाख, सिमेन्टको क्लिंकर ६३ करोड, टायल ४८ करोड ४६ लाख डबल क्याव पिकअप २४ करोड ९८ लाख, सिंगल क्याप पीकअप ३४ करोड ७५ लाख, ट्रक मिनी ट्रक २८ करोड ७८ लाख, पेटोल ६३ करोड ४२ लाखबराबरको आयत भएको छ । 

त्यस्तै मार्वल स्यालब २४ करोड ७६ लाख, एलपी ग्यास ६८ करोड ३७ लाख, पोलीथिन दाना ६० करोड ६६ लाख, चामल तथा कनिका १५ करोड ४० लाख, शृंगारका सामान ४९ करोड २६ लाखबराबरको आयत भएको सूचना अधिकृत पौडेलले जानकारी दिए । त्यस्तै चकलेट, पत्थर कोइला, प्लाष्टिक सिट, तयारी कपडा, मोटर पार्टस् पनि करोडौंको आयात भएको छ । 


Views: 108