19th November | 2018 | Monday | 3:08:08 AM

चिया संस्कृतिको प्रबद्र्धनका लागि चीनसँग सहकार्य

हिमालय टाइम्स   POSTED ON : Tuesday, 30 October, 2018 (2:04:23 PM)

चिया संस्कृतिको प्रबद्र्धनका लागि चीनसँग सहकार्य

काठमाडौं । चिया उत्पादनमा अग्रणी मुलुक चीनको चिया नेपाली बजारमा प्रवेश भएको छ । चीनको सिचुवान प्राप्तको चिया नेपाली बजारमा भित्रिएको हो । जसका लागि यिपिन जनसरकार र नेपालस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चिनियाँ चिया नेपाली बजारमा बजारीकरणको व्यवस्था मिलाएको थियो । सोहीअवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड  र सिचुवानको विपिन चिया कम्पनीबीच नेपालमा उत्पादित हरियो चियालाई गुणस्तरयुक्त बनाउन तालिम, सीप र प्रविधि उपलब्ध गराउने तथा चिया संस्कृतिको आदानप्रदान गर्नेलगायत सहयोग आदानप्रदान गर्ने विषयमा सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

सोमबार राजधानीमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले दुई देशबीच चिया उत्पादन तथा बिक्री वितरणले आपसी सहयोग आदानप्रदान हुने र आर्थिक विकासमा सहयोग पुग्ने बताए । नेपालको चिया चीनमा जाने र चीनको चिया नेपालमा आउने भएकाले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ र चिनियाँ पर्यटकलाई नेपालमा आकर्षण गर्ने उचित माध्यम चिया हुनसक्ने उनले बताए । नेपाल र चीनको सिचुवान प्रान्तको चिया संस्कृतिको बारेमा बोल्दै उनले दुवै देशबीचको सम्बन्ध अनुपम र प्रगाढ रहेर पनि नेपालले चीनको विकासबाट लाभ लिन अझै नसकेको गुनासो गरे । मन्त्री खनालले नेपाली चियाको उत्पादन, प्रसोधन र बजारीकरणका लागि चीनको सहयोग महŒवपूर्ण हुनसक्ने बताए । उनले नेपालबाट वार्षिकरूपमा तीन अर्ब बराबरको चिया निर्यात हुने गरेको जानकारी गराउँदै विदेश निर्यात गर्ने कृषिजन्य वस्तुमा चिया राम्रो सम्भावना बोकेको क्षेत्र भएको बताए । राष्ट्रिय चिया तथा तथा कफी विकास बोर्डका कार्यकारी अध्यक्ष शेषकान्त गौतमले चीनले पछिल्लो ३० वर्षमा पूर्वाधार निर्माण र कृषिको आधुनिकीकरणमा गरेको अद्भूत विकासले नेपालमा पनि चिया खेतीको आधुनिकीकरण, उत्पादन, प्रशोधन र बजारीकरण गर्न चिनियाँ सहयोग र प्रविधिको अपेक्षा बढेको बताए ।

चीनको सिचुवान प्रान्त यिविन सरकारका उपमहासचिव लिया, यिपिन नगरपालिकाका उपमेयर चाङ फिङ, जनसरकारका उपमहासचिव ली याज्यूलगायतले नेपाल र चीनबीच चिया उद्योग प्रबद्र्धन तथा चिया संस्कृतिको विकासका लागि आपसी छलफलले नयाँ समभावनाको ढोका खोल्दै जाने विश्वास व्यक्त गरे । आयोजक संस्था साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष धु्रव पौडेलले दुवै देशका चिया विज्ञबाट चिया संस्कृतिका बारेमा छलफल होस् भन्ने सोचका साथ यस्तो कार्यक्रम आयोजना गरिएको बताए । सिचुवान क्षेत्रमा उत्पादित चिया तथा कफी प्रदर्शनीमा राखिएको थियो । बोर्डका अध्यक्ष गौतमका अनुसार दुई देशको चियाको प्रबद्र्धनका लागि कार्यक्रम आयोजना गरिएको हो । चिनियाँहरू आफ्नो चिया नेपालमा बजारीकरण गर्न नभई चिया कल्चरको प्रबद्र्धन गर्न आएका हुन् । उनीहरूले नेपालमा चियाको विकास र विस्तारमा सघाउने प्रतिबद्धता जनाएका छन् । खासगरी चियाको गुणस्तरका लागि चियासँग सम्बन्धित नेपाली जनशक्तिलाई तालिम प्रदान गर्ने, अध्ययन भ्रमण गराउने र नेपाली चिया उद्यमीसँग सहकार्यमा जोड दिने भएका छन् । गौतमले अन्य क्षेत्रमा जस्तै नेपालको चिया क्षेत्रको विकास विस्तारका लागि चीनबाट धेरै सहयोग लिन सकिने बताएका छन् । 


Views: 53