16th December | 2018 | Sunday | 12:09:24 PM

पेशा प्रति ईमान्दार, असल आचरण, व्यवहारिक अनि नतिजामुखी कार्यशैलीको खोजः उत्कृष्ट पाँचराष्ट्रसेवक

  POSTED ON : Tuesday, 20 November, 2018 (8:52:59 PM)

पेशा प्रति ईमान्दार, असल आचरण, व्यवहारिक अनि नतिजामुखी कार्यशैलीको खोजः उत्कृष्ट पाँचराष्ट्रसेवक

पेशा प्रति ईमान्दार, असल आचरण, व्यवहारिक अनि नतिजामुखी कार्यशैली । यो परीचय हो हाल केन्द्रीय बिउ उत्पादन केन्द्र, खुमल्टार, ललितपुरमा कार्यरत वरिष्ठ बागबानी विकास अधिकृत अरुण काफ्लेको । व्यवसायिक कृषिलाई कसरी प्रवर्धन गर्ने र वास्तविक किसानको छनोट गरी कृषिलाई निर्वाहमुखीबाट व्यवसायमुखी कसरी बनाउने भनेर अहोरात्र खटिने कृषि विज्ञ हुन् काफ्ले । प्राय कर्मचारीहरू कुनै नयाँ प्रविधि सिक्ने वित्तिकै किसानलाई सिकाउन हतारो गर्छन तर उनी पहिला वस्तु स्थिति बुझेर वातावरण सुहाउदो प्रविधिको अध्ययन गरेर मात्र किसानलाई सिकाउछन् । जुन, पद्धती दिगो अनि व्यवहारीक हुन्छ ।


अरुण काफ्लेः


सबै किसानको पहुचमा कृषि विज्ञः

प्राय कृषकको उस्तै खाले गुनासो हुने गर्दछ । सरकारले किसानको समस्या क्बुझेन अनि सरकारी कर्मचारीले किसानलाई सहयोग गरेनन् । किसानले चाहेर पनि व्यवसायि खेतीगर्न सकेनन् । न त उनीहरूले सरकारले दिने भनेको अनुदान नै पाए । न त प्रविधि नै ।केही अवस्थामा यो भनाई सत्य हो । तर, तरकारी बाली विकास केन्द्र, खुमलटार, ललितपुरमा कार्यरत वरिष्ठ बागवानी विकास अधिकृत अरुण काफ्लेलाई पनि यहि कोटीमा राख्ने हो भने उनी प्रति अन्याय हुन्छ । किसानका समस्या सुनेर त्यस्को समाधान बाँड्दै र नयाँ प्रविधिको बारेमा किसानलाई जानकारी गराउदै उनको दैनिकि बितिरहेको हुन्छ । थुप्रै किसानहरू उनलाई मात्र भेट्न भनेर कार्यालयमै आई पुग्छन् । कोही टेलिफोन मार्फत आफ्ना जिज्ञासाहरू उनी सामु राखिरहेका हुन्छन् भने, कसैले सामाजिक सञ्जाल मार्फत जानकारी लिईरहेका हुन्छन् । जुनसुकै माध्यमबाट समस्या लिएर उनी सम्म आईपुग्ने किसान अहिले सम्म निरास भएर फर्कनु परेको छैन । उनका साथिहरूले त उनको नामै राखेका छन् “टोल फ्रि नम्बर”१ उनको आफुले का मगर्ने पात्रो त हुन्छ नै संगसंगै किसानको लागि छुट्टै बाली पात्रो बनाईदिएका छन् । कुन तरकारी कहिले लगाउने ? हेरविचार कसरी गर्ने? सबै विवरण सहित । 


प्रविधि मैत्रिः

परम्परागत खेति किसानी गर्ने केही युवाहरू आफुसंग प्रयाप्त जग्गा जमिन हुदाहुँदै फसलबाट आशातित मुनाफा लिन नसकेर निरास भई खाडिका देशहरूमा आफ्नो रगत पसिना बेचिरहेका छन् । मरुभुमिलाई हरीयालीमा परीणत गरिरहेका उनीहरू उक्त प्रविधि नेपालमै भएको भए पक्कै पनि विदेशिनु पर्दैनथ्यो । यो कुराले उनलाई घच्घच्यायो । त्यसलाई मध्यनजर गर्दै उनको अग्रसरतामा माटो रहीत कृषि पद्धती नेपालमा भित्रियो । जुन पद्धतीबाट किसानले थोरै जमिनमा धेरै उत्पादन लिन सक्दछन् । उनले उक्त प्रविधिको परीक्षण पश्चात किसानलाई बाँडे । जस मध्ये केही किसानले उक्त प्रविधिको प्रयोग गरी मनग्गे आमदानि गरिरहेका छन् । त्यस मध्येकै एकजना किसान हुन बडिखेल, ललितपुरका दामोदर न्यौपाने । उनी हाल तेस्रो मुलुकबाट आउने तरकारीलाई रोक्छु भनेर लागिपरेका छन् । 

अहिले काफ्ले पाँच जना ईन्जीनियरको सहयोग लिएर हरीत गृहमा मोबाईल फोनबाट  तापक्रम व्यवस्थापन गर्ने प्रविधिको निर्माणमा जुटेका छन् । जुन प्रविधिको माध्यमबाट जुनसुकै मौसममा पनि बेमौसमि तरकारी बालि उत्पादन गर्न सकिने छ । उक्त प्रविधि सफल हुनेमा उनी ढुक्क छन् । 

नतिजामुखीः

काम प्रतिको लगाव हुनु राम्रो कुरा हो । तर, नतिजा राम्रो आएन भने त्यसको कुनै औचित्य हुदैन । अरुण काफ्ले यस्ता निजामति कर्मचारी हुन जो राष्ट्रले आफुमाथि लगानि गरिसके पछि त्यसको नतिजा पस्कनु आफ्नो दायित्व ठान्दछन् । यो कुरा उनले व्यवहारमा देखाएका छन् । उनी आउनु भन्दा अगाडी केन्द्रीय बिउ उत्पादन केन्द्र, खुमल्टारले  ललितपुरले ५०÷६० ग्राम श्रृजना जातको गोभेडाको बिउ उत्पादन गर्दथ्यो । उनी त्यहाँ आएको तिन वर्षको अवधिमा ३ किलोग्राम बिउ उत्पादन गर्न थालेको छ । वार्षिक ३ लाख बिरुवा उत्पादन् भईराखेकोमा हाल ३० लाख बिरुवा वार्षिक रुपमा उत्पादन् भईरहेको छ । यो सब उनको मेहनत, प्राविधिकलाई उनले गर्ने प्रोत्साहन् र विषयगत दक्षताले सम्भव भएको हो । उनी आफै पनि भन्ने गर्दछन्, दिनभरी काम गर्दैगर्दा थकित भए पनि आफुले सहयोग गरेका किसानले मैले यो वर्ष तरकारी खेती बाट यति मुनाफा गरे, यति आमदानि भयो, मैले गरेको व्यवसायिक तरकारी खेतीबाट सिकेर यति जनाले व्यवसायिक तरकारी खेती गरे भनेर सुनायो भने राति आनन्दको निन्द्रा लाग्छ ।  

पारदर्शिः

उनी किसानको नजरमा असल कर्मचारीमा गनीनुको मुख्य कारण उनको खुला अनि पारदर्शि प्रशासन हो । उनले किसानको नाममा आएका अनुदान र कार्यालयका निर्णयहरू सबै अनलाईनबाटै सार्वजनिक गर्दै आईरहेकाछन् । बरु नक्कली किसानले अनुदान नपाओस भनेर सधै सचेत रहन्छन् । तरकारीको बेर्ना बिक्रि बापतको रकम पारदर्शि होस र किसानलाई सहज होस भन्नकालागि युसिडिसि एप्लीकेसनको निर्माण गरी अनलाईन अर्डर गर्न सकिने व्यवस्था पनि उनले गरेका छन् । 

उनी भन्छन्, “सरकार नागरिक बिचको सम्बन्धको पर्खाललाई शिशा जस्तै पारदर्शि बनाउनु पनि हाम्रो दायित्व हो । त्यो प्रक्रियालाई जतिसक्दो सहज बनाउनमा मेरो जहिले पनि प्रयास रहन्छ । प्रविधिको पहुच हुनेहरूका लागि  वेबसाईट र नहुनेहरूका लागि किसानकै खेतबारीमा गएर  पनि सरकारका योजना, अनुदान, नया प्रविधि, बिउ बिजन र बजार व्यवस्थापनको जानकारी दिने गरेको छु । पटक पटक किसानको राय सलाह लिन सर्वेक्षण पनि गर्ने गरेको छु र त्यहि अनुसार योजना बनाउने गरेको छु जसले गर्दा वास्तविक किसानले आफ्नो कुराको सुनुवाई भयो भनेर खुसि मनाउ पनि गरेका छन् ।”

किसानलाई आत्मनिर्भर र व्यवसायमुखी बनाउनुलाई आफ्नो दायित्व सम्झिने काफ्ले, आफुले सिकेको सिप किसानलाई सिकाएन भने राज्यको लगानी खेर जाने ठान्दछन् । कहिले काही गाउँतीरका परीवार साथीभाईले उनलाई सोध्ने गर्दछन्, संगैका साथीले त काठमाण्डौमा घर बनाईसके, तिम्रो के छ ? उनको जवाफ हुने गर्दछ, हो मेरो घर छ । खुमलटारमा ।अर्थात उनी काम गर्ने कार्यालय । हुन पनि बिहान देखि साँझ उनी कार्यालयकै काममा व्यस्त हुन्छन् । उनका परिवारका सदस्य भनेकै सेवा लिन आउने किसान र उनका सहकर्मि साथीहरू भएकाछन् । जसरी एकजना परीवारको अभिभावक आफ्नो परिवारको भविस्यकालागि चिन्तीत हुन्छ, त्यसैगरी तरकारी बाली विकास केन्द्र, खुमलटार, ललितपुरमा कार्यरत वरिष्ठ बागबानी विकास अधिकृत अरुण काफ्ले कृषि क्षेत्रलाई कसरी उकास्ने भनेर चिन्तीत हुन्छन् । छोट्करीमा कृषि विज्ञ काफ्ले किसानका भरोसा, सहयोगी र साथी पनि हुन् ।  

 धुर्ब राज आचार्य 


प्राय सेवाग्राही कुनै न कुनै अपेक्षा लिएर कार्यालयमा आउछन । कहिलेकाही जायज माग लिएर आउछन त कहिलेकाही नियम संगत नमिल्ने कुराको माग लिएर पनि आउछन । जो जसरी आए पनि सरकारी कर्मचारी अनि सरकारी कार्यालय प्रति त्यति सकारात्मक हुदैनन् । जुनसुकै मनस्थितिको सेवाग्राही उनको कार्यकक्षमा पस्छ, निस्कदा शान्त अनि खुसी मुद्रामा निस्कन्छ । कारण सामान्य छ । उनी सबै कुरा सुन्छन् । किन भएन ? के कारण भएन? राम्ररी सम्झाउछन् । यति बुझिसके पछि सेवाग्राही आफै सेवा लिनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउछ । यति भन्दै गर्दा प्रश्न खडा हुन सक्छ, सार्वजनीक जिम्मेवारी धारण गरेको व्यक्तिले गर्ने काम यहि हैन र ? वास्तवमै हो । सेवाग्राहीले सरकार अनि सरकारी कर्मचारीसंग धरै अपेक्षा गरेका हुदैनन् । उनीहरूले पाउनुपर्ने सेवा सहज अनि सरल तरिकाले पायो र कर्मचारीले राम्रो व्यवहार मात्र गरिदियो भने उनीहरू खुसी हुन्छन् । सेवाग्राहीको यस्तै भावना अनि चाहनालाई बुझेर काम गरिरहेका कर्मचारी हुन् हाल टीकापुर नगर कार्यपालिकाको कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य । 

भनाई र गराई एउटैः

काम नगरे पनि म यो गर्छु, म त्यो गर्छु भनेर प्रतिवद्धता गरिहाल्ने चलन जताततै छ । तर,बोलेको कुरा व्यवहारमा जस्ताको तेस्तै लागुगर्ने सरकारी कर्मचारी खोज्नेहो भने थोरै नाम मध्ये अग्रपंक्तिमा आउछ ध्रुवराज आचार्यको नाम । उनले टीकापुर नगरपालिकामा आउनासाथ मातहतका कमचारीलाई राखेर भनेका थिए, मेरो कार्यकाल भित्र तपाईहरू सबैलाई तालिमको व्यवस्था गर्छु । उनले ग्रामिण विकास प्रशिक्षणकेन्द्रको समन्वयमा ३० कार्यदिनको तालिमको व्यवस्था गरे । आफ्नो सेवाकामा एक पटक पनि बृत्तिविकासको तालिम नपाएका ४८ जना कर्मचारीले आफ्नै कार्यालयमा तालिम पाए । जसले गर्दा स्रोतको बचत भयो, सेवा प्रभावित भएन र महत्वपुर्ण कुरा कर्मचारीको मनोबल बढ्यो, बृत्ति विकासमा टेवा पुग्यो र बढुवाको ढोका खुल्यो ।


उनी दुल्लु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर जाँदा पनि बहाल भएको एक हप्ता भित्र प्रत्येक वडाबाट सेवा प्रवाहको व्यवस्था मिलाउनेछु भनेका थिए । एक हप्ता नपुग्दै हरेक वडा कार्यालयबाट सेवा प्रवाह भयो । सुरुमा सचिवहरूले  वडामा गएर काम सुचारु ग्र्न मानेनन् ।पछि उनले राम्रोसंग सम्झाईबुझाई गर्दा सबै वडा सचिवहरू खुसीका साथ वडा कार्यालयमा गएर सेवा प्रवाह गर्न राजि भए । जसले गर्दा सेवाग्राही टाढाटाढाबाट सरकारी सेवा लिन नगरपालिका कार्यालयमै धाउनुपर्ने समस्याको समाधान भयो ।  

उनीसंग गाँसीएका यि र यस्ता थुप्रै उदाहरणहरू छन्। त्यसैले टीकापुर नगरकार्यपालिको कार्यालयमा प्रशासकीय अधिकृतको रूपमा कार्यरत रञ्जु आचार्य भन्छिन्, “गराई र भनाई एउटै भएको व्यक्ति नै मेरो आदर्श व्यक्ति हो । यस मानेमा ध्रुवराज आचार्य मेरो आदर्श व्यक्ति हुन् ।”

सामुहिक अभ्यासमा विश्वासः

उनी जुनसुकै काम अथवा निर्णय लिनु अगाडी कार्यालय सहायक देखी फाँटका सबै कर्मचारीलाई सहभागी गराएर उनीहरूका राय सल्लाह लिन्छन् । जसले गर्दा उनीहरूमा आफु सहभागी भएका योजनालाई कार्यान्वयन गर्दा छुट्टै उर्जा पैदा हुन्छ । काम प्रतिको थप जिम्मेवारी बोध हुन्छ । अनि सामुहिक अभ्यासको नतिजा पनि अब्बल आउछ ।

सुरुवात आफैबाटः 

कुनै पनि नयाँ अभ्यासको सुरुवात उनी आफैबाट गर्दछन् । उनले मातहतका कर्मचारीलाई, कार्यालयमा समयमै उपस्थीत हुनु भनेर कहिलेई उर्दि जारी गरेनन् । त्यसको साटो हरेक दिन समयमै कार्यालयमा उपस्थीत भएर सेवाग्राहीको काममा आफै तल्लीन हुन थाले । सुरुसुरुमा स्वीकार गर्न गाह्रो भए पनि ढिलो गरी कार्यालयमा उपस्थीत हुने कर्मचारीहरू  समयमै उपस्थीत भएर सेवाग्राहीको सेवामा खटिन थाले । 

उनले हप्ताको अन्तीम दिन कर्मचारीको बिचमा समिक्षा बैठक बस्ने नियम बनाए । जहाँ हरेक कर्मचारीले हप्ताभरी कामगर्दै गर्दा आईपरेका च’नौती, सिकाई र थालेका नयाँ अभ्यासको बारेमा छलफल हुन्छ । आईपरेकाचुनौतीलाई सामुहिक रुपमा कसरी कामना गर्ने ? नगरपालिकाको कामलाई अँझै कसरी प्रभावकारी बनाउने लगाएतका विषयमा छलफल हुन्छ । हरेक पटकको छलपललमा उनी आफुबाट सुरु गर्छन, जसले गर्दा अरूलाई पनि कार्यालय प्रमुखका अगाडी आफ्ना कुरा राख्न सहज भईरहेको हुन्छ । 

आज गर्ने काम आजै गरौ : 

उनी भन्छन, सबैलाई अवगत भएको कुरा हो । समय अपरिवर्तनशिल छ । हमिले तोकिएको समयमा तोकिएको जिम्मेवारी पुरा गर्न सकेनौ भने समयलाई दोष दिनुको कुनै औचित्य हुदैन । त्यसो गर्दा जानिजानि हामी जिम्मेवारीबाट पन्छिरहेका हुन्छौं ।सेवाग्राहीले आज पाउने सेवा आजै पाउनु पर्छ । सार्वजनिक जिम्मेवारी धारण गरेका व्यक्तिले आज पुरा गर्नुपर्ने जिम्मेवारी आजै पुरा गर्नु पर्छ । त्यसो गरेमात्र नागरिकको, सरकार प्रति गुमेको विश्वास जित्न सकिन्छ । उनी त्यहि गरिरहेकाछन् जे कुरामा उनी विश्वास गर्छन् । यसको उदाहरण उनी टीकापुर आउनु पुर्व ठप्प रहेका विकास निर्माणका कार्य सुचारु भए । तिन महिना सम्म नबसेको कार्यपालिकाको बैठक सुचारु मत्र भएन उनले हरेक महिनाको २ गते र १७ गते नियमित कार्यपालिकाको बैठक बस्नु पर्ने प्रस्ताव राखे । जुन प्रस्ताव पारीत भयो । आज हरेक महिनाको २ गते र १७ गते नियमित कार्यपालिकाको बैठक बसीरहेको छ । महत्वपुर्ण निर्णयहरू  परीत भईरहेका छन् । विकास निर्माण लगाएत सामाजिक सरोकारका विषयहरू  तिव्ररुपमा अगाडी बढेकाछन् । उनकै अग्रसरतामा नगर प्रहरीले काम गर्नथालेको छ । नियमित बजार अनुगमन हुनथालेको छ । नियमित अनि महत्वपुर्ण छलफल समयमै भएका छन् । सार्वजनिक सुनुवाई भएको थिएन त्यो पनि नियमित भयो । सबै जनप्रतिनिधि खुसी छन् र भनिरहेकाछन्, कम्तीमा पनि हाम्रो कार्यकालसम्म तपाई टीकापुर नगरपालिकामा रहेर नै काम गरिदिनुहोस ।  

खुला सरकारः

उनी भन्छन्् सरकारले गर्ने साना देखी ठुला सबै निर्णयहरू आम नागरिकको सरोकारसंग जोडीएका हुन्छन् । कुनै न कुनै किसिमले उनीहरू को दैनिकीलाई प्रभावित पारीरहेको हुन्छ । त्यसैले सरकारका हरेक गतिविधि खुला हुनु पर्दछ । आगरिकले थाहा पाउनु पर्दछ । केहि निर्णय भयो अथवा नगरबासीलाई केहि सुचना बाँड्नु पर्यो भने उनी स्थानीय पत्रकारलाई बोलाउछन्रहरेक कुरा पारदर्शी तरिकाले प्रष्ट पारिदिन्छन् । स्थानीय पत्रकार दुर्गा देवकोटा भन्छिन्, “पत्रकाको आँखाले कहिलेकाही केहि खोट लाउन सकिन्छ कि भन्ने नजरले पनि हेरीन्छं, तर अहिले सम्म उहाँमा खोट लगाउने ठाउँ देखिदैन ।”


उनकै भाषामा भन्ने हो भने, उनले कामगर्ने कार्यथलो मन्दिर हो, कर्म पुजा हो अनि सेवाग्राही भगवान् । सबै मनैदेखी गर्दछन् । त्उसैले होला सरकारले दिएको जिम्मेवारी जुनसुकै परिस्थितिमा पनि उनले सजिलै स्वीकार गरेका छन् । सरकारले नया संरचना अनुसार स्थानीय तहमा २५० जनाजतिलाई जिम्मेवारी दिएर पठायो । पहिलो पटक हाँजिर हुने व्यक्ति उनै थिए । त्यो पनि सामाजिक सद्भाव बिग्रिएकै अवस्थामा टीकापुर नगरपालिकामा खटिएर गए ।

समग्रमा भन्दा उनलाईसेवाग्राहीको अनुहारमा मुस्कान छर्न सफल प्रशासकीय अधिकृतभन्दा परक पर्दैन । मेहनेती, निस्वार्थ भावनाले काम गर्ने र समन्वयकारी क्षमताकै कारण सबैसंग मिलेर का मगर्न सफल भएका छन् । 


महेन्द्र प्रसाद पौड्यालः


पर्सा जिल्लाको ठोरी गाउँपालिकामा जन्मेर उतै पढाई गरेका महेन्द्र प्रसाद पौड्यालले निजामति सेवा सुरु गरेकै २४ वर्ष भयो । सुरु देखी नै उनलाई लाग्दथ्यो, मैले पाएको जिम्म्ेवारी त पुरा गर्नु पर्छ, साथसाथै समाज प्रतिको जिम्मेवारी पनि भुल्नु हुदैन । किन भने भालि म फर्केर जाने त्यही समाजमा हो । उनले सधै त्यही मुल्य र मान्यतालाई आत्साथ गरे । निष्ठामा दाग लाग्छ भनेर चुनौती लिन नचाहने थुप्रै हुन्छन् । जो सधै सहि निर्णय लिन डराउछन् । तर, उनीयसका अपबाद हुन् । निष्ठा कायम गरेर उत्कृष्ट नतिजा ल्याउन सफल थोरै निजामति कर्मचारी भित्र पर्दछन् युवा तथा खेलकुद मन्त्रालयका उपसचिव महेन्द्र प्रसाद पौड्याल ।  


युवाका प्रेरणा

नेपालमा हाल एक करोड सात लाख युवा भएको अनुमान गरिन्छ । ३९ प्रतिशत जन प्रतिनिधि र ८० प्रतिशत पत्रकार युवा छन् । मन्त्रालयमा मन्त्री परिवर्तन भइरहेका हुन्छन् । उनी भन्ने गर्दछन्, तपाई कुनै पाटी विशेषको मन्त्री नभईदिनुहोस । सबै युवाको मन्त्री भैदिनुहोस् । त्यसै गरी पत्रकारलाई भन्नेगर्दछन्, युवाका सपना लेखिदिनुहोस । असफलता मात्र हैन यहाँ थुप्रै सफलताका कथाहरू  छन् । 

उनले युवाको पक्षामा कामगर्ने सरकारी कर्मचारीको भुमिका पनि उत्तिकै जिम्मेवार भएर निभाएका छन् । युवा प्रतिभा छनौट गर्ने कार्यविधि परिमार्जन गरेर दलित, मुस्लीम, सिमान्तकृत, अपांग र कर्णालीलाई पनि सम्बोधन गर्ने अवधारणाका परीकल्पनाकार पनि उनै हुन् । त्यसै गरेर उनले युवा तथा खेलकुद मन्त्रालयमा आईसकेपछि युवाका मुद्दालाई सम्बोधन गरी ति मुद्दामाथि छलफल गरी उचित कार्र्यिवधि बनाउन सहयोग गर्ने दस्ताबेज “युथ भिजन २०१५”ल्याउन महत्वपुर्ण योगदान गरे । 

शैक्षिक सुधारका सकारात्मक पहलः

ईलाममा जिल्लामा शिक्षा अधिकारी भएर कामगर्दा उनले शिक्षामा सुधार ल्याउन थुप्रै प्रयास गरे । जस अन्तरगत, शिक्षा क्षेत्रमा राष्ट्रको धरौटिलाई पारदर्शी बनाउन बिद्यालयमा जाने अनुदान र खर्चको आर्थिक कारोवारलाई पुर्वाञ्चालामै सर्वप्रथम सफ्टवेयरको प्रयोग गरी पारदर्शी बनाई दोहोरो निकाशा लगायतका अनियमिततामा सुधार ल्याई सम्पूर्ण शिक्षा क्षेत्रमै उदाहरणिय काम गरे । आर्थिक कारोवारलाई पारदर्शी बनाउनुका साथै जिल्ला शिक्षा कार्यालयका कार्यलाई पारदर्शी बनाउन उनलेले जी.शि.अ. को वेबसाईट मार्फत जिल्ला शिक्षा कार्यालय र विद्यालयका काम कारवाहीलाई अपडेट गर्ने कामको थालनि गरे ।

विद्यालय अनुगमनलाई चुस्त दुरुस्त बनाउन उनी हरेक पटक पत्रकारलाई साथै लिएर जान्थे र उनीहरूलाई भन्ने गर्थे, तपाईले जे देख्नुभयो त्यही लेख्नुहोस । यसले पनि थाहा हुन्छ उनको काम गर्ने शैलि कति पारदर्शि छ भनेर । बिद्यालय व्यवस्थापनलाई चुस्त र व्यवस्थित बनाउने अभियान अन्तर्गत श्री दुर्गा प्रा.वि. बरबोटे ६ लाई सहयोग गरी जिल्लाकै नमुना प्रा.बि. को रुपमा ल्याउन सफल भए । जुन बिद्यालय हाल नेपालभरका प्रा.बि., नि.मा.बि., उच्च मा.बि. बिद्यालयको समुचित र प्रभावकारी व्यवस्थापन गर्ने विद्यालयको रुपमा अध्ययन , अवलोकन र अनुसन्धान भईरहेको छ । 

प्राथमिक शिक्षामा सबैको पहुच सुनिश्चित गर्न, ईलाम जिल्लाको बरबोटे गाविसबाट सत प्रतिशत बालबालिका भर्ना गर्ने गाविस घोषणा अभियानको थालनी गरी उनले शिक्षा सबैको आवश्यकता मात्र नभई मौलिक अधिकार पनि हो भन्ने शन्देश दिए । समुदायको स्रोतमा सरकार वा कुनै निकायको भन्दा समुदायकै बढी स्वामित्व हुने कुरालाई जोड दिदै उनले विद्यालयका प्रत्यक्ष सरोकारवालालाई आफ्नो बिद्यालयप्रति जिम्मेवार तुल्याउन बिद्यालय मुल्यांकन रुजु सूचिको अवधारणा मार्फत अभिभावक, बिद्यालय व्यवस्थापन समिति र शिक्षकलाई सक्रिय बनाउने कार्य पनि गरे । 

अब्बल सूचना अधिकारी

हाल उनी युवा मन्त्रालयमा सूचना अधिकृतको रुपमा पनि काम गरिरहेका छन् । प्राय सरकारी कार्यालयमा कर्मचारीले सूचना दिदैन भन्ने जनगुनासो सुन्नमा आउछ । यसको अपबाद हुन् महेन्द्र प्रसाद पौड्याल । सरकारको प्रतिनिधिका रूपमा युवाहरूलाई सूचनाको हकको अभियन्ता बनाउनुपर्छ  भनेर सचेतना फैलाउदै हिड्ने सूचना अधिकारी हुन् उनी । आम नागरिकलेमागेको सूचना नदिने त कुरै भएन, उनी युवलाइ सूचनाको माग गर्न पनि हौस्याईरहेका हुन्छन् । उनले सरकारको प्रतिनिधिको रुपमा सूचनाको हकलाई प्रवद्र्ध गर्न दिएको योगदानको कदर गर्दै राष्ट्रिय सूचना आयोगले सन २०१५ मा उनलाइ देशका पाँच उत्कृष्ट सूचना अभिकारीबाट सम्मान गरेको थियो ।  

युवा प्रतिभालाई प्रोत्साहन्ः 

उनको व्यक्तिगत डायरी हेर्ने हो भने, देशभरी छरीएका युवा प्रतीभाका सम्पर्क र उनीहरूले थालेका सकारात्मक अभ्यासहरूको विवरणले भरीएको हुन्छ । बैतडीका युवाकृषक राकेश बिष्ट हुन् वा जुम्लाका गोबिन्द नेपाली सार्की वा मधेशका अमर मण्डल वा चेपाङ समुदायका सरोज चेपाङ, सयौं युवा प्रतिभाको विवरण उनीसंग छ । यि नाम मध्येकोही पनि उनलाई खोज्दै आएको हैनन् । उनी आफै यस्ता प्रतिभा खोज्दै हिड्छन् अनि सरकारको तर्फबाट कसरी सहयोग गर्न सकिन्छ भनेर पहल गर्दछन् । उनीहरूका प्रतिभालाई रेडियो वा टेलिभिजन कार्यक्रमबाट बाहीर ल्याउन सहयोग गर्दछन् । आफै खोजेर राष्ट्रिय प्रतिभा पुरस्कारकालागि मनोनयन गर्दछन् । यस मध्येकै एकजना युवा हुन्, ओखलढुंगाका लोचन बस्नेत, जसले एक हजार अनारका बिरुवा रोपेर कृषि व्यवसाय सुरु गरे । उनीराष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुँदा थप प्रेरणा मिल्यो । त्यसपछि उनलाई अनारको बिरुवा माग गर्दै २० देखी २५ हजार फोन कल आए । माग अनुसार आपुर्ती गर्न नसकीने भएपछि ३५ हजार बिरुवा भारतबाट मगाए । जस मध्ये २५ हजार विरुवा बिक्रि गरे भने बाँकी १० हजार विरुवा फेरी आप्फ्नै खेत बारीमा रोपे । उनको प्रेरणले अहिले युवाहरू  यस पेशा प्रति आाकर्षित भएकाछन् । युवाहरू वैदेशिक रोजगारीमा खाडी मुलुक जानबाट रोकिएका छन् ।  


परिर्वनकालागि युवाः 

उनलाई विश्वास छ, जबसम्म युवालाई सकारात्मक कार्यका लागि परीचालन गर्न सकिदैन, परिवर्तन कागजमा मात्र सिमित हुन्छ । हाल उनकैकै पहलमा ७ ओटै प्रदेशका दुइ÷दुइ पालिका गरेर जम्मा ११८५ युवा क्लव गठन भएका छन् । जुन क्लवका सदस्यले युवा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, स्थानीय सरकारसंग आवश्यक सूचनाको माग गर्ने, स्थानीय स्तरका योजनामा आफै सहभागी हुने र प्राकृतिक प्रकोपको समयमा उद्धार गर्ने लगाएतका काम गर्ने गरिरहेका छन् । विनाशकारी भूकम्पपछी उद्दार, राहत, र अस्थायी बसोबास, अस्थायी कक्षाकोठा निर्माणका लागि भूकम्प प्रभावित क्षेत्रमा १०,६०० भन्दा बढि युवा स्वयंसेवक परिचालनगर्नमा पनि उनको ठुलो योगदान थियो । 

आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्ने क्रममा सेवाग्राही प्रति सम्मानजनक व्यवहार गर्नुका साथै आफुले गरेका हरेक कार्यहरूलाई पारदर्शी रुपमा संचालन गर्दै आउनुभएका महेन्द्र प्रसाद पौड्याल सधै आफ्नो कार्यस्थलमा सामुहिक नेतृत्व संस्कृतिको विकाससंगै सामाजिक तथा मानवीय सेवामा संलग्न भएर काम गरिरहेका एकजना सच्चा राष्ट्रसेवक हुन् । जवाफदेहीता, पारदर्शिता र शुसासन संगै सामाजिक अभियानमा अहोरात्र खटिने उहाँजस्तो थोरै व्यक्तिमात्र हुनेहो भने तमाम युवाहरूले खाडिमुलुकको टिकट काट्नुपर्ने छैन । 

“जब सम्महामीले युवाले गरेका राम्रा दृष्टान्तलाई बाहिर ल्याउन सक्दैनौ तव सम्म परिवर्तनको कल्पना समेत गर्न सकीदैन ।”


 राम बहादुर कुरुङबाङ


हालबर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङ्ग २०४५ सालदेखी सरकारी सेवामै छन् । २०४९ साल सम्म निजामति सेवामा रहेका कुरुङबाङ्ग त्यस पछि नेपाली सेनाको अधिकृतमा जागिरे भए । स्वास्थ्यले साथ नदिएपछि २०५२ सालमा नेपाली सेनाको जागीर छाडेका उनी २०५५ सालबाट फेरी निजामति सेवामा फर्किए । उनलाई जे गरे पनि देशको सेवा गर्नु थियो । उनले छुट्टाछुट्टै भुमिकामा रहेर काम गरे । छुट्टाछुट्टै भौगोलीक परीवेश र समुदायमा गएर काम गरे तर, कार्यालयमा बसेर मात्र प्रशासन कहिलेई चलाएनन् ।उनी सरकारी सेवाबाट टाढा रहेका नागरिकको घरदैलौमै सरकारी सेवा लिएर गए । जनताको पिर मर्का बुझेर सेवा प्रवाह गरे । त्यसैले होला उनी जहाँ जान्छन त्यहाँका बासिन्दाले वास्तविक सिंहदरबार गाउँ पुगेको महसुस गर्दछन् । 

जनताको घरदैलोमा सरकारी सेवाः

अहिले सरकारी सेवाको अवस्था हेर्ने हो भने सेवाग्राहीहरू  टाढाटाढाबाट केही घण्ट दिन वा हप्ता लगाएर सरकारी कार्यालयमा आफ्नो काम हुने अपेक्षा लिएर आउछन् । जब कार्यालयका कर्मचारीले तपाईको यो कागजात पुगेन, त्यो कागजात पुगेन भनेर फर्काईदिन्छन् । त्यतीखेर उ कुन मनस्थितिमा हुन्छ होला ? उसले आफ्नै सरकार प्रति कस्तो धारणा बनाउछ होला ? हामी सजिलै अनुमान गर्न सक्छौ । केही हद सम्म वास्तविकता यहि हो । 

राम बहादुर कुरुङबाङ्गलाई पनि यहि प्रश्नले जिस्क्याउथ्यो । त्यसपछि उनलाई लाग्योे सेवाग्राही कार्यालयमा आएपछिमात्र सेवा दिने हैन, सेवाग्राहीको घरदैलोमै गएर सेवा दिनु पर्छ । यसो ग¥यो भने एकातर्फ सरकारी सेवाको पहुँचभन्दा टाढा रहेका नगरिकले सरकारी सेवा पाउँछन् भने अर्कोतर्फ नागरिकले सरकार र सरकारी कर्मचारी प्रति सकारात्मक धारणा बनाउछन् । फलतः उनले २०६७ मा म्याग्दी जिल्लाबाट घुम्ती शिविरको माध्यमबाट जनताको घरदैलोमा सरकारी सेवा लिएरजाने पहिलो प्रमुख जिल्ला अधिकारीको परीचय बनाए । त्यसपछि गृह मन्त्रालयले पनि घुम्ती शिविरको अवधारणालाई लागु ग¥यो । हालसम्म उनले आफ्नै पहल अनि अगुवाईमा एकसयभन्दा बढि घुम्ती शिविरहरू  संचालन गरिसकेका छन् । जुन शिविरबाट हजारौं नागरिकले नागरिकताको माध्यमबाट आफ्नो पहिचान पाए । हजारौंले स्वास्थ्य सेवा पाए । 

निडर अनि जनताप्रति जवाफदेहीः

सेवाग्राहीको पक्षमा निर्णय गर्दा राजनितिक खिचातानीमा सरुवा भएर अन्तै गए तर निर्णयमा एक कदम पछि हटेनन् । उनलाई लाग्छ, कानुनभन्दा माथि मानवीय र सामाजिक मूल्य मान्यता हुन्छन् ।  तर, उनले काम गर्ने शिलशिलामा कानुनको बिधि नमानेर ऐलेसम्म संयन्त्रलाई हानि हुने कुनै पनि त्रुटीपुर्ण निर्णय गरेका छैनन् । २०६४ सालमा उनी म्याग्दीको प्रमुख जिल्ला अधिकारी थिए । त्यहाँ स्थीत दग्नाम गाउँका करिब ७०० व्यक्तिले थापा थरबाट गर्बुजा थरमा परिवर्तन हुन चाहिरहेका थिए । उनीहरू पहिला गर्बुजाथरका व्यक्ति थिए । ब्रिटिश सेनामा जागिर खान सजिलो हुन्छ भनेर थर परिवर्तन गरेका थिए । तर पछी उनिहरू आफ्नो पुरानै थर परिवर्तन गर्न चाहन्थे । प्रक्रियागत झन्झटले यो कामलाई रोकिरहेको थियो । उनीहरूले गृह मन्त्रालयसम्म धाएर थापा थरबाट गर्बुजा थर परिवर्तन गरिपाउँ भनेर निवेदन गरे । तर, यो त प्रमुख जिल्ला अधिकारीको अधिकार क्षेत्र भित्र पर्छ भनेर फर्काईदिए । त्यसपछि उनीहरू जिल्ला प्रशासन कार्यालय पुगे । प्रमुख जिल्ला अधिकारीको नाताले कुरूङबाङले त्यहाँको वास्तविकता बुझे । थर परिवर्तन गर्नु मनासिव देखेपछि ७०० जना थापाको थर गर्बुजामा नै परिवर्तन गरिदिए । भविस्यमा अप्ठेरो हुन्छ भनेर मालपोतको ढड्डामा पनि थापा थरबाट गर्बुजामा परिवर्तन गरिदिए । केही व्यक्तिले यसको बिरोध गरे । तर, जसले थर परिवर्तनको लागि निवेदन दिएका थिए उनीहरू आफ्नो पहिचान फिर्ता पाएकोमा अत्यन्त खुसि भए । यस घटना पश्चात दग्नामवासीको राज्यले प्रति हेर्ने दृष्टिकोण परिवर्तन भयो । स्थानीय स्तरमा राज्यको उपस्थिति महसुस गर्नपाए । 

उनी भन्छन्, सरकारी सेवामा म जनताको सेवा गर्न आएको हुँ । निश्वार्थ भावले काम गर्दा चुनौतीहरू  आउछन् तर डराएर कामै गरेन भने सरकारी सेवाबाट बिमुख सेवाग्राहीले कहिलेई पनि सेवा पाउदैनन् । उनी मातहतका कर्मचारीलाई पनि भन्ने गर्दछन्, हामी यहाँको माटो र जनताप्रति जवाफदेही हुनुपर्दछ । तपाईहरू असल नियतले जनताको सेवा गर्नुहोस, बाँकि जिम्मेवारी म लिन्छु । 

भ्रष्टाचार विरोधीः

उनी जुनजुन ठाउमा जिम्मेवारीमा खटिएर जान्छन् सब भन्दा पहिला पत्रकारलाई बोलाउछन् अनि भन्छन्, म आफु पनि भ्रष्टाचार गर्दैन र अरूलाई पनि भ्रष्टाचार गर्न दिदैन । त्यसको प्रमाणकालागि तपाईहरू को खोज पत्रकारीता मबाट नै सुरु गर्नुहोस । बर्दियामा आईसकेपछि पनि उनले यसलाई निरन्तरता दिए । सिमानामा हुने चोरी पैठारी न्युन भयो । बजार अनुगमन तिव्र भयो ।जनतालाई सूचित गरियो । उनीहरू  अहिले सामान किन्नुपुर्व मुल्यसुचि र म्याद हेर्नथालेकाछन् । स्थानीय पत्रकार सितल थापा भन्छन्, “मैले यहि क्षेत्रमा पत्रकारीता गर्न थालेको १९ वर्ष भयो तर मेरो श्रीमतिले लगाउने सुनमा मिसावट छ भन्ने भर्खर थाहा पाउदै छु । मैले चढ्ने मोटरसाईकलमा ८५० मिलिलिटर पेट्रोल हालेर एक लिटरको पैसा तिर्दैछु भन्ने पनि भर्खर थाहा पाउदै छु । प्रमुख जिल्ला अधिकारीले कदम नचालेको भए मजस्तै थुप्रै उपभोत्ता ठगिईनै रहने थिए ।”

जनप्रिय प्रशासकः

उनी जहाँ जान्छन् त्यहाँका बासीदाको मनमा बस्छन् । कम्तीमा पनि महिनाको दुई पटक बस्ती बस्तीमा गएर स्थानीयका पिर मर्का बुझ्दछन् । पहिला प्रहरी प्रशासनलाई संगै लिएर वस्तीमा जाने उनी आजभोली एक्लै जानथालेकाछन् । यसो गर्दा स्थानीयले आफ्ना समस्या खुलेर राख्ने पाएकाछन् ।  कुरुङबाङ्ग स्थानीयका मस्यालाई राम्रोसंग सुन्छन् । कार्यालयमा हुँदा पनि मातहतका कर्मचारीलाई सके सम्म सेवाग्राहीलाई खुसी बनाएर पठाउन निर्देशन दिईरहेका हुन्छन् । बाढि, हुरी आउदा आफै राहत लिएर पीडितलाई मलम लाउन पुग्छन् । त्यसैले होला उनी जुन् ठाउबाट सरुवा हुन्छन् उनको बिदाई कार्यक्रम नै तिन चार दिन सम्म लम्बिन्छ । कारण सबै स्थानीय फुलमाला लिएर बिदाईकालागि उस्थीत हुने अपेक्षा राख्दछन् । उनको स्थानीय जनप्रतिनिधिसंगको समन्वयकारी सम्बन्ध पनि उतिकै राम्रो छ । सबै दल विशेषलाई एकै ठाउमा राखेर योजना बनाउछन् । सबैको सहभागितामा योजना कार्यान्वयन गर्छन् । नतिजा सामुन्ने हुन्छ । त्यसैले सबैले सहयोग गरेका छन् । 

उनी बर्दियामा प्रमुख जिल्ला अधिकारीको रुपमा कामगर्नथालेको ४ महिना भयो । १५ दिन त्यहाँको व

Views: 63