24th July | 2019 | Wednesday | 2:34:55 PM

व्यापार घाटाको प्रमुख कारण निर्यात अवरोध : विश्व बैंक

हिमालय टाइम्स   POSTED ON : मंसिर २९, २०७५ (१०:०० AM)

व्यापार घाटाको प्रमुख कारण निर्यात अवरोध : विश्व बैंक

काठमाडौं । विश्व बैंकले व्यापार अवरोधका कारण नेपालको निर्यात व्यापार बढ्न नसकेको भन्दै व्यापार अवरोधमा सुधार भएमा तत्कालै चार गुणासम्मले निर्यात बढ्नसक्ने निष्कर्ष निकालेको छ । वार्षिकरूपमा दुई अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात व्यापार गर्ने क्षमता भएको नेपालले मुस्किलले आधा अर्ब अमेरिकी डलरकोमात्रै व्यापार गर्न सकेको विश्व बैंकले उल्लेख गरेको छ । भन्सार शुल्क र अन्य वास्तविक तथा गैरभन्सार अवरोध, कनेक्टिभिटी लागत र बोर्डर ट्रष्ट डिफिसिटलाई व्यापार अवरोधको मुख्य कारक रहेको विश्व बैंकको ठहर छ । यसको कारण सुरक्षा चुनौती रहेको र एक तिहाईभन्दा बढी व्यापार संवेदनशील सूचीमा रहेको बताइएको छ ।

 विश्व बैंक र साउथ एसिया वाच अन टे«ड, इकोनोमिज् एण्ड इन्भायरोमेन्ट (सावती) को सहकार्यमा तयार पारिएको ग्लास हाफ फूल अर्थात् आधा भरिएको ग्लासनामक प्रतिवदेन सार्वजनिक गर्दै उक्त जानकारी दिइएको हो । दक्षिण एसियाका पाँच मुलुक नेपाल, अफगानिस्तान, भारत, श्रीलंका, पाकिस्तानमा तयार गरिएको रिपोर्ट शुक्रबार काठमाडौंमा सार्वजनिक प्रतिवदेनमा दक्षिण एसियाको अन्तरक्षेत्रीय व्यापार हिस्सा विश्वकै सबैभन्दा कम अर्थात् पाँच प्रतिशत उल्लेख छ । एसिया प्यासिफिक क्षेत्रमा भने यस्तो हिस्सा ५० प्रतिशत छ । नेपाललगायत दक्षिण एसियाली क्षेत्रमा हुने अन्तरक्षेत्रीय व्यापारभन्दा बाहृय क्षेत्रीय व्यापार सहज रहेको समेत प्रतिवेदनमा उल्लेख छ । 

दक्षिण एसियामा क्षेत्रीय सहकार्यको मुख्य अवरोधक कनेक्टिभिटी रहेको र जमिन तथा हवाईमार्गबाट हुने कनेक्टिभिटी अवरोधका कारण दक्षिण एसियाले व्यापारबाट राम्रो फाइदा लिन नसकिरहेको बताइएको छ । जसका कारण नेपालमा आयात गरिने सामग्री महँगो पर्न गएको बताइएको छ । तथाीप कनेक्टिभिटी विस्तारका क्रममा नेपालले राम्रो प्रगति गर्दै गएको विश्व बैंकका अर्थशास्त्री सञ्जय कथुरियाले बताए । नेपालमा व्यापार–लगानीको अथाह सम्भावना भए पनि व्यापार र लगानी एकदमै न्यून रहेको उनको भनाइ थियो ।

नेपालले भारत र श्रीलंकाबीचको हवाई सेवा उदारीकरणबाट पाठ सिक्नसक्ने उनले बताए । भारतका विभिन्न १४ शहरमा श्रीलंकाबाट सातामा एक सय ४७ उडान भइरहेको प्रतिवेदनमा उल्लेख छ । 

अर्थमन्त्री युवराज खतिवडाले दक्षिण एसियाको कुल ग्रर्हस्थ उत्पादनको ८० प्रतिशत हिस्सा एउटै देशले धान्ने गरेको भन्दै दक्षिण एसियाको अवस्था अन्य क्षेत्रभन्दा विशिष्ठ भएकोले त्यसैअनुसार व्यवहार गरिनुपर्ने बताए । नेपाललगायतका मुलुकले सिपको बिक्री गरेर निर्यात प्रबद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । कुनै पनि मुलुकले आप्mनो मुलुकको उत्पादनलाई धेरथोर संरक्षण गर्ने गरेको भन्दै उनले नेपालले पनि स्थानीय उत्पादनको संरक्षण गर्ने नीति लिएको बताए तर वैदेशिक व्यापारमा नेपालको नीति वाधक भने नरहेको पनि उनले स्पष्ट पारे । तुलनात्मक लाभका क्षेत्रमा लगानी बढाएर आर्थिक समृद्धिको मार्गमा नेपालउन्मुख हुनसक्ने भन्दै उनले पर्यटनलगायत तुलनात्मक लाभका क्षेत्रमा लगानी गरेर व्यापार विस्तारका साथै रोजगारीसमेत सिर्जना गर्न सकिने बताए । प्रतिस्पर्धात्मक बजारमा परम्परागत उत्पादनले धान्न नसक्ने भन्दै उनले कृषि क्षेत्रको प्रभावमा रहेको दक्षिण एसियाको अर्थतन्त्रलाई नवीनतम् उत्पादन र सेवाबाट सशक्त बनाउनुपनेमा जोड दिए । दुई अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात व्यापार गर्ने क्षमता भएको नेपालले मुस्किलले आधा अर्ब अमेरिकी डलरको वार्षिक व्यापार गर्दै आएको एक प्रतिवेदनले देखाएको छ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, साउतीका अध्यक्ष डा. पोषराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालगायतको उपस्थिति थियो ।


Views: 116