23rd August | 2019 | Friday | 3:22:33 PM

अतिरिक्त दश प्रतिशत सेवा शुल्कले उपभोक्ता मारमा

हिमालय टाइम्स   POSTED ON : माघ २२, २०७५ (६:२० PM)

अतिरिक्त दश प्रतिशत सेवा शुल्कले उपभोक्ता मारमा

काठमाडौं । सेवा शुल्कका नाममा उपभोक्तालाई लगाइँदै आएको दश प्रतिशत शुल्कले उपभोक्ता मारमा परेका छन् ।

मंगलबार राजधानीको विजुली बजारमा अवस्थित संचार केन्द्र नेपालद्धारा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उपभोक्ता, अधिकारकर्मी लगायत सरोकारवाला विज्ञले सो कुरा बताएका हुन् । 

कार्यक्रममा विगत केही बर्षदेखि रेष्टुरेन्ट तथा बारहरुले लगाउँदै आएको सेवा शुल्क हटेको जनाइएको थियो । १३ डिसेम्बर २००६ मा टे«ड युनियन र होटल संघ नेपाल बिचको सम्झौता पछि उपभोक्ताबाट १० प्रतिशत सेवा शुल्क उठाउन सुरु भएको थियो । 

उपभोक्ताको हितलाई मध्यनजर गर्दे २०७५ माघ १४ गते सोमबारदेखि रेष्टुरेन्ट तथा बार एसोसियसन नेपाल (रेवान) ले उपभोक्ताले तिर्ने १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेको थियो । काठमाडौं, पोखरा र सौराहाको भेलाबाट उपभोक्तले सेवा शुल्कको हटाईने भनिएको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ भन्ने विज्ञहरु धारणा रहेको छ । 

साक्षात्कारमा बोल्दै पूर्व महालेखा परीक्षक सुुकुदेव भट्टराईले भने, ‘बस्तुको मुल्य तोकिएको भन्दा दोब्वर तिनुपर्ने पिडालाई हटाइएको छ ।’ आगामी दिनमा होटल तथा बारले १० प्रतिशत शुल्क लिएमा उपभोगकर्ताले प्रतिक्रिया दिनसक्ने तथा आवाज उठाउन सक्ने वातावरण सिर्जना गरिदिएको उनले बताए ।

उनले भने, उपभोग कर्ता ठगिमा परेका थिए । होटेलले सेवा शुल्को नाममा लिएको रकम व्यवासायीहरुको फाईदाको लागि मात्र थियो । मजदुरको नामगरी व्यवसायीले उपभोक्तालाई लुटिरहेको थिए । 

त्यसैगरी, उपभोक्तावादी नेता ज्योति बानियाँले आगामी दिनमा सेवा शुल्क भन्दै रकम लिने होटल तथा बारमा नजानको लागि आग्रह समेत गरे । रेवानले गरेको निणर्य सही रहेको बताउँदै उनले उनीहरुले खारेज गरेको सेवा शुल्क सबै होटलहरुमा कार्यान्वयन हुनुपर्ने धारणा राखे ।

सेवा शुल्कको नाममा दैनिक करोडौं रुपैंया होटलहरुले लुटिरहेका थिए । अवका दिनमा उपभोक्तालाई मारमा पर्ने काम व्यवसायीहरुले गर्ने आट नगरे हुने उनले भनाइ थियो । 

उपभोक्ताबादी नेता प्रेम लाल महर्जनले १० वर्ष पहिला सेवा शुल्क भन्ने कुरा नभएको बताउँदै भने, – सेवा शुल्कको नाममा कुनै पनि देशमा रकम लिने चलन छैन । व्यवसायीले टेवुलमा हतियार राखेर सम्झौता गरेका थिए होलान् । उपभोक्तको हक ऐन २०७५ अनुसार उपभोक्तालाई सुरक्षित गर्नु हाम्रो जिम्मा हो ।’ उनले भने ।

  महर्जनले होटलमा लिने सेवा शुल्कको रकमहरुलाई प्रतिकार गर्नुपर्ने बताएका थिए ।

छिमेकी मुलुकमा पनि यस्ता नियम हटिसकेको छ । आम जनतालाई लुट्ने काम अव रोक्नुपर्छ भन्दै कन्जुमर आई नेपालका अध्यक्ष बिमला खनालले आफ्नो धारणा राखेकी थिइन् । 


Views: 173