18th February | 2019 | Monday | 4:59:34 PM

औद्योगिक सम्वन्ध एसियामै उदाहरणीय : श्रम सचिव दाहाल

हिमालय टाइम्स   POSTED ON : Wednesday, 06 February, 2019 (8:27:58 PM)

औद्योगिक सम्वन्ध एसियामै उदाहरणीय : श्रम सचिव दाहाल

 काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश प्रसाद दाहालले नेपालको औद्योगिक सम्वन्ध एसियामै उदाहरणीय रहेको बताएका छन् । 

जापान अन्र्तराष्ट्रिय श्रम संगठनको सहयोगमा नेपाल टे«ड युनियन कांग्रेसले राजधानीमा आयोजना गरेको औधोगिक सम्वन्ध र श्रम नीति विषयक गोष्ठीको उदघाट्न गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन् । 

औद्योगिक सम्वन्ध राम्रो भएमात्र औद्योगिकशान्तिहुने, उत्पादकत्व वृद्धि हुने, श्रम विवादहरु कमहुने हुनाले सरकारको केन्द्रिय श्रम सल्लाहकार समिति, न्यूनतम पारिश्रमिक वोर्ड, सामाजिक सुरक्षाकोष लगाएतका संरचनाहरुमा टे«ड युनियनहरु र रोजगारदाताको त्रिपक्षिय प्रतिनिधित्व गरेको बताए । यसले श्रम विवादहरु मिलाउन सजिलो भएको र केही विवाद देखा परेपनि तुरुन्तै संवाद र छलफल गर्न टे«ड युनियनहरुको संयुक्त संरचना संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जे.टि.यु.सि.सि) लेगर्दा झनै सजिलो भैरहेको बताए । होटल क्षेत्रमा कार्यरत श्रमिक रेवन विचको १० प्रतिशत सेवा शुुल्क वारेको विवाद समाधान गर्न पनि सरकारले छलफल सुरु गरेको उल्लेख गर्दे श्रम विवादलाई समाधानगरी औद्योगिक सम्वन्धलाई उत्कृष्ट बनाउन श्रम ऐन, सामाजिक सुरक्षा ऐन जारी भई साउन सम्ममा योजना लागु हुने र छिटै सातै प्रदेशमा श्रम कार्यालय खोल्ने समेत जानकारी दिए । 

टे«ड युनियनकांग्रेसका अध्यक्ष पुष्कर आचार्यले विदेशवाट पठाएको रेमिट्यान्स्ले देश संचालन गर्ने तिर भन्दा युवालाई स्वदेशमै रोजगारी दिनुपर्ने उल्लेख गरे । जापानी राजदुतावासका उपप्रमुख योसिकाले नेपालका धेरै श्रमिकहरु अनौपचारिक क्षेत्रमा कार्यरत रहेको र यस क्षेत्रमा श्रम ऐनले त्यति नसमेटेको वताउँदै श्रमिकको जीवन स्तर माथि उठे मात्र संमृद्ध नेपाल हुने बताए । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भरतराज आचार्यले औद्योगिक सम्वन्ध असल भएमात्र उत्पादकत्व वृद्धि हुने बताए । यसैगरी जिफन्टका उपाध्यक्ष विदुर कार्कीले नेपालको औद्योगिक सम्वन्ध त्यति नराम्रो नरहेको उल्लेख गर्दे सम्झौता र कानुन कार्यान्वयनभएमा श्रम सम्वन्ध असल हुने बताए । 

टे«ड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुंवरले अहिलेको मुख्य समस्या वेरोजगारी भएकोले रोजगारीको सृजना प्रमुख मुद्धा हुनु पर्ने, उत्पादकत्व वृद्धि गर्न र सुमधुर औद्योगिक सम्वन्धका लागी सवै पक्ष उतिकै जिम्मेवार हुनुपर्ने बताए । ठुला टे«ड युनियनहरु,रोजगारदाता र सरकार पक्ष सहभागिता रहेको गोष्ठी दुई दिन सम्म चल्ने केन्दीय सदस्य एंव प्रचार प्रसार विभाग प्रमुख बलदेव तामांङले जानकारी दिए । 


Views: 174