22nd July | 2019 | Monday | 6:34:08 PM

११ करोडमा बस टर्मिनलमा सपिङ कम्प्लेक्स

चन्द्रकान्त खनाल   POSTED ON : फाल्गुन ७, २०७५ (७:३३ AM)

११ करोडमा बस टर्मिनलमा सपिङ कम्प्लेक्स

रूपन्देही । बुटवल उपमहानगरपालिकामा पार्किङसहितको अत्याधुनिक सपिङ कम्प्लेक्स निर्माण हुने भएको छ । हालको लुम्बिनी बस टर्मिनल परिसरमा पार्किङसहितको तीनतले सपिङ कम्प्लेक्स निर्माण हुने भएको हो । सपिङ कम्प्लेक्सका लागि सोमबार बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र कोषका कार्यकारी निर्देशक मनिराम सिंह महतले काठमाडौंस्थित कोषको कार्यालयमा सम्झौतापत्रमा हस्तार गरेका हुन् ।

सपिङ कम्प्लेक्स बुटवललाई आर्थिक कारोबारको केन्द्र बनाउन महŒवपूर्ण भूमिका खेल्ने र बुटवलका लागि दिगो आयस्रोतको आधार बन्न सक्ने प्रमुख सुवेदीले बताए । १० करोड ८४ लाखको लागतमा निर्माण हुने भवनको काम वैशाखबाट सुरु हुने प्रमुख सुवेदीले जानकारी दिए । बुटवलको सम्भावनालाई साकार पार्ने गरी सहकार्य गर्ने सम्झौता भएको उल्लेख गर्दै कोषका कार्यकारी निर्देशक महतले सम्झौताअनुरूप प्रभावकारीरूपमा सम्पन्न गरिने मेयर सुवेदीले बताए । लागतको ९० प्रतिशत अर्थात् नौ करोड ७५ लाख बराबरको बजेट ऋणस्वरूप कोषले लगानी गर्नेछ भने बाँकी १० प्रतिशत अर्थात् एक करोड आठ लाख ४५ हजार भने बुटवल उपमहानगरपालिका आफंैले जोहो गर्नेछ । 

कोषले ८ प्रतिशत ब्याजदरमा २० वर्षका लागि ऋण उपलब्ध गराएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले बताए । बुटवलमा पार्किङ अभाव बढ्दै गइरहेका बेला उपमहानगरले पार्किङसहितको अत्याधुनिक सपिङ कम्प्लेक्स निर्माण गर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । बुटवल उपमहानगरपालिकाले अगाडि सारेका आवधिक र दीर्घकालीन महŒवका योजनामध्येकै एउटा योजना अत्याधुनिक पार्किङ भवन अर्थात सपिङ कम्प्लेक्स रहेको उल्लेख गर्दै प्रवक्ता रेग्मीले निजी र सहकारी क्षेत्रसँगको सहकार्यमा अन्य योजनालाई पनि प्रभावकारीरूपमा अगाडि बढाइने बताए । तीनतले भवनमा पार्किङबाहेक विभिन्न साइजका ६८ वटा व्यावसायिक सटर निर्माण हुने र ती सबै अत्याधुनिक मापदण्डका रहने बुटवलका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए । उनका अनुसार भुईंतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७÷२७ वटा सटर बन्नेछन् । पूर्वाधार निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाइने बताउँदै योजना प्रमुख श्रेष्ठले अहिले बहुवर्षीय योजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । 


Views: 94