27th May | 2019 | Monday | 5:09:05 AM

बजाज मोटरसाइकलको अथोराईज सर्भिस पोइन्ट उद्घाटन

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २७, २०७५ (१:१८ PM)

बजाज मोटरसाइकलको अथोराईज सर्भिस पोइन्ट उद्घाटन

 काठमाडौं । बजाज मोटर साईकलको अथोराईज सर्भिस पोइन्ट उद्घाटन भएको छ ।

आइतबार गोकर्णेश्वर न.पा. वडा नं. ८ वेशी गाउँ स्थित इजी वर्कसपको हंसराज हुलास बन्द एण्ड कम्पनि प्रा. लि.का सञ्चालक शेखर गोल्छाले उद्घाटन गरेका हुन् ।

एकै पटक ५ वटा मो.सा. मर्मत गर्न सकिने अत्याधुनिक उपकरण जडान गरिएको उक्त वर्कसवमा दक्ष तथा अनुभवि प्राविधिकद्धारा छिटो छरितो र भरपर्दो सेवा दिने कम्पनीका प्रमुख भुवन राज लामिछानेले बताए ।

उनले भने, ‘बजाजको मोटरसाइकल प्रयोग कर्ताको समय तथा सेवालाई ध्यानमा राख्दै यो वर्कसव संचालनमा आउनेछ, जसले उपभोक्ताको विश्वास लिएर सर्भिस दिने मुख्य लक्ष्य लिएको छ ।’

मर्मत, वासिङ, सर्भिसिङको सेवा रहेको उक्त सर्भिस पोइन्टबाट सुलभ मुल्यमा स्पेयर्स पार्ट र मोबील बिक्रि समेत हुने बताइएको छ ।


Views: 99