27th May | 2019 | Monday | 4:42:54 AM

अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्ने मागसहित शेयर लगानीकर्ता आन्दोलनमा

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २९, २०७५ (६:०१ AM)

अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्ने मागसहित शेयर लगानीकर्ता आन्दोलनमा

काठमाडौं । शेयर लगानीकर्ता दबाब समूहले आगामी चैत ९ गतेदेखि आन्दोलन सुरु गर्ने भएको छ । अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्ने मागसहित आठ दिने आन्दोलनको घोषणा गरेको हो । समूहले शेयर बजार सुधार र विस्तारका साथै लगानीकर्ताको लगानी सुरक्षाका लागि दिएको दबाबलाई सरकार तथा नियमनकारी निकायले वेवास्ता गरेको भन्दै आन्दोलन घोषणा गरिएको जनाएको छ । 

सरकारद्वारा गठित अध्ययन समतिले दिएको ५८ बुँदे सुझावमध्ये अधिकांश बुँदा नियमनकारी निकायले वेवास्ता गरेकाले सम्पत्तिको सुरक्षाका लागि आन्दोलनमा उत्रिनुपरेको समूहका महासचिव नयन बास्तोलाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सरकारको निर्णयअनुसार वैशाख १ गतेदेखि बजारमा प्यान अनिवार्य नभई स्वेच्छिक हुनुपर्ने र शेयर बजारमा खरिद बिक्री गर्दा लिने क्यापिटल गेन ट्याक्स अन्तिम भएको प्रस्टयाउनुपर्ने पनि समूहको माग छ । धितोपत्र बोर्डका अध्यक्ष रेवत कार्कीले लगानीकर्ताको मागलाई चासो नदिएकाले आन्दोलनमा उत्रिनुपरेको शेयर लगानीकर्ताको जिकिर छ ।


Views: 71