26th March | 2019 | Tuesday | 1:32:22 AM

नेपाल नेशनल हस्पिटल र एभरेष्ट बैंकबीच सम्झौता

हिमालय टाइम्स   POSTED ON : चैत्र १, २०७५ (२:१० AM)

नेपाल नेशनल हस्पिटल र एभरेष्ट बैंकबीच सम्झौता

 काठमाडौँ । नेपाल नेशनल हस्पिटल र एभरेष्ट बैंकबीच कार्यगत सम्झौता भएको छ ।

जसअन्तर्गत आगामी दिनहरुमा एभरेष्ट बैंकबीच डेबिट कार्ड तथा क्रेडिट कार्ड उपयोगताहरुले नेपाल नेशनल हस्पिटलद्वारा प्रधान गरिने विभिन्न स्वास्थ्य सुविधाहरुमा विशेष छुट प्राप्त गर्नसक्ने छन् ।

ग्राहकवर्गहरुको सहजतालाई लक्ष्यित गर्दै गरिएको उक्त सम्झौता पत्रमा नेपाल नेशनलहस्पिटलका बजार ब्यबस्थापन प्रबन्धक श्रुति राणा र एभरेष्ट बैंकका बजार ब्यबस्थापनप्रबन्धक पुष्प उप्रेती बीच हस्ताक्षर भएको हो ।

उक्त संस्थाहरु बीच सोमबार भएको सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले नेपाल नेशनल हस्पिटलद्वारा दिईने उपचार तथा अन्य स्वास्थ्य सेवाहरुमा १० देखि १५ प्रतिशतसम्मको छुट प्राप्त गर्नसक्ने छन् ।

सर्वसाधारण जनताको दैनिक जीवनलाई अझै सहज बनाउन आगामी दिनहरुमा अन्य संघ संस्थाहरुसंग यस्ता लाभदायक गठबन्धन गर्ने अस्पताल पक्षको दावी छ ।


Views: 30