24th July | 2019 | Wednesday | 8:47:08 AM

नयाँ बर्षको सुरुवातसँगै सरकारको नयाँ अभियान

हिमालय टाइम्स   POSTED ON : बैशाख १, २०७६ (१०:१५ AM)

नयाँ बर्षको सुरुवातसँगै सरकारको नयाँ अभियान

काठमाडौं ।  सरकारले नयाँ वर्ष २०७६ को पहिलो दिनबाट देशैभर ‘खोलौं बैंक खाता’ अभियान सुरुवात गरेको छ । ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान सुरु गरिएको हो । सरकारले आइतबारदेखि सबै नेपालीको बैंक खाता खोलाउने राष्ट्रिय अभियान शुरु गरेको हो ।

आइतबार राष्ट्रिय सभागृहमा एक विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खोलौं बैंक खाता’ राष्ट्रिय अभियानको शुभारम्भ गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहन प्रसाद ओली र सासू  धनमाया शाक्यले ‘खोलौं बैंक खाता’ अभियानमा सहभागी भए । जसअन्र्तगत बुवा मोहनप्रसाद ओली र सासु धनमाया शाक्य दुवैले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराअन्तर्गत सरकारले वित्तीय पहुँच, वित्तीय समावेशिता र वित्तीय साक्षरक्षा अविभृद्धि गर्न सबै नेपालीको बैंक खाता खोलाउने अभियान शुरु गरेको हो ।

सरकारले यो अभियानअन्तर्गत बैंक खाता खोल्ने नागरिकको खातामा १०० रुपैयाँ जम्मा गर्न पनि सबै वाणिज्य बैंकहरुलाई निर्देशन जारी गरिसकेको छ ।

जसअनुसार अब वाणिज्य बैंकमा खाता खोल्दा बैंक आफैंले १०० रुपैयाँ जम्मा गरिदिने छ । बैंक खाता खोल्दा कुनै शुल्क लाग्ने छैन ।


Views: 125