24th July | 2019 | Wednesday | 7:57:43 AM

पाँच लाख बढीको कारोवारमा प्यान अनिवार्य

  POSTED ON : बैशाख २, २०७६ (२:५० PM)

पाँच लाख बढीको कारोवारमा प्यान अनिवार्य

काठमाडौं । पाँच लाखभन्दा माथिको शेयर कारोवारमा आजदेखि स्थायी लेखा नम्बर (प्यान) लागू भएको छ । नेपाल धितोपत्र बोर्डको आग्रहमा नेपाल स्टक एक्सचेञ्जले आजदेखि धितोपत्रको कारोवारमा प्यान लागू गरेको हो । पाँच लाखभन्दा कम कारोवार गर्नेलाई भने प्यान लागू हुने छैन । 

धितोपत्रको दोस्रो बजारमार्फत कारोवार गर्नका लागि बोर्डले गत कात्तिक १२ गते आवश्यक निर्णय गरी कार्यान्वयनका लागि स्टकलाई निर्देशन दिएको थियो । सोही आधारमा लगानीकर्ताको सहजीकरणका लागि स्टकले स्थायी लेखा नम्बर दर्ता सहजीकरण डेस्कसमेत खडा गरेको थियो । 

पछिल्लो पटक चैत १२ गते लगानीकर्ताको माग र सरोकार भएका निकायको ध्यानाकर्षणपछि रु पाँच लाखभन्दा कम कारोवार गर्नेलाई भने ऐच्छिक रुपमा मात्रै प्यान लागू हुने व्यवस्था गरिएको छ । शेयर बजारलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ प्यान लागू गरिएको स्टकले जनाएको छ । 


Views: 112