25th May | 2019 | Saturday | 2:32:48 AM

कर असुलीमा कडाइ : ८२ कम्पनीलाई कर तिर्न ताकेता

हिमालय टाइम्स   POSTED ON : बैशाख ११, २०७६ (६:५० AM)

कर असुलीमा कडाइ : ८२ कम्पनीलाई कर तिर्न ताकेता

काठमाडौं । सरकारले कर निर्त अटेरी गर्ने विभिन्न व्यावसायिक कम्पनीविरुद्ध कारबाही अघि बढाएको छ । पछिल्लोपटक कर तिर्न अटेरी गर्ने ८२ व्यावसायिक कम्पनीलाई कर तिर्न ताकेका गरेको छ । 

आन्तरिक राजस्व कार्यालयले मंगलबार एक सूचनामार्फत कर तिर्न अटेर गर्ने व्यवसायी कम्पनीको सूची प्रकाशित गरेको छ । कर नतिर्नेमा विभिन्न होटलहरूमा क्यासिनो सञ्चालन गर्ने नेपाल रिक्रियसन सेन्टरका रिचर्ड डोयल टटलसमेत रहेका छन् । उनले मूल्य अभिवृद्धि कर र आय करसमेत तिरेका छैनन् । क्यासिनो सञ्चालन गर्ने र कर तिर्न अटेर गर्नेलाई कानुनको दायरामा ल्याउन राजस्व कार्यालयले आगामी १५ दिनभित्र कर बक्यौता फछ्र्यौट गर्न भनेको छ । 

सो अवधिभित्र कर तिर्न नआए कानुनअनुसार कारबाही हुने, बाँकी बक्यौताअनुसार असुल उपर गरिने र त्यसो पनि नभए चल अलच सम्पत्ति लिलाम गरेर भए पनि असुल गरिने सूचनामा उल्लेख छ ।

 यसरी कर नतिर्नेमा वेलकम इन्टरनेशन ग्रुप प्रालि सीतापाइला, अम्बिका टे«ड लिंक प्रालि वाफल, कविता इन्टरनेशनल कलंकी, न्यू विकेक टे«डर्स सोल्टीमोड, पवनपुत्र इण्डष्ट्रिज प्रालि ताहाचल, श्री कन्सर्न कुलेश्वर छन् । त्यस्तै साइ मार्केटिङ कुलेश्वर, महान टे«डर्स प्रालि, अरिहन्त टे«ड सप्लायर्स, परम आस्था टे«डिङ कम्पनी प्रालि, एभरेष्ट ज्योति ग्यास प्रालि चोभार, न्यू पिसकला कन्सर्न कुलेश्वर, गोविन वावा स्टोर कालिमाटी, मल्टि सर्भिस लिंक नेपाल प्रालि कलंकी, म्युचुलअल उपभोक्ता सहकारी संस्था कालिमाटी, मेटास डिष्टिव्युटर्स कालिमाटी, काष्ठमण्डप टायर हाउस प्रालिका कलंकी, अमर एण्ड महालक्ष्मी कन्टक्सन जेभी कालिमाटी, म्युचुअल सपिङ सेन्टर सोल्टीमोड, नगदेश इन्टरप्राइजेज वल्खु, संदीप एण्ड आर्यान टे«डर्स सोल्टीमोड, सफल सप्लायर्स कुलेश्वर, राजधानी किचन वयर इन्टरप्राइजेज कुलेश्वर पनि रहेका छन् ।

त्यस्तै लाइगर कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि कुलेश्वर, सिटको लिमिटेड कुलेश्वर, कृति इन्टरनेशनल कम्पनी, आरसी टे«डर्स, महाँकाल इन्टरप्राइजेज प्रालि, बिरुवा–सुन्दरी जेभी, भगवती बालुवाखानी प्रालि दक्षिणकाली, टौहद कन्ट्रक्सन अजम्बर निर्माण सेवा जेभी दक्षिणकाली, विटी टौदह जेभी दक्षिणकाली, समृद्धि निर्माण सेवा प्रालि कामनपा १३, आर्शभिन इन्जिनियरिङ एसोसिएटस् प्रालि कामनपा १४, संकटा टे«ड लिंक प्रालि कामनपा १४, एटलस इन्टरप्राइजेज प्रालि कामनपा १३, साक्स इन्टरनेशनल नेपाल प्रालिका कामनपा १३, सिभिल टे««डिङ कम्पनी प्रालिका कामनापा १४, जय वजरंग कन्टक्सन वाफल, पायोनियर अटो डेकोर प्यालेस कुलेश्वर, नेपाल बैंकटेश्वरा होटल्स प्रालि ताहाचल, रोज अटो इन्टर प्राइजेज प्रालि कुलेश्वर छन् । 

त्यसैगरी इष्ट मेनेजमेन्ट एण्ड इन्जिनियरिङ सर्भिस प्रालि तथा जेभी थ्रिडी कन्सल्टेन्स प्रालि कालिमाटी, हेल्थ वायोलोजिक्स नेपाल प्रालि ताहाचल, एसोसिएटस टे«डिङ सन्टर प्रालि कुलेश्वर, श्री अरुण सप्लायर्स कलंकी, नेपाल पोली प्लाष्टिक इन्डष्ट्रिज प्रालि कालिमाटी, एसके टे«डर्स कुलेश्वर, जयसवाल जनरल स्टोर कलंकी, ग्लोवल जिओ ल्याब प्रालि कालिमाटी, मन्दरी हार्डवेयर प्रालि वल्खु, वल्र्ड टप इन्टरनेशनल टे«निङ इन्स्टिच्युसन प्रालि कालिमाटी छन् । 

त्यस्तै कालिदेवी कन्टक्सन प्रालि कीतिपुर, शर्मा अटोमोवाइल्स कुलेश्वर, चम्पक निर्माण सेवा जेभी कीर्तिपुर कस्मो टे«ड लिंक प्रालिक कुलेश्वर, पचली सप्लायर्स ताहाचल, श्रवण निर्माण सेवा कीर्तिपुर, शिवशक्ति हार्डवेयर प्रालि कुलेश्वर, रियल टे«डिङ कन्सर्न कुुलेश्वर सुजाता टायर टे«डिङ प्रालि कुलेश्वरलगायत छन् । आन्तरिक राजस्व कार्यालय यस्तो कर दाखिलाका लागि १५ दिने सूचना जारी गरेको हो ।

कर नतिर्नेमा सिएमसी पनि पनि

ठूला करदाता कार्यालयले मेलम्ची खानेपानी आयोजना अलपत्र पार्ने इटालीको ठेकेदार कम्पनी सिएमसीलाई पनि १५ दिने सूचना जारी गरेको छ । कार्यालयले ठेकेदार कम्पनीलाई पटकपटक कर तिर्न ताकेता गरे पनि अटेरी गरेकोले सार्वजनिक सूचना जारी गरेको हो । 

आर्थिक वर्ष २०७१÷०७२ का लागि ठूला करदाता कार्यालयले निर्धारण गरेको कर तथा आयकर ऐन, २०५८ को दफा ९० को ८ बमोजिम करका लागि ताकेता गरिएको सूचनामा उल्लेख छ । सिएमसीको स्थायी लेखा नम्बर ६०१०९८९४१ रहेको छ र कार्यालय भने गुरु न्यौपानेको स्वामित्वको कञ्चनजंगा हाउजिङ अर्थात् टे«ड टावर थापाथलीमा छ । 

कर निर्धारण भएको आदेश हुलाकबाट रजिष्ट्री गरी कार्यालयको ठेगानामा पठाइएको छ । कार्यालयले १५ दिनभित्र एभरेष्ट बैंक हरिहरभवनमा रहेको कार्यालयको बैंक खाताका कर रकम जम्मा गर्नसमेत आग्रह गरेको छ । सिएमसीले मेलम्चीका साथै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोले निर्माण गर्न लागेको तनहुँ सेतीसमेत अलपत्र पारेको थियो ।


Views: 146