27th June | 2019 | Thursday | 3:54:44 PM

५१ संस्थाले मात्रै कामदारको परीक्षण गर्न पाउने

हिमालय टाइम्स   POSTED ON : जेठ २८, २०७६ (७:०७ AM)

५१ संस्थाले मात्रै कामदारको परीक्षण गर्न पाउने

काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सरकारले ५१ वटा स्वास्थ्य संस्था सूचीकरण गरेको छ । सूचीकरणका लागि कुल १ सय २६ वटा स्वास्थ्य संस्थाले आवेदन दिएकोमा ५१ वटा मात्रै छनोटमा परेका हुन् । आवेदन दिएका सबै स्वास्थ्य संस्थाको मापदण्ड पुगेको वा नपुगेको जानकारीका लागि मन्त्रालयले अनुगमन टोली गठन गरेको थियो । टोलीको अनुगमनपछि मापदण्ड पुगेका ५१ वटा स्वास्थ्य संस्था छनोट गरी सूचीकरण गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । परीक्षणका क्रममा रसायन तथा किट्स, आवश्यक उपकरणलगायत दक्ष जनशक्तिको मापदण्ड नपुगेका अस्पताल तथा स्वास्थ्य संस्था सूचीकरण नपरेको मन्त्रालयले जनाएको छ । कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ स्वास्थ्य संस्था छनोट गर्ने प्रावधान अघि सारेपछि २०७५ चैत १३ गते मापदण्ड पुगेका स्वास्थ्य संस्था सूचीकरणका लागि आवेदन माग गरेको थियो । 

यसरी छनोटमा परेका स्वास्थ्य संस्थाहरमा ललितपुरस्थित आश्विन मेडिकल कलेज एन्ड हस्पिटल प्रालि, महाराजगंजस्थित सुधा हेल्थ एन्ड मेडिकल सेन्टर प्रालि, सिनामंगलस्थित स्पेस मेडिक सेन्टर प्रालि, मध्यवानेश्वरस्थित भेनस अस्पताल, ललितपुरस्थित गोदावरी मिडसिटी हस्पिटल प्रालि, झापास्थित शान्तिबुद्ध मेडिकल सेन्टर प्रालि, पोखरास्थित सनसाइन हेल्थ केयर सेन्टर प्रालि रहेका छन् । त्यस्तै, झापास्थित ओम मेडिकल डाइग्नोष्ट्रिक प्रालि, बुटवलस्थित नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टर प्रालि, ललितपुरस्थित सुनापति पोलिक्लिनिक एन्ड हेल्थकेयर सेन्टर प्रालि, काठमाडौंस्थित हेल्पिङ हेल्थ डाइग्नोस्टिक सेन्टर, टोखास्थित एसियन प्लस मेडिकल सेन्टर प्रालि, इटहरीस्थित इटहरी मेडिकल एन्ड स्वास्थ्य उपचार क्लिनिक प्रालि, काठमाडौंस्थित स्टेम्ज हेल्थ केयर सेन्टर प्रालि, विराटनगरपस्थित गोल्डेन हस्पिटल प्रालि, काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल, काठमाडौंस्थित डि एन्ड पी मेडिकल सेन्टर प्रालि, जनकपुरस्थित कम्प्लेट डाइग्नोस्टिक सेन्टर प्रालि र काठमाडौंस्थित एभरेस्ट अस्पताल प्रालि रहेका छन् ।

त्यस्तै, काठमाडौं मनामोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, झापाको बि एन्ड सि मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालि, जनकपुरस्थित फुल मेडिकल केयर सेन्टर प्रालि, ललितपुरस्थित अल्का पोलिक्निक प्रालि, अल्का अस्पताल प्र्रालि र मेघा अस्पताल प्रालि रहेको छन् । त्यसैगरी, थिमीस्थित मध्यपुर अस्पताल, चितवनस्थित चितवन मेडिकल कलेज प्रालि, सुर्खेतस्थित रामचन्द्र मेमोरियल हेल्थ केयर सेन्टर प्रालि, पाँचथरस्थित समर्पित हस्पिटल, चितवनस्थित पुष्पाञ्जलि हस्पिटल प्रालि, काठमाडौंस्थित हस्पिटल फर एडभान्स मेडिसिन एन्ड सर्जरी सेन्टर, काठमाडौंकै ग्रीन सिटी अस्पताल र हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल छन् । 

त्यस्तै, बुटवलस्थित सुधा मेडिकल सेन्टर बुटबल प्रालि, वीरगञ्जस्थित नारायणी सेन्टर डाइग्नोष्टिक ल्यावोटरी प्रालि, जनकपुरूिस्थत जीवनदीप मेडिकल सेन्टर तथा पोलिक्लिनिक प्रालि, जनकपुरकै लालगढ मोडल हस्पिटल प्रालि, काठमाडौंस्थित मेट्रो काठमाडौं अस्पताल प्रालि, धरानस्थित विजयपुर हस्पिटल प्रालि, दाङस्थित फलोरेन्स अस्पताल प्रालि, काठमाडौंस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र कुण्डलिनी डाइग्नोष्टिक सेन्टर, विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि रहेका छन् । त्यस्तै काठमाडौस्थित नोबेल हस्पिटल प्रालि, ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल, विराटनगरस्थित म्याक्स इन्टरनेसनल हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालि, काठमाडौंस्थित बिपी स्मृति सामुदायिक सहकारी अस्पताल प्रालि, विराटनगरस्थित विराटनगर अस्पताल प्रालि, काठमाडौंस्थित सिद्धी पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालि र जनकपुरस्थित अनुरोध पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालि रहेका छन् ।

सूचीकरण भएका संस्थाहरूले वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ क को उपनियम ६ अनुसार धरौटी र सूचीकरण शुल्क जम्मा गरी सो को सक्कल भौचरसहित मन्त्रालयमा सूचीकरणको पत्रका लागि एक साताभित्र सम्पर्क गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।


Views: 102