19th September | 2019 | Thursday | 9:14:38 PM

व्यापारिक क्षमताका लागि बौद्धिक सम्पत्तिमा जोड

हिमालय टाइम्स   POSTED ON : जेठ २८, २०७६ (१०:५४ AM)

व्यापारिक क्षमताका लागि बौद्धिक सम्पत्तिमा जोड

काठमाडौं । व्यापारिक क्षमता अभिवृद्धिमा वौद्धिक सम्पत्तिले महŒवपूर्ण भूमिका खेल्ने भन्दै सरोकारवालाले बौद्धिक सम्पत्तिको सरक्षणमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग विभाग र जेनेभास्थित विश्व बौद्धिक संगठन द वल्र्ड इन्टेलेक्चुल प्रोपर्टी अर्गनाइजेसन (डब्लु आइपिओ) द्वारा संयुक्तरूपमा आयोजित व्यापार क्षमता अभिवृद्धि तथा आर्थिक विकासमा बौद्धिक सम्पत्तिको भूमिका विषयक राष्ट्रिय परामर्श बैठक तथा कार्यशाला उनीहरूले यस्तो जोड दिएका हुन् । सोमबारदेखि महासंघ सचिवालयमा सुरु भएको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल आर्थिक विकासको मार्गमा अगाडि बढेकोले विद्यमान अवस्थामा बाहृय लगानी आकर्षणका लागिसमेत वौद्धिक सम्पत्ति संरक्षणको विषय महŒवपूर्ण रहेको बताए । सरकारले नीति तथा कानूनमार्फत नै बौद्धिक संरक्षणको सुनिश्चितता गरेको उनको भनाइ थियो । 

औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण लगायतका महŒवपूर्ण ऐन कानूनमा वौद्धिक सम्पत्तिका विषयमा स्पष्टरूपमा उल्लेख गरिएको उनले जानकारीसमेत गराए । महासंघका कावा अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक विकास, लगानी तथा प्रविधि आकर्षण र बाहृय लगानीकर्तालाई लगानीको सुनिश्चितता दिलाउन पेटेन्ट, टे«डमार्क, डिजाइन, कपिराइट लगायतका बौद्धिक सम्पत्ति संरक्षणका विषय महŒवपूर्ण रहेको बताए । 

महासंघले बौद्धिक संरक्षणका विषयमा निरन्तररूपमा आवाज उठाउ“दै आएको र सरकारस“ग पनि निरन्तर कार्य गर्दै आएकोले आगामी दिनमा पनि सरकार र डब्लु आइपिओसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा जेनेभास्थित विश्व बौद्धिक संगठनको अतिकम विकसित देशलाई हेर्ने विभागका परामर्शदाता मोहमद, ड्यानुअल इस्लामले डब्लु आइपिओले आगामी दिनमा नेपालमा हुनसक्ने सहकार्यका विषयमा प्रकाश चर्चा गरेका थिए । 

उद्यमी व्यवसायी, बौद्धिक संरक्षण क्षेत्रमा क्रियाशील कानुन व्यवसायी, नीति निर्माता, सरकारी अधिकारी, महासंघको कार्यकारिणी समिति सदस्यको सहभागिता रहेको सो कार्यक्रममा महासंघका तर्फबाट डा. पोषराज पाण्डे, उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंह, नेपाल उद्योग परिसंघका डा. रुद्र शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । उद्योग विगागको आर्थिक वर्ष आवको तथ्यांकअनुसार हालसम्म ४ लाख ९१ हजार ट्रेडमार्क, ७८ पेटेन्ट र १ सय ५४ डिजाइन दर्ता भएका छन् । 


Views: 140

सम्बन्धित सामग्री:

११ अर्ब बराबरको धागो निर्यात

: आश्विन २, २०७६ (६:१० PM)

नेप्से परिसूचक पुनः ओरालो

: आश्विन २, २०७६ (४:५३ PM)