20th July | 2019 | Saturday | 9:48:37 AM

उपत्यकामा ३ लाख चार पाँग्रे–चालू आथिक वर्षमा मात्रै २४ हजार सवारी दर्ता

सरिशा अछामी   POSTED ON : असार २, २०७६ (१२:५२ PM)

उपत्यकामा ३ लाख चार पाँग्रे–चालू आथिक वर्षमा मात्रै २४ हजार सवारी दर्ता

काठमाडौं ।  राजधानीमा सवारी साधनको चाप बढिरहेको छ । सवारी साधनको संख्या बढ्दै गएपनि आम मानिसहरुलाई यात्रा गर्नको लागि भने सहज हुन सकेको छैन । उपत्यकामा मात्र  चल्ने ठूला सवारी साधनको संख्या १९ वर्षको अवधिमा ३ लाखको हाराहारीमा पुगेको छ ।

राजधानीमा सवारी साधन चलाउनका लागि रुट परमिट पाएका ठूला सार्वजनिक यातायात तथा अन्य साना निजी सवारी साधान १९ वर्षमा २ लाख ९९ हजार ४ सय ४३ दर्ता भएको कार्यलयको भनाइ छ । 

आर्थिक वर्ष २०५७/०५८मा सुरु गरेको दर्ता विवरण अनुसार पहिलो वर्षमा मात्रै ६२ हजार ३ सय ८० सवारी साधनहरु दर्ता भएका थिए । त्यो वर्षमा २१ सय ८७ बस, २२ सय ६४ मिनी बस, ५६ सय ८५ ट्रक,  मिनिट्रक, ट्याकंर, कन्टेनरहरु दर्ता भएका ललितपुर यातायात व्यवस्थापन कार्यलय साना /ठुला सवारी साधनका सुचना अधिकारी राजन पोखरेलले बताए ।

उनका अनुसार सोही वर्ष ४१ हजार ४ सय ५१ कार–जीप–भ्यान, पाँच हजार ८२ टेम्पो, २४ वटा डोजर–लोडर–ग्रेडर–क्रेन र रोलर दर्ता भएका थिए । त्यस्तै १ सय ५ वटा एम्बुलेन्स, ४ सय ११ वटा पिकअप, ५१ वटा स्काभेटर, १६ वटा टिपर, २८ सय १० वटा सिडी यूएन, १६ सय ७७ वटा टेक्टर, र ६ सय १७ वटा माइक्रोबस गरी ०५७/०५८ सालमा ६२ हजार ३ सय ८० सवारी साधनहरु दर्ता भएका थिए ।

कार्यालयमा दर्ता प्रक्रिया सुरु भएदेखि आर्थिक वर्ष २०७४/०७५ सम्म १८ वर्षमा कार–जीप–भ्यानको संख्या १ लाख ७८ हजार ९ सय ४६ दर्ता भएका छन् । त्यस्तै बस १२ हजार ४ सय १९, मिनिबस ७ हजार ४ सय २८, ट्रक, मिनिट्रक २१ हजार ४ सय २१, टेम्पो ५३ सय, डोजर लोडर ३ हजार ६ सय २७, एम्बुलेन्स ६ सय ९१ दर्ता भएको साना ठूला सवारी कार्यालय ललितपुरको तथ्यांकले देखाएको उनले बताए । 

 उनले भने पिकअप २३ हजार ५ सय ४२, स्काभेटर ४ हजार १ सय ९९, टिपर ७ हजार ५ सय ६८, सिडी यूएन ३ हजार ७ सय ६७, ट्याक्टर १७ सय ५८ र माइक्रोबस ४ हजार ९ सय ५० गरी २ लाख ७५ हजार ६ सय ३६ सवारी साधनहरु दर्ता भएको र सबैभन्दा कम टेम्पो र ट्याक्टर दर्ता भएको छ । 

त्यस्तै गरि, चालू आर्थिक वर्षको १० महिनामा २३ हजार ८ सय ३७ सवारी साधनहरु दर्ता भएको तथ्यांकमा देखिएको छ । राजधानीमा सञ्चालनमा आएका चार पाँग्रे सबै सवारी साधनहरुमा गत साउनमा १९ सय ४४, भदौमा २९ सय ४८, असोजमा ५ हजार १ सय ६२, कार्तिकमा २४ सय ४०, मंसिरका २१ सय ७५, पौषमा २ हजार ९५, माघमा २ हजार ८२ फागुनमा १५ सय ६६, चैतमा १८ सय ७०, बैशाखमा १५ सय दर्ता भएर सञ्चालनमा आएको छ ।

यस वर्षको १० महिनामा मात्रै सार्वजनिक बस ७ सय ४४, मिनी बस ४ सय ९६, ट्रक मिनी ट्रक १२ सय २५, कार–जीप–भ्यान १४ हजार ५ सय, डोजर–लोडर–क्रेन–रोलर ९ सय ६, एम्बुलेन्स ९१ सञ्चालनमा आएका भने पिकअप २ सय ५९, स्काभेटर ६ सय ३६, ट्रिपर १४ सय १७, सिडी यूएन १ सय ५ र माइक्रो बस २ सय ७३ सञ्चालनमा आएका  सूचना अधिकारी पोखरेलले बताए । 

हालसम्ममा उपत्यकामा चल्ने चार पाँग्रे सवारी साधनहरुमध्ये सबैभन्दा बढी कार–जीप–भ्यान नै दर्ता भएका छन् । ललितपुर कार्यालयले दर्ता गर्न सुरु गरेदेखि चालू आर्थिक वर्षसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी नै कार–जीप–भ्यान भएको बताए ।

१९ वर्षको अबधीमा टेम्पो भने एकदमै न्यून रुपमा मात्र सञ्चालनमा आएको देखिन्छ । आर्थिक वर्ष २०६६ /६७ देखि भने साना ठूला सवारी कार्यालय ललितपुरमा दर्ता नै नभएको देखिन्छ । त्यस्तै ट्याक्टरको अवस्था पनि एकदमै कम रहेको बताए । 



Views: 99