10th December | 2019 | Tuesday | 4:08:41 AM

बजेट कार्यान्वयनमा कुनै शंका छैन : मुख्यमन्त्री पोखरेल

चन्द्रकान्त खनाल   POSTED ON : असार २, २०७६ (५:४१ PM)

बजेट कार्यान्वयनमा कुनै शंका छैन : मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आवधिक योजना र सरकारको नीति कार्यक्रममा केन्द्रित भएर बजेट आएकाले बजेटको कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गरेका छन् ।

प्रदेश सरकारले आइतबार सार्बजनिक गरेको बजेटका सम्वन्धमा आज बुटवलमा पत्रकारहरुसंग अन्तरक्रिया गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार समालेका मुख्यमन्त्री पोखरेलले चालु आर्थिक वर्षमा कर्मचारीको अभावले समयमा बजेट कार्यान्वयन हुन नसकेपनि आगामी आर्थिक वर्षको सुरुदेखि नै बजेट कार्यान्वयन हुने वताए ।

चालु आर्थिक वर्षको वजेट ७० प्रतिशत खर्च भएको र संघको अनुदानबाट आएको मध्ये डेढ अर्ब वजेट बढी खर्च गर्न सफल भएको भन्दै उनले आगामी आवको बजेट ८ महिनामै खर्च गरीसक्ने वताए । उनले बजेटले प्राथमिकता दिए अनुसार कृषिको व्यवसायिकरण गर्दै जाने, युवालाई कृषिकर्ममा आर्क्षित गर्ने,पर्यटकीय गन्तव्यहरुलाई आकेिषत ढंगले विकास गर्ने बताउदै अर्थतन्त्रको आकारलाई राष्ट्रिय तहमा पु¥याउने वताए ।

मुलुकको अर्थतन्त्र अझै काठमाडौं केन्द्रित रहेको भन्दै अव  प्रदेशहरुमा विकेन्द्रीत गर्नुपर्ने वताए । ‘अहिले सिंगो अर्थतन्त्र काठमाडौं भ्यालीमा थुप्रिएको छ, काठमाडौंले नै डोमिनेट गरेको छ’, भने।काठमाडौं केन्द्रीत अर्थतन्त्रले देशको सन्तुलित विकास हुन सक्दैन । त्यसैले अर्थतन्त्रलाई प्रदेशहरुमा विकेन्द्रीत गर्नुपर्ने अवस्था आइसक्यो । 

प्रदेश ५ को अर्थतन्त्र जनसंख्याका हिसाबले कमजोर भएको तर, कूल गार्हस्थ उत्पादनका हिसाबले न्य प्रदेश भन्दा अगाडि रहेको स्पष्ट पारे ।मुख्यमन्त्री पोखरेलले आउँदो आर्थिक वर्ष कूल गार्हस्थ उत्पादन ८ प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरिएको र यो पूरा गरेरै छाड्ने दाबी समेत गरे ।

उनले प्रतिपक्षबाट आएको बजेटको टिका टिप्पणिलाई प्रतिपक्षी दलको धर्म निर्वाहको संज्ञा  दिएका छन । कृषि सडक र पर्यटकीय गन्तव्यहरुमा सहज आवागमनकालागि पाल्पाको रानीमहल र बर्दीयाको ठाकुरद्धारा जाने सडक स्तरोन्नति गर्न बजेट बिनियोजन गरिएको बताए ।मन्त्रालयका सचिव किशोर जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन मुख्यमन्त्रीका प्रेस सल्लाहकार सेर बहादुर केसीले गरेका थिए ।


Views: 119

सम्बन्धित सामग्री:

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

: मंसिर २३, २०७६ (४:४१ PM)

सुनको मूल्य घट्यो

: मंसिर २३, २०७६ (१:०९ PM)