19th October | 2019 | Saturday | 8:28:58 AM

हायात होटल अनिश्चितकालका लागि बन्द

हिमालय टाइम्स   POSTED ON : असार २, २०७६ (६:३४ PM)

हायात होटल अनिश्चितकालका लागि बन्द

काठमाडौं । मजुदर आन्दोलनको कारण देखाउँदै हायात होटल (तारागाउँ रिजेन्सी होटल्स लिमिटेड) व्यवस्थापनले अनिश्चितकालका लागि होटल बन्द गरेको छ।

सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सलाई पत्र लेख्दै हयातले बन्द भएको जानकारी गराएको हो ।

गत जेठ ३० गतेदेखि ‘गैरकानुनी’ हड्ताल र नाराजुलुसका कारण पाहुनालाई सेवा दिन नसकिएको बताउँदै  होटलका सम्पूर्ण सेवा र व्यवस्थापनको प्रशासनिक काम–कारवाही प्रभावित भएर होटल बन्द गर्नुपरेको उल्लेख गरिएको छ ।

होटलमा नै कार्यरत रहेका मजदुरको संगठन अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको हडतालका कारण होटल बन्द गर्न बाध्य भएको नेप्सेलाईे कम्पनी सचिवले लेखेको पत्रमा उल्लेख छ ।


Views: 120