20th July | 2019 | Saturday | 9:52:40 AM

१० महिनामा १२८ कर्मचारी विदेश भ्रमणमा

लेखनाथ पोखरेल   POSTED ON : असार ८, २०७६ (१२:२५ PM)

१० महिनामा १२८ कर्मचारी विदेश भ्रमणमा

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका एकसय २८ जना कर्मचारी वैदेशिक भ्रमण गएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको चालू आवको साउनदेखि वैशाखसम्मको तथ्यांकअनुसार विभिन्न कार्यक्रमका नाममा कर्मचारीहरू २ दिनदेखि १ महिनासम्मको भ्रमण गएको देखिएको छ । विदेश भ्रमण जानेमा कानुन अधिकृत, लेखाअधिकृतदेखि नासुसम्म रहेका छन् । सबैभन्दा बढी मन्त्रालयअन्तर्गतका सिनियर डिभिजन इञ्जिनियर बद्री कार्की, श्यामकिशोर यादव र इञ्जिनियर मोहनराज आचार्य तालिमका लागि भन्दै छिमेकी मुलुक चीनमा एक महिना लामो भ्रमण गएका छन् भने तालिमकै नाममा इञ्जिनियर गीताञ्जलि आचार्य पनि २८ दिने चीन भ्रमण र इञ्जिनियर वसन्तकुमार पनि २८ दिने फ्रान्स भ्रमणमा गएका छन् ।  केही कर्मचारी भने सोही अवधिमा पटकपटक वैदेशिक भ्रमण गएको देखिएको छ । सिनियर डिभिजन मे इन्दिरा कँडेल भने पटकपटक वैदेशिक भ्रमण गएकी छिन् । उनी श्रीलंका र जापान भ्रमण गएकी हुन् । त्यस्तै, मेटेरियोलोजिस्ट चिरञ्जीवी भेटुवाल पनि पटकपटक वैदेशिक भ्रमणमा गएका छन् । उनी तीनपटक नेदरल्याण्डको भ्रमणमा गएका छन् । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे पनि अधिकमात्रामा भ्रमणमा जाने सूचीमा छन् । उनी सोही अवधिमा भारत दुईपटक, चीन, बंगलादेश र जर्मनीलगायत मुलुकको भ्रमण गएका छन् । 

त्यस्तै, सिनियर डिभिजन इञ्जिनियर राजु महर्जन पनि तीनपटक चीन र एक पटक श्रीलंका गएका छन् भने सिनियर डिभिजन इञ्जिनियर बाबुराज अधिकारी पनि चीन दुईपटक र जर्जिय एकपटक भ्रमणमा गएका छन् । इञ्जिनियर सञ्जीव राय चीन भ्रमण दुईपटक र भारत एकपटक गएका छन्  । त्यस्तै, सिडिमे सुनिलकुमार पिया भारत दुईपटक र अमेरिका एकपटक गएका छन् भने निर्देशक डा. नारायण अधिकारी जर्मनी र केन्या गएका छन् ।  सिनियर डिभिजन इञ्जिनियर सागरराज गौतम भारत दुईपटक र चीन एकपटक गएका छन् भने सहसचिव तोयानाथ अधिकारी जर्मनी, थाइल्याण्ड र जापान गएका छन् । सिनियर डिभिजन इञ्जिनियर श्यामकिशोर यादव कोरिया दुईपटक  र केन्या एकपटक गएका छन् । वरिष्ठ अधिकृत मुकेश घिमिरे चीन र भारत गएका छन् सिडिएम भने सुनिलकुमार पिया भारत दुईपटक र अमेरिका गएका छन् । इञ्जिनियर सञ्जीवकुमार राय चीन दुईपटक, भारत र वंगलादेश १–१ पटक गएका छन् ।

त्यस्तै, सिनियर डिभिजन इञ्जिनियर वीरेन्द्रकुमार यादव २३ दिने भ्रमणमा जापान, रवीन्द्रकुमार शर्मा २० दिने भ्रमणमा चीन, तुलसीराम भट्टराई २० दिने भ्रमणमा चीन, ताराप्रसाद भट्ट २० दिने भ्रमणमा चीन गएका छन् । भ्रमणमा जाने अन्य कर्मचारीमा सिडिमे निराजन सापकोटा, इञ्जिनियर रवीन्द्रप्रसाद शाअह तुरहा, सिडिहा राजेन्द्र शर्मा, मेटेरियोलोजिस्ट लसकुस समीर श्रेष्ठ, सिडिमे विभूति पोखरेल, आयोजना निर्देशक शिशिर कोइराला, वरिष्ठ इञ्जिनियर सुदीप भट्टराई, सिडिहा विक्रम श्रेष्ठ जुवा, हाइड्रोलोजिस्ट इञ्जिनियर विनोद पराजुली रहेका छन् । त्यसैगरी, आयोजना निर्देशक शिशिर कोइराला, सिडिमे सुमनकुमार रेग्मी, सिडिमे राजुधर प्रधानाङ्ग, आयोजना निर्देशक मधुकर राना, सिनियर डिभिजन इञ्जिनियर शंकरप्रसाद मगर, उपसचिव(लेखा) ध्रुवराज पण्डित, सिनियर डिभिजन इञ्जिनियर मनिस महर्जन, परामर्शतादा राजेन्द्र सिंह प्रधान, सिडिमे डा अर्चना श्रेष्ठ, मौसम विज्ञान सहायक सुदर्शन हुमागाईं, सिनियर डिभिजन इञ्जिनियर वाबुराम खरेल, इञ्जिनियर कृष्ण शाह, सिनियर डिभिजन इञ्जिनियर नारायणप्रसाद सुवेदी रहेका छन् । त्यसैगरी, महानिर्देशक सरिता दवाडी, उमहानिर्देशक वासुदेव लोहनी, सिडिइजी कमल द्विवेदी, सिडिमे प्रतिभा मानन्धर, महानिर्देशक नवीनराज सिंह, सिनियर डिभिजन इञ्जिनियर सागरराज गौतम, शाखा अधिकृत शोभा घिमिरे, सहसचिव तोयानाथ घिमिरे, प्रमुख लेखा नियन्त्रक उपेन्द्र खनाल, इञ्जिनियर दुर्गानाराण भुसाल, सिनियर डिभिजन इञ्जिनियर जयराम प्रजापति, कानुन अधिकृत द्रोणकुमार तिम्सिना, शाखा अधिकृत निराजन श्रेष्ठ, इञ्जिनियरहरू सुरेश श्रेष्ठ, जीवन राना मगर, शंकरबहादुर राउत, कमल पौडेल, आस्था भट्ट, नासु बसुन्धरा अधिकारी, सिनियर डिभिजन इञ्जिनियर अनुप ढुंगाना, मेटेरियोलोजिस्ट सुवास रिमाल, विकास नेपाल, सहसचिव दिलीपकुमार सडौला, इञ्जिनियर दिनेश श्रेष्ठ, सिनियर डिभिजन इञ्जिनियर आषिशभन्द्र खनाल, इञ्जिनियर हेमन्त घिमिरे, वरिष्ठ अधिकृत प्रकाश अर्याललगायत रहेका छन् ।

मन्त्रालयका तत्कालीन सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने एकपटक मात्रै क्रमशः चीन र जर्मनी गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उनीहरूमध्ये कतिपय सरकारी खर्चमा र कतिपय एसियाली विकास बैंक, विश्व बैंक, जाइकालगायत विभिन्न गैरसरकारी संस्थाको खर्चमा गएको उल्लेख छ । सम्वन्धित क्षेत्रमा थप विज्ञता हासिल गरी आफ्नो देशको विकास निर्माणमा उपयोगका लागि वैदेशिक भ्रमणमा जाने प्रचलन रहेको भएपनि नेपालका कर्मचारीको भ्रमण भने भत्ता र रमाइलोमा बित्ने गरेको आरोप लाग्दै आएको छ ।  






Views: 104