20th July | 2019 | Saturday | 9:20:30 AM

क्षमता अभावका कारण विषादी प्रयोगको परीक्षण गर्न सकिएन–मन्त्री यादव

  POSTED ON : असार २३, २०७६ (११:४६ AM)

क्षमता अभावका कारण विषादी प्रयोगको परीक्षण गर्न सकिएन–मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताएका छन्। 

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले केन्द्रीय खाद्य प्रविधि तथा गुणस्तर विभागमा मात्र परीक्षण गर्ने प्रभावकारी प्रयोगशाला रहेको र कृषि मन्त्रालयअन्तर्गत त्यससम्बन्धी प्रविधि कमजोर रहेका कारण पूर्ववत् अवस्थामा फर्कनुपरेको जानकारी दिए। 

प्रयोगशाला अभावका कारण समय मै परीक्षण गर्न नसक्दा यता नाकाबन्दी जस्तो अवस्था सृजना भएको बताउँदै उनले कसैको दबावका कारण परीक्षण रोकिएको भन्नु हल्ला मात्र भएको बताएका थिए ।

त्यस्तै विदेशबाट कच्चा पदार्थ ल्याउँदा भन्सार छुट दिने वा नदिने भन्ने विषयमा दुई खाले सुझाव आए पनि सरकारले मुलुकको हितलाई ध्यानमा राखेर काम गर्ने उनले बताए।



Views: 116