7th December | 2019 | Saturday | 7:14:22 PM

प्रहरीले ज्यादति गरेको भन्दै व्यवसायीद्धारा व्यापार व्यवसाय बन्द

अनिल पोखरेल   POSTED ON : श्रावण ५, २०७६ (४:१७ PM)

प्रहरीले ज्यादति गरेको भन्दै व्यवसायीद्धारा व्यापार व्यवसाय बन्द

राजविराज । प्रहरीले ज्यादति गरेको भन्दै सप्तरीका व्यवसायी आफ्ना ब्यापार ब्यवसाय बन्द गरेर आन्दोलनमा उत्रेका छन् ।

इलाका प्रहरी कार्यालय बोदे वरसाइनका विरुद्ध नाराजुलुस गर्दै व्यवसायीले आइतबार जिल्ला बन्दको आव्हान गरेका छन् ।

बिहीबार वडा नं. ५ स्थित जय माता दी ट्रेडर्सबाट बिक्री भएको करिब ८० हजार बराबरको सामान प्रहरीले खटाएको घुमुवा प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएपछि विवाद शुरु भएको हो ।

घुमुवा प्रहरीले पैसाका लागि व्यापारीलाई दुःख दिने गरेको व्यवसायीले आरोप लगाएका छन् । भ्याट बिलसहित कपडा बेल्ही चेपेनाको पथरगढास्थित राघव जेनेरल स्टोरका लागि लगेको सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको तथा सक्कल भ्याट बिलसहित पुग्दा इन्चार्ज (सइ) अमिर यादवले बिल पनि च्यातिदिएको व्यवसायीको आरोप  छ ।

बोदे वरसाइन नगरपालिकाका मेयर आतिशकुमार सिंह यादवले व्यवसायीसँग भ्याट बिल हुँदा–हुँदै पनि प्रहरीले गरेको व्यवहार गलत भएको बताएका छन ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले भारततर्फ लग्दै गरेको अवैध समान नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाएको बताए  । 



Views: 124