25th August | 2019 | Sunday | 6:39:55 PM

प्रतितोला ७० हजार पुग्यो सुन, अझै बढ्ने संकेत

हिमालय टाइम्स   POSTED ON : श्रावण २४, २०७६ (११:१९ AM)

प्रतितोला ७० हजार पुग्यो सुन, अझै बढ्ने संकेत

काठमाडौं । विगत केही सातादेखि निरन्तर उकालो लागेको सुनले दैनिकजसो नयाँ रेकर्ड कायम गर्दै आएको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँ बढेर प्रतितोला ७० हजार पुगेको छ । गत सोमबार प्रतितोला १ हजार ५ सय रुपैयाँ बढेर ६७ हजार ८ सय रुपैयाँ कायम भएको थियो । सुनको मूल्य अझै बढ्ने व्यवसायीले बताएका छन् । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो एक साताको अवधिमा छापावाला सुनको मूल्य पाँच हजार वृद्धि भएको छ । गत बिहीबार प्रतितोला ६५ हजार रुपैयाँ रहेको थियो भने शुक्रबार ६ सय रुपैयाँ बढेर ६५ हजार ८ रुपैयाँ कायम भएको थियो । आइतबार पनि ५ सय रुपैयाँ बढेर ६६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । 

महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यका अनुसार पछिल्लो एक महिनामा सुनको निरन्तररूपमा बढिरहेकोले तत्काल मूल्य घट्ने संभावना नरहेको बताएका छन् । उनका अनुसार जुन परिस्थितिका कारण अन्तर्राष्ट्रिय बजार सुनको मूल्य बढेको हो, त्यो परिस्थितको तत्काल अन्त्य हुने संभावना छैन । चीन–अमेरिका व्यापारिक युद्ध, इराक र अमेरिकाबीच टकराव, भारत–पाकिस्ताबीच युद्धको संकेतका साथै विश्वको शेयर बजारमा गिराटलगायतका कारण लगानीकर्ताले सुनमा लगानी गर्न थालेकोले मूल्य बढ्न गएको उनको भनाइ छ ।

उल्लिखित घटनाक्रम तत्काल परिवर्तन हुने अवस्था छैन । मूल्य बढ्न थालेपछि चीनले बढीभन्दा बढी सुन खरिद गर्न थालेको छ । शाक्यका अनुसार गत वर्षसम्म चीनले अमेरिकी डलर खरिद गरी सञ्चित गर्ने गरेकोमा यस वर्षदेखि सुन सञ्चित गर्न थालेको हो । शाक्यले हिमालय टाइम्ससँग भने, ‘विगतमा चीनले अमेरिकी डलर सञ्चित गथ्र्यो तर अहिले अमेरिकी डलरलाई विश्वास गर्न छाडेको छ र सुन खरिद गरी सञ्चित गर्न थालेको छ ।’

पछिल्लो सयम डलरको तुलनामा भारतीय रुपैयाँसमेत थप कमजोर भएको छ । भारत–पाकिस्तानबीचको टकरावका कारण भारतीय रुपैयाँ कमजोर भएको छ । जसको प्रतिकूल असर नेपाली मुद्रामा पनि परेको छ । त्यस्तै लगानीका लागि अन्तर्राष्ट्रिय बजार अस्थिर तथा शेयरबजार असन्तुलन भएकाले पनि लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् । सुनको मूल्य बढेसँगै नयाँ सुनको कारोबार ठप्प भएको छ । 

विगतमा महिलाहरूको महŒवपूर्ण चाड तीजअगाडि सुनको माग अत्यधिक हुने गरे पनि यसवर्ष बिक्री नै ठप्प हुन पुगेको शाक्यले बताएका छन् । तीजको समयमा दैनिक ४० देखि ४५ केजीसम्म सुनको माग हुने गरेकोमा अहिले १० केजी पनि बिक्री हुन मुस्किल रहेको उनले बताए । मूल्य बढेका कारण नयाँ सुनको खरिद बिक्री नभए पनि पुरानो सुनको कारोबार भने उच्च रहेको उनको भनाइ छ । उनले भने मूल्य बढेकाले ग्राहकहरू गहना बनाउन आफैं सुन लिएर आउने गरेका छन्, बिक्री ठप्प छ ।’


Views: 76