6th December | 2019 | Friday | 6:18:44 AM

शेयर बजार १० अंकले घट्यो

हिमालय टाइम्स   POSTED ON : श्रावण २४, २०७६ (११:२२ AM)

शेयर बजार १० अंकले घट्यो

काठमाडौं । शेयर बजार निरन्तर घट्दोक्रममा रहेको छ । बिहीबार पनि नेप्से परिसूचक करिब १० अंकले घटेको छ । शेयर कारोबार मापक नेप्से ९.९२ अंकले घटेर १२३८.५६ अंकमा झरेको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स १.९६ अंकले घटेर १६८.०० पुगेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अनुसार बिहीबार कुल १६६ कम्पनीका १८ लाख ७७ हजार ५४२ कित्ता शेयर ४५ करोड ४६ लाख २९ हजार ५७५ मा खरिद बिक्री भएका छन् । कारोबार भएका सबै समूहको शेयर घटेको छ । 

बैंकिङ ५.५४, व्यापार २.०३, होटल २०.८३, विकास बैंक ८.१५, जलविद्युत् ३१.३५, वित्त ४.९७, निर्जीवन बीमा ७५.४३, उत्पादन ११.८५, अन्य ५.३४, लघुवित्त २०.३२, जीवनबीमा २६.५५ र सामूहिक लगानी कोषको शेयर ०.०२ अकले घटेको हो । कारोबार रकमका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर ९ करोड ७९ लाख ९९ हजार १८१ मा खरिद बिक्री भएर शिर्ष स्थानमा रहेको छ भने सान्जेन जलविद्युत् कम्पनी ५ करोड १३ लाख ७ हजार ५३७, नेपाल बैंक २ करोड ३३ लाख १३ हजार २६०, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक १ करोड ९२ लाख ४४ हजार ६४७ र सिभिल बैंकको संस्थापक शेयर १ करोड ७७ लाख ६० हजार ७०० मा खरिद बिक्री भएका छन् । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ५.७१, विजय लघुवित्त वित्तीय संस्थाको ४.०८, सानिमा इक्विटी फण्डको २.२९, एक्सेल डेभलपमेन्ट बैंकको १.७५ र हिमालय ऊर्जा विकास कम्पनीको सेयर भने १.५३ प्रतिशतले घटेको छ । त्यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीको ९.७०, साञ्जेन जलविद्युत् कम्पनीको ४.६८, स्वरोजगार लघुवित्त विकास बैंकको ४.१८, मितेरी डेभलपमेन्ट बैंकको ४.०८ र सुमिट लघुवित्त वित्तीय संस्थाको ३.८६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।


Views: 104