6th December | 2019 | Friday | 6:17:29 AM

पुरानो पर्यटकीय झोछेको नयाँ रुप

सरिशा अछामी   POSTED ON : श्रावण २५, २०७६ (११:१६ AM)

पुरानो पर्यटकीय झोछेको नयाँ रुप

काठमाडौं । महानगरपाललिका भित्र रहेको पर्यटकीय स्थल बसन्तपुरको झोछेलाई व्यवस्थित बनाइएको छ । १० दिन अघि देखि सुरु गरिएको एकलाईन निशुल्क पार्किङले झोछेको नयाँ रुप दिएको छ ।

नेपालको पहिलो पर्यटकस्थल भनेर चिनिने झोछेको २०५८ सालदेखि महानगरले पर्यटक शुल्क संकलन गर्न थालेपछि झोछे पर्यटकीय भन्दापनि पार्किङ स्थल बन्दै भएको थियो । महानगरले नयाँ योजना बनाएर बसन्तपुलाई व्यवस्थित बनाउने क्रममा झोछेलाई पछाडि नै छोडिदियो । तर, लामो समयको प्रयास पछि झोछेलाई पुन व्यवस्थित बनाउने अभियानमा जुटिएको स्थानीयको भनाइ छ । 

अव्यवस्थित पार्किङको कारण पर्यटकलाई आवतजावत गर्नको लागि तथा पैदययात्रुको लागि धेरै मुस्किल भएको थियो । तर, १० दिन अगाडि देखि बनाइएको एक लाइन पार्किङले पैदलयात्रु तथा पर्यटकलाई आवतजावत गर्नको लागि धेरै सहज भएकाको छ ।  काठमाडौ महानगर, स्थानीय, ट्राफिक प्रहरी, प्रहरी जनसेवा मिलेर एकलाईन पार्किङ  सेवा बनाउन सफल भएको राष्ट्रिय पहिचान संरक्षण संयुक्त सर्घष समितिको संयोजन गणपतिलाल श्रेष्ठले जानकारी दिए । 

उनले झोछे पुरानो पर्यटकीय स्थल भएको बताए । उनका अनुसार २०५८  साल भन्दा पहिला पर्यटकहरु रात बस्नको झोछे मुख्य गतन्य थियो । उक्त समयमा ठुला ठुला होटेलहरु थिए । पर्यटकले धेरै राम्रो स्थान भनेर चर्चा भइरहन्थ्यो । २०५८ सालमा महानगरले शुल्क संकलन गर्न थालेपछि झोछे पार्किङ स्थल बन्दै गएको हो ।  अवस्थित पार्किङले झोछे ओझेलमा परेको थियो । विस्तारै विस्तारै झोछेमा पर्यटकहरु कम हुँदै गए ।  साँघुरो सडकमा आवतजावत गर्न मुस्किल भएपछि पर्यटक हराउँदै गएका थिए । 

उनि भन्छन पार्किङको  चाप बढ्दै जाँदा बडुवाहरुलाई समेत हिड्न असर परेको थियो । झोछेमा हुने व्यपारीहरुलाई प्रयत्क्ष असर परेको थियो । स्थानीयको सहयोग र महानगरको सहकार्यमा एकलाइर्न पार्किङ गरेर झोछेलाई पुन पर्यटकको मुख्य गतन्य बनाउने योजना रहेको छ । 

४ सय मिटरको क्षेत्रफलमा १ सय भन्दा बढि दुइप्राङगो सवारी साधन पार्किङ गर्न सकिन्छ  । बसन्तपुरमा पुरानो कला हेर्नको पर्यटक आउँछन् ।  सबै स्थानमा पर्यटक आवातजावत गर्न सहज हुने हिसाबले बसन्तपुरको सबै स्थानमा पार्किङलाई व्यवस्थित बनाउने योजना रहेको छ । उक्त योजनामा महानगर, ट्राफिक प्रहरी, प्रहरी जनसेवा केन्द्रले सक्दो सहयोग गरेको उनले बताए । 

स्थानीय यसो भन्छन् 

झोछेमा कपडा पसल राख्दै आएका प्रकाश मानन्धर भन्छन् । झोछे  पुरानो पर्यटकीय क्षेत्र हो । पुराना कलाको लागि बसन्तपुर एकदम उपयुक्त स्थान मानिन्छ । पर्यटक पुरानो कला हेर्नको लागि आउने गर्छन् । तर, बसन्तपुरको एक पाटो झोछेमा साँघुरो सडकमा राखिएको दायाँ बायाँको पार्किङ्गले पर्यटक तथा पैदल यात्रुलाई असहज बनाएको थियो । तर, स्थानीयको पहलमा एकलाई पार्किङ्ग बनाएसंगै झोछेको आकर्षक बढेको छ । पर्यटकको चहलपहल बढेको छ । 

उनका अनुसार साँघरो सडकमा दायाँबाया नै मोटरसाइकल पार्किङ्ग गरेपछि टाढैबाट झोछेभित्र नै छिर्न चाहदैन थिए । सवारीसाधन नआउनेभएपछि चहलपहल कम हुन्थ्यो । आकस्मात केही समस्या हुँदा समेत सवारी साधन आउन नसक्ने गरि पार्किङ्ग गरेपछि पर्यटक र पैदलयात्रुलाई ध्यानमा राख्दै झोछेलाई एकलाईन पार्किङ्ग स्थल बनाएर  सहज बनाएर व्यवस्थित  गरेमा धेरै परिवर्तन भएको छ । 

उनि भन्छन्  एकलाईन पार्किङ्ग बनाएपछि सवारी साधनमा  आवत जावत गर्न सजिलो भएको छ । झोछेको व्यपारीहरुको मानिसको आवतजावत बढेको छ । पैदलयात्रु तथा पयटकलाई आकर्षक गर्न फेरी सफल बन्ने विश्वास छ । 

त्यसै पुराना थानका चित्रहरु बेच्दै आएका स्थानीय विजय दङदाङ्ग पनि एकलाईन पार्किङ गरेपछि पर्यटक तथा अन्य व्यक्तिहरुको चहलपहल सुरु भएको छ । पसलमा ग्राहक नआएपनि चारप्राङगे सवारी साधन आवत जावत, बडुवाहरुको चहलपहल सुरु भएकोले झोछेलाई पुन पर्यटकस्थलको मन जित्न सक्ने बनाउन सक्ने अनुमान रहेको बताए ।


Views: 383