25th August | 2019 | Sunday | 5:35:32 PM

फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा भ्रमण बर्षको लोगो राखौं –पर्यटनमन्त्री भट्टराई

  POSTED ON : श्रावण २६, २०७६ (५:४५ PM)

फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा भ्रमण बर्षको लोगो राखौं –पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षको अभियानलाई व्यक्ति व्यक्तिले आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन अनुरोध गरेका छन् ।

उनले विश्वस्तर र नेपालभर प्रचार प्रसारमा सहयोग गर्न संसारभर रहेका नेपालीलाई आह्वान गरेका छन् ।

मन्त्री भट्टराईले आफूले प्रयोग गर्ने निजी तथा संघ–संस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखेर सहयोग गर्न आग्रह गरे ।

मन्त्री भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा सार्वजनिक तथा निजी क्षेत्रका संगठित संघसंस्थाबाट पनि उत्साहजनक सहभागिताको अपेक्षा गरेको उल्लेख गरिएको छ । 

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाईंदैछ । 


Views: 111