15th September | 2019 | Sunday | 8:25:31 PM

नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु

  POSTED ON : भदौ ४, २०७६ (६:५७ PM)

नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार राजधानीमा सुरु भएको छ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा र्पुयाउन मद्दत पुग्नेगरी काठमाडौंको याक एण्ड यती होटलमा सुरु भएको हो ।

बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मामिला मन्त्री सुब्रमन्यम जयशंकरले गरेका छन् । बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ । बैठक बिहीबारसम्म चल्नेछ ।


Views: 102