15th September | 2019 | Sunday | 8:23:00 PM

डिजेल र पेट्रोलको मूल्य घट्यो

  POSTED ON : भदौ २४, २०७६ (१२:१६ PM)

डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । 

आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । मूल्य घटेसँगै प्रतिलिटर डिजेल÷मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । 

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

रासस


Views: 77