15th September | 2019 | Sunday | 7:54:01 PM

कैलाली डल्फिन महोत्सव मन्त्री भट्टराईले उद्घाटन गर्ने जानकारी

भिम चौधरी   POSTED ON : भदौ २४, २०७६ (५:२३ PM)

कैलाली डल्फिन महोत्सव मन्त्री भट्टराईले उद्घाटन गर्ने जानकारी

कैलाली । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कैलालीमा डल्फिन महोत्सव २०७६ हुने भएको छ । 

कैलाली होटल व्यवसायी संघले संसारकै दुर्लभ मानिने स्तनधारी जन्तु डल्फिन देखा पर्ने क्षेत्र टीकापुर नगरपालिका–७, बैदी (ढुङ्गाना टोल) मा महोत्सवको आयोजना गर्न लागेको हो ।

भाद्र ३० गतेसमम सञ्चालन हुने महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । मन्त्री भट्टराईले महोत्सवको भाद्र २८ गते उद्घाटन गर्ने बताइएको छ । 

‘डल्फिनको संरक्षण, संवद्धृन र पहिचान, पर्यटन विकासको अभियान’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सवमा डल्फिन तथा जलचर प्राणी अवलोकन गराईने, स्थानीय जातजातीहरुको संस्कृति झल्कने झाँकीहरु प्रदर्शन गरिने, विभिन्न खानाका परिकारहरु संगै ¥याफ्टीङ्गको व्यवस्था गरिएको आयोजक कैलाली होटल व्यवसायी संघका अध्यक्ष नरबहादुर शाहीले बताए । 

नेपाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीमा राखेको २६ स्तनधारी जन्तु मध्ये नेपालमा पाईने एक मात्र स्तनधारी डल्फिन कैलालीको टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर गाउँ पालिकाको संगम स्थल पथरैया, काँडा र मोहना नदीको त्रिवेणीमा डल्फिन पाईने अध्यक्ष नरबहादुर शाहीले बताए ।

नदीको वहान बढेसंगै पथरैया, काँडा र मोहना नदीमा देख्न पाईने डल्फिन महोत्सवको माध्यमबाट प्रचारप्रसार गर्दै सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजक कैलाली होटल व्यवसायी संघका सचिव तेज बोहोराले बताए ।  

 


Views: 58