15th September | 2019 | Sunday | 8:08:40 PM

एलपी ग्यासको मूल्य घटाउने सरकारको तयारी

  POSTED ON : भदौ २५, २०७६ (५:३१ PM)

एलपी ग्यासको मूल्य घटाउने सरकारको तयारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारले एलपी ग्यासको मूल्य घटाउने तयारी गरेको बताएका छन् ।

निम्न आय भएका उपभोक्तालाई मध्य नजर गर्दै सहुलियत दरमा ग्यासको मूल्य तोक्ने उनले बताए ।

नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्याँसको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भइरहेको बताए ।

 मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानुनी जटिलता थपिने गरेको उल्लेख गर्दै उक्त समस्या समाधानमा जान सरकार तयार रहेको बताए । 

मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाइरहेको दावीसमेत गरे ।


Views: 53