19th October | 2019 | Saturday | 8:23:38 PM

मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति सुरु

  POSTED ON : भदौ २९, २०७६ (६:०१ PM)

मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति सुरु

काठमाडौं । मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति दिन सुरु गरिएको छ । 

नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया १५ महिनापछि आइतबारबाट खुलेको छ । नेपाली कामदारलाई आर्थिक भार भएको भन्दै २०७५ जेठ २ गतेबाट नयाँ कामदारलाई श्रमस्वीकृति दिन बन्द गरेको थियो । 

श्रम समझदारीपछि अब नेपाली कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् । अब कामदार मलेसिया जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ । 

नेपाल र मलेसियाबीच नयाँ श्रम समझदारीलाई कार्यान्वयन गर्ने आधार बनेको भन्दै आज मात्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले मलेसियामा कामदार पठाउने निर्णय गरेका हुन् ।


Views: 83