19th October | 2019 | Saturday | 9:08:25 PM

छुट्टाछुट्टै कार्यक्रमको आयोजनागरी विश्व पर्यटन दिवस मनाईयो

भिम चौधरी   POSTED ON : आश्विन १०, २०७६ (४:५७ PM)

छुट्टाछुट्टै कार्यक्रमको आयोजनागरी विश्व पर्यटन दिवस मनाईयो

कैलाली । सेप्टेम्बर महिनाको २७ तारिख । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन सङ्गठनको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखका दिन विश्व पर्यटन दिवस मनाइन्छ । आज ४० औँ विश्व पर्यटन दिवसका अवसरमा कैलालीमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

स्थानीय, प्रदेश सरकार र पर्यटन सम्बन्धी काम गर्ने संघसंस्थाबिच तालमेल हुन नसक्दा आ–आफ्नै तरिकाले कार्यक्रमको आयोजना गरी दिवस मनाईएको छ । कैलाली उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ कैलाली र धनगढी उप–महानगरपालिकाको संयुक्त आयोजनामा पलिया ब्यापार मण्डलका अध्यक्ष लगायत पदाधिकारीहरुलाई धनगढीको त्रिनगर नाकामा माला र खादा लगाएर स्वागत गरिएको छ । कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करनाथ ओझाको नेतृत्वको समूहले पलिया ब्यापार मण्डलका अध्यक्ष अनुप मिश्रा तथा सदस्यहरुलाई माला र खादा लगाएर स्वागत गरेको हो । 

पर्यटन दिवसको अवसर पारेर कैलाली उद्योग वाणिज्य संघ र धनगढी उप–महानगरपालिकाको संयुक्त आयोजनामा धनगढीमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । विश्व पर्यटन दिवसको अवसरमा पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तक्र्रिया कार्यक्रम कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करनाथ ओझाको अध्यक्षता तथा धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा भएको थियो । दिवसको अवपर पारेर नाटा सुदूरपश्चिम प्रदेश संघ र धनगढी उप–महानगरपालिकाको संयुक्त आयोजनामा धनगढीमा प्रभातफेरी गरिएको छ । 

धनगढीको ट्राफिक चौराहबाट शुरु भएको प्रभातफेरी धनगढी बजार परिक्रमा गर्दै धनगढी उप–महानगरपालिका–४, उत्तर बेहडीस्थित धार्मिक पर्यटकीय क्षेत्र शिवपुरी धाममा पुगेर सभाको आयोजना गरिएको थियो । 

यस्तै, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशले अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी पर्यटन दिवस मनाएको छ । सुदूरपश्चिम प्रदेशको दिगो पर्यटन विकास बिषयक अन्र्तक्रिया कार्यक्रम उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।  



Views: 222