19th October | 2019 | Saturday | 8:20:59 PM

हाइब्रिड भनेको धानको बिउ नक्कली

हिमालय टाइम्स   POSTED ON : आश्विन १४, २०७६ (१०:०१ AM)

हाइब्रिड भनेको धानको बिउ नक्कली

काठमाडौं । चितवनमा किसानले गरिमा जातको हाइब्रिड धान भनेर लगाएको बिउ नक्कली  रहेको बताइएको छ । अध्ययन समितिले नक्कली बिउको आशंका गर्दै सोमबार कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाललाई प्रतिवेदन बुझाएको छ । तर, बिउ नक्कली भए नभएको यकिन विवरण भने धानको डिएनए फिंगर प्रिन्ट परिक्षणपछि मात्र पत्ता लाग्ने समितिले जनाएको छ । बिउ विज्ञान प्रविधि महाशाखा खुमलटारले डिएनए परीक्षण प्रक्रिया सुरु गरिसकेको छ । समितिका सदस्य एवं बाली विज्ञान महाशाखा खुमलटारका वैज्ञानिक सुशीलराज सुवेदीका अनुसार उक्त धानको बिउ रोपेको ७ दिनमा पात लाग्ने छ र पात लागेपछि मात्र डिएनए परीक्षण गर्न मिल्नेछ । गरिमा जातको हाइब्रिड भनिएको धानमा एक सय २० देखि २५ दिनभित्र पाक्नुपर्नेमा सो अवधिमा बाला नै नलागेको किसानको गुनासोपछि मन्त्रालयले अध्ययन समिति गठन गरेको थियो । राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ धनुषाका धान संयोजक डा. रामवरण यादवको संयोजकत्वमा असोज ५ गते १८ सदस्सीय समिति गठन गरिएको थियो । समितिले स्थलगत अनुगमन, निरीक्षण र किसानसँग छलफल र अन्तरकृया गरी प्रतिवेदन तयार गरेको हो ।

नेपालगञ्जका देवानजंग चौधरी प्रबन्ध निर्देशक रहेको साउथ इष्ट एसियन सीड कम्पनी प्रालिले नेपाल उक्त धानको बिउ भिœयाएको थियो । चितवनमा भने सुदीपकुमार पाठकले सञ्चालन गरेको प्रशान्त एग्रोभेटले वितरण गरेको थियो । उक्त एग्रोभेटबाट ९ हजार केजी बिउ चितवनमा र साढे ४ हजार केजी बिउ रौतहट, नवलपरासी, नुवाकोट, लमजुङ, गोरखा र तनहुँमा वितरण गरेको पाइएको समितिले जनाएको छ । २०७२ सालमा गरिमा हाइब्रिड बिउ नेपालमा रजिष्टर भएको थियो । यसअघि समस्या नभए पनि पछिल्लोपटक भित्र्याइएको बिउ गरिमा नभई मध्यम खालको ल्याएर चिटिङ भएको हुनसक्ने समितिको अनुमान छ । समितिका सदस्य एवं बिउ विजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवनका निमित्त प्रमुख केशव देवकोटाका अनुसार मोर्फोलोपिजकल टे«ट हेर्दा र बाली पाक्ने अवधिको हिसावले खडा बाली दर्ता भएको गरिमा हाइब्रिडसँग मेल नखाएको देखिएको छ । दर्ता गरिएको हाइब्रिड धान र स्थलगत निरिक्षण गरिएको गरिमा धानका जातीय विशेषता पनि फरक पाइएको उनले बताए । मन्त्री खनालले उक्त बिउ नेपाल सरकारले दर्ता गरेको गरिमा जातको नभएको पाइएमा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । डिएनए रिपोर्ट आएपछि थप कारबाही अघि बढाउने मन्त्रालयले जनाएको छ । 


Views: 130