18th November | 2019 | Monday | 10:09:33 PM

प्रदेश–२ को विद्युतीकरणमा नर्वेको साढे ४ अर्ब अनुदान

हिमालय टाइम्स   POSTED ON : कार्तिक १९, २०७६ (१०:२० AM)

प्रदेश–२ को विद्युतीकरणमा नर्वेको साढे ४ अर्ब अनुदान

काठमाडौं । नर्वेले प्रदेश–२ को विद्युत् आपूर्ति सुदृढीकरण र विस्तारमा ४ करोड अमेरिकी डलर अर्थात् करिब साढे ४ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । नर्वेले प्रदेश तथा स्थानीय तह शासकीय सुधार सहयोग कार्यक्रमअन्तर्गत उपलब्ध गराउने १० करोड डलरमध्ये प्रदेश–२ मा विद्युत् आपूर्ति सुधारका लागि ४ करोड डलर खर्च हुनेछ । अनुदान सम्झौतामा अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपालस्थित नर्वेली राजदूत लास्से जोर्न जोहानेसेंले सोमबार हस्ताक्षर गरेका छन् । नर्वेली सरकारले उपलब्ध गराउने अनुदान रकम प्रदेश–२ का जिल्लामा विद्युतीकरण र विद्युत् आपूर्तिलाई विश्वसनीय, गुणस्तरीय तथा भरपर्दो बनाउन खर्च गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । उनले भने, ‘अनुदान रकम प्रदेश–२ को विद्यत् आपूर्ति सुधार तथा विस्तारका लागि ९ वटा नयाँ सबस्टेसन निर्माण, प्राविधिक चुहावट नियन्त्रण, विद्युतीय सुरक्षा, विद्युतीकरण लगायतमा खर्च हुनेछ, काम गर्न ठेकेदार छनोटका लागि तत्काल टेण्डर गरी काम सुरु गर्नेछौं, २÷३ वर्षभित्रमा काम सक्नेछौं ।’ प्रदेश–२ मा ८ जिल्ला पर्छन् । त्यहाँ ७९.७७ प्रतिशत विद्युतीकरण भएको छ । 

जर्मनीले वैकल्पिक ऊर्जालाई डेढ अर्ब दिने

काठमाडौं । जर्मनी सरकारले नेपालमा वैकल्पिक ऊर्जा प्रवद्र्धनका लागि डेढ अर्ब रुपैयाँबराबरको सहयोग प्रदान गर्ने भएको छ । ऊर्जा,जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन र जर्मनीका राजदूत रोलाण्ड शेफरबीच आइतबार भएको दिपक्षीय भेटवार्तामा नेपालस्थित जर्मन राजदूत रोलाण्ड सेफरले उक्त सहयोगको घोषणा गरेका हुन् । 

राजदूत शेफरले ऊर्जा र वैकल्पिक ऊर्जाका साथै जलविद्युत् क्षेत्रमा सहकार्य गर्न जर्मन इच्छुक रहेको भन्दै वैकल्पिक ऊर्जालाई डेढ अर्ब बराबरको सहयोग दिने तयारीमा जर्मन सरकार रहेको जानकारी गराएका थिए । मन्त्री पुनले जर्मन सरकारले ऊर्जा, प्रसारण लाइन र वैकल्पिक ऊर्जाको क्षेत्रमा गरेको सहयोगको लागि धन्यवाद दिएका थिए । 

साथै उनले सोलार र मिनिग्रीड सरकारको प्राथमिकतामा रहेको भन्दै ३ वर्षभित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय ऊर्जाको माध्यमबाट स्वच्छ ऊर्जामा पहुञ्च पु¥याउने योजनामा सरकार रहेको जानकारी दिए । सो अवसरमा जर्मन सरकारले वैकल्पिक ऊर्जामा गरेको सहयोग, तनहूँ जलविद्युत् परियोजनालगायत विषयमा समेत छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ऐनको तयारी

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नवीकरणीय ऊर्जा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने तीनवटा संस्थालाई पुरस्कार प्रदान गरेको छ । केन्द्रले आफ्नो २३आंै वार्षिकोत्सवको अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा यस वर्षको मञ्चुका स्मृति अक्षय कोषद्वारा केन्द्रको समन्वयमा स्थापित ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार प्रदान गरेको हो । 

पुरस्कृत हुनेमा दर्ना लघु जलविद्युत् सहकारी संस्था, सनफार्मर नेपाल प्रालि र नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि रहेका छन् । उल्लिखित संस्थालाई ऊर्जामन्त्री वर्षमान पुनले २५ हजार नगदसहित पुरस्कार प्रदान गरे । दर्ना लघु जलविद्युत् सहकारी स्थानीयस्तरमा महिलामात्रै सदस्य भएको सहकारी हो, जसले ८३ किलोवाटको लघुजलविद्युत् आयोजनालाई सफल व्यवसायिक नमुनाका रूपमा पस्तुत गरेको छ । 

त्यस्तै सनफार्मर नेपालले नेपालमा नवीनतम ढंगले सौर्य ऊर्जाबाट खानेपानी र सिञ्चाइमा प्रयोग हुने सौर्य पम्प सञ्चालन गरेको छ भने नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले विराटनगरस्थित श्रीकृष्ण गौसेवा सदनमा रहेको २ सय घनमिटरको वायोग्यास प्लाण्ट जडान गरेको छ । 

कम्पनीले जडान गरेको प्लाण्टवाट उत्पादित ग्यासलाई पाइपलाइनबाट ३२ स्थानीय उपभोक्ताले उपयोग गर्दै आएका छन् । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री पुनले संघीयता कार्यान्वयनपछि नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धनमा स्थानीय तहको जिम्मेवारीको विषय बनेकाले केन्द्रले नवीकरणीय ऊर्जामा स्थानीय तहको क्षमता अभिवृद्धि गर्दै प्रविधिको मापदण्ड निर्माणमा जोड दिनुपर्ने बताए । 

केन्द्रले हालसम्म हासिल गरेका उपलब्धिलाई संथागत गरी परिवर्तित सन्र्दभमा प्रभावकारीरूपले अघि बढाउन केन्द्रलाई ऐनबाट स्थापित संस्थामा रूपान्तरण गरिने पनि उनले बताए । राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले केन्द्रलाई नवीकरणीय ऊर्जाको श्रेष्ठता केन्द्रका रूपमा विकास गर्न र नवीकरणीय ऊर्जा प्रविधिको थप विकासका लागि अनुसन्धान तथा विकासका कार्यमा जोड दिन विश्वविद्यालय तथा अन्य अनुसन्धान गर्ने संस्थासँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । 

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नवीकरणीय ऊर्जा प्रविधिको थप व्यवस्थित विकासका लागि तथा केन्द्रलाई ऊर्जा दक्षता र कार्वन वित्तको क्षेत्रमा कार्य गर्न भावी कार्यदिशा स्पष्ट गर्नेगरी केन्द्रको व्यावसायिक योजना बनाउनुपर्ने बताए । केन्द्रका कार्यकारी निर्देशक मधुसूधन अधिकारीले केन्द्रले नवीकरणीय ऊर्जा प्रवद्र्धनका साथै ऊर्जा दक्षता र हरित जलवायु कोषअन्तर्गतका कार्यक्रम अझै प्रभावकारी रूपमा कार्य गर्दै जाने प्रतिवद्धता जनाए । 

केन्द्रका अनुसार हालसम्म निजी क्षेत्र र स्थानीय सरकारसँगको सहकार्यमा सञ्चालित विभिन्न कार्यक्रममार्फत् लघु जलविद्युत्बाट ३२.५ मेगावाट विद्युत् उत्पादन भएको छ भने शहरी क्षेत्रबाट निस्कने जैविक फोहोर, पोल्ट्रीफार्मबाट निस्कने सुली र गाईफार्मबाट निस्कने गोवरलगायतको प्रयोग २ सय ४७ ठूलासहित ४ लाख २५ हजार वायोग्यास प्लान्ट जडान भएका छन् । 

९ लाख ११ हजार घरेलु सौर्य विद्युत् प्रणाली र १५ लाख ९ हजार सुधारिएको चुलो जडानका साथै ११ हजार पानी घट्टको सुधार भएको छ । सार्वजनिक संस्था, विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, सर्पदंश उपचार केन्द्र, वर्थिङ सेन्टर जस्ता संस्थामा कम्प्युटर तथा स्वास्थ्यसम्बन्धी उपकरण सञ्चालन गर्न देशभर झण्डै २ हजार संस्थागत सौर्य ऊर्जा प्रणाली जडान भएका छन् । साथै १ हजार ३ सयभन्दा बढी खानेपानी र सिंचाईको लागि प्रयोग हुने पानी तान्ने पम्प जडान भएका छन् । साथै ५ सय ६३ किलोवाट बराबरका सौर्य तथा सौर्य र वायु ऊर्जा मिश्रित मिनिग्रीड प्रणाली जडान भई सञ्चालनमा रहेका छन् ।


Views: 76