13th December | 2019 | Friday | 3:50:20 PM

पर्यटन वर्षलाई लक्षित गर्दै मेला सुरु

  POSTED ON : मंसिर १४, २०७६ (३:५२ PM)

पर्यटन वर्षलाई लक्षित गर्दै मेला सुरु

भक्तपुर । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै भक्तपुरमा भक्तपुर मेला २०७६ सुरु भएको छ । आगामी २३ गतेसम्म सञ्चालन हुने उक्त मेला भक्तपुरको महेश्वरी खेल मैदानमा सुरु भएको हो । 

ममता केन्द्र नेपालले आयोजना गरेको मेलामा पाँच लाख मानिसले अवलोकन गर्ने र रु १० करोडको व्यापार गर्ने लक्ष्य राखिएको छ । मेलामा रहेका १५० वटा कक्षमा उपभोगका सामान, लत्ताकपडा, खेलकुदका र विद्युतीय सामानलगायत रहेको ममता केन्द्रका अध्यक्ष संगम लामाले बताए । सामानहरुमा १५ प्रतिशतसम्म छुट दिएको उहाँले बताउनुभयो । मेलामा विभिन्न खेलकुद तथा नृत्य प्रतियोगिता पनि हुनेछ । 

रासस


Views: 86