8th December | 2019 | Sunday | 8:04:36 AM

हराएको डिजल अझै भेटिएन–निगम कर्मचारीकै मिलोतोको आशंका

लेखनाथ पोखरेल   POSTED ON : मंसिर १५, २०७६ (४:१० PM)

हराएको डिजल अझै भेटिएन–निगम कर्मचारीकै मिलोतोको आशंका

काठमाडौं । झण्डै दुइ हस्ता वितिसक्दा पनि टयांकर अपहरण गरी लुटिएको भनिएको डिजल अफै फेला पर्न सकेको छैन । प्रहरी र नेपाल आयल निगमको टोलीले टोलीले शंकास्पद सबै स्थानमा खोजी गरे पनि हालसम्म पनि पत्ता लाग्न नसकेको निगमले जनाएको छ । निगम प्रवक्ता वीरेन्द्र गोइतले चोरी भएको डिजल अफै फेला गर्न नसकेको हिमालय टाइम्सलाई बताए । उनले भने– प्रहरीले अनुसन्धान गरिहेको छ तर अझै पत्ता लागेको छैन, प्रतिवेदन पनि आएको छ । ट्यांकरधनी र चालक र सहचालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । निगमले ट्याकंर अपहरण प्रकरण छानविन गर्न विराटनगर डिपो प्रमुख अशोक साहको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ । छानविनका लागि एकसाताको समय दिएको थियो तर अहिलेसम्म समितिले प्रतिवेदन बुझाएको छैन । समितिमा अमलेखगञ्ज डिपो, विराटनगर ढुवानी व्यवसायीका प्रतिनिधि र आयल निगमको केन्द्रीय कार्यालयका एक÷एकजना प्रतिनिधि छन् । प्रतिवेदन बुझाउन एक साताको समय दिइएको छ । प्रवक्ता गोइतका अनुसार  ट्यांकरधनी राजेशकुमार गुप्तालाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरिरहेको छ । गुप्ताको सिरहामा आफ्नै पेटोल पम्पसमेत रहेको छ । चोरी भएको डिजल फेला पर्न नसके पनि प्रहरीले साता धनुषाको महेन्द्रनगर नजिकै ट्यांकर भने फेला परेको थियो । क्षीरेश्वरनाथ नगरपालिका–१ स्थित राजदेवी मन्दिरअगाडि रित्तो अवस्थामा ट्यांकर फेला परेको निगमले जनाएको छ । तर कतियले भने टयांकर अपहरण र डिजल लुटपाटमा निगमकै कर्मचारीको सलग्नता रहेकोले  निगमले नै वास्तविकता लुकाउन खोजिएको आरोप लगाउन थालेका छन् । राष्टिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निगम कर्मचारीकै सलग्नतामा टयांकर अपहरणको नाटक गरी डिजल बिक्री गरिएको आरोप लगाए । उनका अनुसार आजभन्दा ६ वर्षअघि पनि इन्धन वोकेको टयांकर हराएको थियो, विराटनगर डिपोबाट हराएको टयांकरबाट झुम्कादेखि जनकपुरसम्म इन्धन बिक्री भएको थियो । तर उक्त कार्यमा सलग्न कर्मचारीलाई अहिलेसम्म निगमले कारवाही नगरेको पनि उनले बताए ।

महर्जनले हिमालय टाइम्ससँग भने– यो सबै निगम कर्मचारीकै मिलामतोमा भएकोले २ साता बितिसक्दा पनि सत्य तत्य पत्ता लाग्न नसकेको हो, तेल चोरी काण्डमा सलग्नहरुलाई जोगाउन खोस्दा ढिलासुस्ती भएको हुनसक्छ । आजभन्दा ६ वर्ष अगाडि पनि यस्तै घटनाका दोषीमाथि कारवाहीको माग गर्दै मञ्चले उजुरी दिएको थियो तर कारवाही भएन । महर्जनले टयांकर अपहरण काण्डका केही तथ्य आफूले प्राप्त गरेको र केही दिनभित्रै सार्वजनिक गर्ने दाबीसमेत गरेका छन् ।

ट्यांकरधनी गुप्ताले निगमको अमलेखगञ्ज डिपोबाट डिजेल लोड गरेर विराटनगरतर्फ गइरहेको ट्यांकर बाटोबाटै हराएको जानकारी निगमलाई गराएका थिए । २० हजार लिटर डिजेल लिएर विराटनगर जाँदै गरेको ना ४ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको भन्दै गुप्ताले लिखित जानकारी दिएका थिए । निगमको अमलेखगञ्ज डिपोबाट डिजेल लोड गरेर विराटनगरतर्फ गइरहेको ट्यांकर बाटोबाटै हराएको थियो । लाहानमा मूल–राजमार्गको हुलाक कार्यालयअगाडि पार्किङ गरिराखेको अवस्थामा राति करिब १२ बजेदेखि १ बजेसम्मको अवधिमा अज्ञात समूहले चालक र सहचालकलाई आँखामा पट्टी बाँधेर सुमो जिपमा राखेर लगेको ट्यांकरधनी गुप्ताले निगमलाई जानकारी गराएका थिए । उनले चालक र सहचालकलाई बर्दिवास र लालबन्दीबीचको जंगलमा छाडेर भागेको र ट्यांकर लाहानबाट अपहरणकारीले नै लगेको दाबी गरेका थिए ।


Views: 84