13th December | 2019 | Friday | 4:59:08 PM

निर्यातमैत्री वातावरण बनाउन आग्रह

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७६ (११:३३ AM)

निर्यातमैत्री वातावरण बनाउन आग्रह

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योग व्यवसाय क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय आवश्यक सहकार्यका लागि तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघद्वारा आइतबार आयोजित अन्तक्र्रियामा उनले यस्तो बताएका हुन् । 

मन्त्री भट्टले कुल ग्राहस्थ उत्पादनमा उत्पादनशील क्षेत्रको योगदान बढाउन परिसंघसहित निजी क्षेत्रसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । उनले निर्यात व्यापारमा वस्तुको प्राथमिकीकरण तथा विविधीकरण गर्नसमेत मन्त्रालयले सहकार्य गर्ने बताए । कम्पनी दर्ता प्रक्रियालाई सहज बनाउने प्रक्रिया अघि बढिसकेको पनि उनले जानकारी गराएका थिए ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले निर्यात व्यापारमा देखिएको उत्साहलाई कायम राख्न थप प्रवद्र्धनात्मक नीति तथा कार्यक्रम ल्याउन आग्रह गरे । जसका लागि निर्यात अनुदान प्याकेजका रूपमा नेपालबाट निर्यात हुने वस्तुमध्य सीमित वस्तुलाई निर्यातमा अनुदान व्यवस्था रहेकोमा मूल्य अभिवृद्धिका आधारमा नेपालबाट निर्यात हुने सम्पूर्ण वस्तुमा निर्यात अनुदानको व्यवस्था मिलाउनुपर्ने उनको सुझाब छ । 

साथै डिम्ड एक्स्पोर्ट सुविधातर्फ भौतिक पूर्वाधार निर्माणका लागि नेपालभित्र उत्पादित वस्तुलाई निर्यातसरह डिम्ड एक्स्पोर्टको सुविधा उपलब्ध गराउने व्यवस्था हुनुपर्नेमा उनले जोड दिए । त्यसैगरी औद्योगिक व्यवसायलगायत अन्य ऐनले उद्योग तथा व्यवसायलाई दिएको सुविधा आर्थिक ऐनबाट कटौती नगर्ने व्यवस्था मिलाउन, निर्यातमा विविधीकरणअन्तर्गत निर्यात व्यापार प्रवद्र्धनका लागि बनाइएको नेपाल व्यापार एकीकृत रणनीतिलाई प्रतिस्पर्धी क्षमताका आधारमा थप वस्तु समेट्ने गरी पुनरावलोकन पनि परिसंघले सुझाब दिएको छ ।

परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले कानुनलाई उद्योगमैत्री रूपमा सुधार गर्नुपर्ने, विद्युत्को गुणस्तर सुधार्नुपर्ने तथा दक्ष जनशक्ति उत्पादनमा लगानी बढाउनुपर्ने सुझाब दिए । सहभागी उद्योगी व्यवसायीले मूल्य अभिवृद्धिका आधारमा नेपालबाट निर्यात हुने थप वस्तुमा निर्यात अनुदानको व्यवस्था गरिनुपर्ने, वार्षिक बजेटमा उद्योग व्यवसाय एवं निर्यात प्रवद्र्धनका लागि राखिएका केही महŒवपूर्ण तर दीर्घकालीन महŒवका कार्यक्रम कार्यान्वयनमा तत्काल काम अघि बढाउनुपर्नेमा पनि जोड दिएका थिए । 


Views: 71