19th January | 2020 | Sunday | 6:55:49 AM

‘समृद्ध नेपाल निर्माणको लागि सहकारीको आवश्यकता’

श्याम घिमिरे   POSTED ON : पुष २९, २०७६ (६:१९ PM)

‘समृद्ध नेपाल निर्माणको लागि सहकारीको आवश्यकता’

अर्घाखाँची । पाँच नम्वर प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले समृद्ध नेपाल निर्माणको लागि सहकारीको आबश्यकता अपरीहार्य रहेको बताएका छन् । घिमिरेले सहकारी अभियान राष्ट्रको समृद्धिको अभियान भएको भन्दै  सहकारी मुलुकको आर्थिक समृद्धिको लागी नभईनहुने अंग भएकोकोले यसको बिकासका लागि सबै क्षेत्रको सहयोगको आबश्यकता रहेको बताए ।  जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड अर्घाखाँचीको चौंथो वार्षिक साधारण सभाको मंगलबार सन्धिखर्कमा उद्घाटन गर्दे घिमिरेले यस्तो बताएका हुन् । 

नेकपा नेता समेत रहेका घिमिरेले सहकारी आन्दोलनलाई शसक्त र प्रभाबकारी रुपमा अगाडी बढाउन सहकारी अभियान्ताहरुलाई आग्रह समेत गरे । उनले मुलुकमा राजनितिक क्रान्ति पुराभएकोले  अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने बेला आएको भन्दै समृद्ध नेपाल र सुखी नेपाली निर्माणमा जुट्नुपर्नेमा जोड दिए । यस्तै घिमिरेले सहकारीको स्थापना संगै चर्को व्याजदरमा ऋण लगानीगर्ने सुतखोतहरु क्रमश बिस्तापितहुँदै गरेको दाबि पनि गरे । 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिब ठाकुर कुमार बिक किशोरले सुखदुखको साथी सहकारी भएकोले यसको चौतर्फी बिकासमा लाग्नुपर्ने भन्दै सहकारी बिना देशको समृद्धि असम्भब भएको बताए ।

नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णु खनाल मुस्कानले हँुदाखाने बर्गलाई सहकारीले माथी उठाउनुपर्ने बताए । उनले सहकारी आन्दोलनमा आफु र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्नेमा जोड समेत दिए । 

राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार जिबनारायण खनालले अफ्ठ्यारो परीस्थितिमा सहकारीले सबैलाई साथ दिने हुँदा जिल्लामा सहकारीको बिकासमा सबै दलहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा जिल्ला सहकारी संस्थाका उपाध्यक्ष तुल्सीराम खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली, शिखर  लाईफ ईन्स्योरेन्स कंम्पनी ५ नम्बर प्रदेश प्रमुख किरण काफ्ले ,सहकारीकर्मिहरु कमल प्रसाद घिमिरे,नेता भुसाल,मुक्तिराम भण्डारी,जानका बन्जाडे भगवति बेल्बासे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता,उपाध्यक्ष पार्बति भुसालको स्वागत मनतब्य र संघका उपाध्यक्ष दोर्ण प्रसाद भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा सहकारी क्षेत्रको बिकास निर्माणमा  अतुलनिय भुमिका निर्बाह गरेको भन्दै हरीपतारा बचत तथा ऋण सहकारी संस्था वाङ्लाका अध्यक्ष नरहरी श्रेष्ठ , सगरमाथा महिला बिकास बचत तथा ऋण सहकारी संस्था सितगंगाका भगवती बेल्बासे र पत्रकारीताको क्षेत्रबाट जिल्लामा सहकारीका गतिबिधिहरु जनतासामु पु¥याउन उल्लेखनिय भुमिका निर्बाह गरेको भन्दै पत्रकार श्याम घिमिरेलाई दोसल्ला र प्रमाणपत्र प्रदानगरी सम्मान समेत गरिएको थियो । 


जिल्लाका करीब ३० वटा सहकारी संस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहेको साधारण सभामा संघका अध्यक्ष प्रकाश भुसालले जिल्लामा संघको बर्तमान अबस्था, संघले गरेका मुख्य कार्यहरु,भाबी योजना र संघको निति लगायतका बिषयबस्तुहरुको बारेमा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले जिल्लामा सहकारी क्षेत्रको बिकासको बारेमा महत्वपुर्ण निर्णयहरु गरेको अध्यक्ष भुसालले जानकारी दिए । 



Views: 102